विराटनगर । सीएनआई कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर – २ शंकरपुरमा माघ १९ देखि २८ गते सम्म संचालन हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको हो ।
आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी एक्स्पो तयारी तिब्र भएको बताएको छ । एक्स्पोमा वृहत रुपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य मिल तथा मेसिनरी औजार, अटो, सेवा क्षेत्रलगायत उपभोग्य वस्तुका ४ सय स्टलहरु रहने उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरले बताए । एक्स्पोले चौतर्फी मन्दी छाएको आर्थिक क्षेत्रलाई केही सहयोग पुग्ने उनले बताए । एक्स्पोमा अत्याधुनिक ह्याङ्गर (डोम) हरुमा उत्पादनका क्षेत्रहरु अनुसाल अलग–अलग रुपमा वस्तु तथा सेवाको अवलोकन र खरिद गर्न सकिने अध्यक्ष घिमिरले बताए ।
यस्तै आफ्नो उत्पादनको प्रबद्र्धन गर्न उचित अवसर नपाएका कतिपय स्थानीय तहका उद्यमीहरुलाई पनि एक्स्पोमा स्टल राख्ने अवसर दिइएको छ । ती स्थानीय तहबाट घरेलु, महिला, लघु, साना तथा कृषिक्षेत्रका उद्यमीले निःशुल्क स्टल प्राप्त गर्ने बताइएको छ । त्यसरी स्टल राख्ने उद्यमिका लागि सम्बन्धीत स्थानीय तहले एक्स्पोको प्रबद्र्धनमा सहयोग गर्नेछन् । यस्तै एक्स्पोमा वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी लगायतका औद्योगिक क्षेत्रका ठूला उद्योग र उत्पादन ब्राण्डहरु पनि रहने जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष घिमिरेले नेपालका छिमेकी देशहरु भारतको बिहार, जोगवनी, बथनाहा, फारवीसगञ्ज, अररिया, रानीगञ्ज, वीरपुर, भिमनगर, बंगाल सिलगुडीबाट समेत ५० हजार माथि अवलोकनकर्ता एक्स्पोमा आउने लक्ष्य लिएको बताए ।
एक्स्पोलाई रोचक र ज्ञानबद्र्धक बनाउने उद्देश्यले सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि प्लानेटेरिय स्थापना गरिएको छ । विशेष किसिमको कक्षभित्र ३६० डिग्रीमा सौर्यमण्डल अवलोकनको व्यवस्था गराइने, विभिन्न उमेर अनुसारको दर्शकको समूह बनाएर अन्तरिक्षमा भएका ग्रहहरु र तारामण्डलको बनावत र त्यसको चक्रबारे जानकारी गराइने पनि आयोजकले जनाएको छ । ‘यसबाट विशेष गरी विद्यार्थीहरुले हाम्रो सौर्यमण्डलबारे ज्ञान हासिल गरी विज्ञानप्रति विश्वास बढ्ने र उनीहरुलाई त्यसको अध्ययनमा आकर्षण थप्ने विश्वास लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।
एक्स्पोले बिहान ११ बजेदेखि ३ बजेसम्मका लागि प्रतिव्यक्ति १ सय रुपैयाँको टिकट शुल्क र विद्यार्थीको लागि भने ५० रुपैयाँ तोकेको छ । साँझको सांस्कृतिक कार्यक्रमका लागि भने प्रवेश शुल्क २ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । मेलामा ३ करोड बराबरको खर्च हुने आयोजकको भनाइ छ । यस्तै त्यतिनै बराबरको आम्दानी गर्ने आफूहरुको लक्ष्य रहेको अध्यक्ष घिमिरेले बताए । मेलामा देश तथा विदेशका गरी ३ ाख ५० हजार बढी मानिसले अवलोकन गर्ने अनुमान आफूहरुको रहेको आयोजकको दाबी छ । एक्स्पोको मुख्य प्रायोजकमा रमपम तयारी चाउचाउ रहेको छ भने प्रायोजकहरुमा केएल दुगडए र म्याजिक जुत्ताचप्पल रहेको छ । यस्तै सहप्रायोजकमा सेन्चुरी स्पाइस एण्ड स्न्याक्स, चौधरी ग्रुप (सिजी), क्लालिटी बिस्कुट, रुस्लान र क्लिन कन्क्रृत नेपाल रहेका छन् ।
एक्स्पोलाई नेपाल सरकारको कृषि, उद्योग, पर्यटनसँग सम्बन्धीत मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड र १ नम्बर प्रदेश सरकारअन्तर्गतका उद्योग, कृषि तथा सहकारी, सामाजिक विकास, पर्यटन वन तथा वातावरण मन्त्रालय, विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, सुनसरीको दुहबी नगरपालिका, मोरङको बुढीगंगा गाउँपालिकाले प्रबद्र्धनमा सहयोग गरेका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवती र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक पुरुषको मृत्यु भएको हो । बीपी कोइराला...
एजेन्सी, जेठ २७-भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रसङ्घ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट राष्ट्रसङ्घका...
विराटनगर । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन नियमावलीको मस्यौदा माथि छलफल गरेको छ । प्रदेशबाट स्वीकृत भएको प्रदेश वन ऐन, २०७७ कार्यान्वयन गर्न नियमावली हालसम्म जारी भएको छैन । नियमावली नहुँदा...
विराटनगर । विराटनगरका विभिन्न तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर टाउनडाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता...
एजेन्सी, १२ असार । रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई मस्कोले मिन्स्कलाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएको रुसी विदेश मन्त्रालयले...
काठमाडौं, २० जेठ । सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै बागमती र गण्डकी प्रदेशमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको हो । बागमती प्रदेशअन्तर्गत यातायात...
काठमाडौं, ९ मंसिर-कोरोना भाइरस (कोभिड-१९) महामारीकाबीच कक्षा १२ को परीक्षा सुरु भएको छ । कोरोनाका कारण ८ वैशाखका लागि तोकिएको परीक्षा मंगलबारदेखि सुरु भएको हो । परीक्षा होम सेन्टरबाट लिइएको छ । कक्षा १२ को...
काठमाडौं, १ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् । नयाँ वर्ष २०७७...