तेस्रो मेयर कप : सुनवर्षी वडा नम्बर ८ बिजय

 न्यूज विराट

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा जारी तेस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिता सुनवर्षी नगरपालिका वडा नम्बर ८ बिजय भएकाे छ ।

सुनवर्षी २ र सुनवर्षी  ८ बिच शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा वडा नम्बर ८  विजयी भएको हाे ।
टस जितेर ब्याटिङ गरेको सुनवर्षी–२ ले निर्धारित २० ओभरकाे खेलमा सवै विकेट गुमाएर ९८ रनकाे याेगफल तयार पारेकाे थियाे ।

९९ रनको विजयी लक्ष्य पछ्याएकाे सुनवर्षी ८ ले  १७.१ ओभरमा  ५ विकेट गुमाइ सो विजयी लक्ष पार गरेको थियो ।

सुनवर्षी ८का   उम्मर सानीले १६ रनकाे याेगदान दिए । उनी म्यान अफ दी म्याच घोषित भए। म्यान अफ दी म्याच घोषित भएका सानिलाइ नगरपालिकाका लेखा अधिकृत देवेन्द्र थापा, शिक्षा शाखा प्रमुख हरि कट्टेलले टिमले ५ हजार प्रदान गरे ।
प्रतियोगितामा विजेता टिमले नगद १ लाख २५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने उपविजेता टिमलाई नगद ६५ हजार ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने प्रतियोगिताका खेल व्यवस्थापक राम कुमार राजवंशीले जानकारी दिए । प्रतियाेगिताकाे फाइनल माघ १६ गते हुनेछ ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न भएको छ । विराटनगरमा आयोजित भव्य समारोहकाबिच वर्ष २०२३–२४ का पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको हो । सो अवसरमा वर्ष २०२२–२३ का पदाधिकारीहरुले वर्ष २०२३–२४ का प्रेसिडेन्ट...

महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउ च्याउ खेती तालिम

विराटनगर । महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउ च्याउ खेती तालिम सुरु भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित खार्जी गाउँका महिलाहरुका लागि तालिम सुरु भएको हो । महिला सशक्तिकरणको उदेश्यले क्लबको ‘ह्याप्पी भिलेज...

सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी हुने, तीन ठाउँमा अडिसन हुँदै

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको अडिसन विराटनगर, इटहरी धरानमा हुने भएको छ । विराटनगरमा...

ज्योती आधारभूत विद्यालयलाई ‘वाटर स्टेशन’ हस्तान्तरण

विराटनगर, १३ वैशाख । विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयलाई ‘वाटर स्टेशन’ हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निर्माण गरेको ‘वाटर स्टेशन’ विद्यालयलाई हस्तान्तरण गरेको हो । सो विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था...

विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्युको महिना दिन, प्रहरीको कहाँ पुग्यो अनुसन्धान ?

विराटनगर । सप्तरीको तिरहुद गाउँपालिका –४ का ५१ वर्षीया विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्यु भएको घटना एक महिना हुन लागेको छ । एक महिना पूरा हुन लाग्दा पनि प्रहरीले यादवको हत्या हो या आत्महत्या आधिकारीक...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, १ साउन । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बृक्षारोपण गरेको छ । विराटनगरस्थित परम विश्रान्ती स्थल र विभिन्न उद्योग परिसरमा २ सय ८५ वटा विभिन्न प्रजातीका विरुवा रोपिएको हो । त्यस्तै क्लबका सदस्यहरुको...

रंगेलीको संसारीमाई मन्दिरमा प्रदेशस्तरीय फूलपाती बढाई हुदैँ, सम्पूर्ण तयारी पुरा (फोटोसहित)

विराटनगर, १४ असोज । विगतका वर्षहरुझैँ यसवर्षपनि मोरङको रंगेलीस्थित संसारीमाई मन्दिरमा भोली प्रदेशस्तरीय फूलपाती वढाई हुने भएको छ । पूर्वको प्रशिद्ध शक्तिपिठको रुपमा रहेको सो मन्दिरमा आगामी असोज १६ गते विहान साढे ९ वजे प्रदेश...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराट नर्सिङ होम प्रालिको सहकार्यमा ज्योति आधारभूत विद्यालय खर्जीमा मेघा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । विराट इन्टरनेशनल डायग्नोस्टिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्