विराटनगर । नेवार समुदायका कन्याले अनिवार्य रुपमा गर्नुपर्ने परम्परागत धार्मिक विधि हो, बेलबिवाह । सुनको प्रतिमा सूर्यलाई अर्पण गरी कन्याको विवाह गर्ने र बुबाले छोरीलाई कन्यादान दिने परम्परा छ ।
व्यक्तिगत रुपमा आयोजना गर्दा खर्च धेरै हुने भएपछि सामूहिक रुपमा बेलविवाह गर्ने प्रचलन बढेको छ । शुक्रबार समापन भएको सामुहिक बेलविवाहमा मोरङ, झापा, सुनसरी र उदयपुरका गरी ४० जना कन्याको सामूहिक बेलविवाह गरिएको झी : पुचका अध्यक्ष हरीबहादुर श्रेष्ठले जानकारी दिए ।
बेलविवाह रजस्वला हुनुअघि अनिवार्य रुपमा नेवार कन्याहरुले गर्नुपर्छ । शिवपुत्र कुमारलाई बेलको स्वरुपमा लिई कन्यासँग विवाह गर्ने चलन छ । शुक्रबार विराटनगरको झी : पुच परिसरमा सामूहिक बेलविवाहका लागि बेहुली झैँ चिटिक्क सिँगारिकी ४० जना कन्याहरूको सहभागि थिए । उनीहरू निकै खुशी देखिन्थे ।
बिहीबारदेखि सुरु भएको सामुहिक बेलबिवाह शुक्रबार सम्पन्न भएको हो ।
धार्मिक विधिपूर्वक होमयज्ञ गरी बेलसँगै सुनको प्रतिमा सूर्यलाई अर्पण गरी विवाह गर्ने र बुबाले कन्यादान गर्ने चलन छ । यसरी बेलविवाह गरेपछि नेवार कन्या कहिलै विधवा नहुने मान्यता रहेको छ ।
सामूहिक बेलविवाहमा सहभागि कन्याहरुलाई पूजा सामग्रीहरु झी : पुचले उपलब्ध गराएको छ । सामूहिक बेलविवाहले खर्च घटाउने र सामूहिक भावनासँगै संस्कृति संरक्षणमा सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए । बेलविवाहमा दुलही जस्तै सिँगारिएका ४ देखि ११ वर्ष उमेर समूहका कन्याहरुको सहभागिता थियो ।
मस्को, बैशाख १८–रुसी प्रधानमन्त्री मिखाइल मिसहुस्तिनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । प्रधानमन्त्री मिसहुस्तिन स्वयंले कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेका हुन् । प्रधानमन्त्री मिसहुस्तिनले बिहीबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग भिडियो कन्फरेन्समार्फत आफूलाई कोभिड–१९...
विराटनगर । नेपाल दन्त सामाग्री वितरकहरुको संघ (एनडिडिए) को केन्द्रीय अध्यक्षमा शालिक राम अर्याल निर्वाचित भएका छन् । शनिवार काठमाण्डौमा सम्पन्न संघको तेस्रो साधारणसभाले अर्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । साधारणसभाले अध्यक्ष अर्यालसहित समितिका...
काठमाडौं, २ माघ-नेकपाको प्रचण्ड-माधव समूहको स्थायी समिति बैठकले अध्यक्ष केपी ओलीसँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्यविपरीत काम गरेको भन्दै ओलीलाई स्पष्टीकरण माग्ने निर्णय गरेको...
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८ हजार...
विराटनगर, १६ साउन । विराटनगरमा मंगलबारदेखि बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । महानगरपालिकाले जारी गरेको सूचना अनुसार ५ वर्षदेखि ११ वर्षसम्म उमेरसमुहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको दोस्रो मात्र लगाइने भएको हो । फाइजर खोजको...
विराटनगर । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग...
काठमाडौं, ३१ जेठ-नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै हवाई भाडादर घटाउने निर्णय गरेको छ । नेपाल सरकारको अनुरोधबमोजिम अधिकतम...
काठमाडौं, २८ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६ जना सांसदहरुले नेपाली सीमा मिचिएको विषयमा संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । सांसदहरु गणेश ठगुन्ना, दिपक प्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र...