विराटनगरमा सडक महोत्सव सुरू, दैनिक सांस्कृतिक कार्यक्रम
बिहिबार, १२ माघ, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरमा दोस्रो संस्करणको विराट सडक महोत्सव सुरु भएको छ । माघ १४ गतेसम्म लाग्ने सडक महोत्सवको उद्घाटन बिहीबार गरिएको हो ।
तीनदिनसम्म संचालन हुने महोत्सवमा आदीवासि जनजाति सामुदायहरूको खानाको परिकारको साथै दैनिक सांस्कृतिक कार्यक्रमहरू हुनेछन् । मन्जिना मूभिज क्रिएसनको आयोजनामा सुरु भएको महोत्सवमा दुई दर्जन बढी स्टल रहेको आयोजक संस्थाका निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।
साँस्कृति परम्पराको प्रवद्र्धन गर्दै हुन लागेको सडक महोत्सवमा नेवारी, राजवंशी, मैथिली, लिम्बुलगायतका विभिन्न जातजाति तथा सामुदायहरूको खानाको परिकारहरू रहेको छ । ‘एतेहासिक तथा सांस्कृतिक नगरी विराटनगरको एतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै साँस्कृतिक परम्पराको प्रवद्र्धन गर्न सडक महोत्सव गरिएको हो,’ उनले भने, ‘विभिन्न सामुदायको खानाको परिकारसँग दैनिक साझमा हुने स्थानीय र राष्ट्रिय स्तरका कलाकाहरूको प्रस्तुतीले थप मनोञ्जन प्रदान गरिनेछ ।’ सडक महोत्सवमा दैनिक कलाकाहरूको नृत्य, गायन पनि प्रस्तुती हुनेछ । जहाँ खानाको परिकारसँग सडकमै बसेर सहभागिहरूले रमाइलो गर्नेछन् ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट नेता, कार्यकर्ताहरू चितवन ओइरिन थालेका छन् । भोलि उद्घाटन हुने भए पनि देशका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि लगायत अन्य सहभागीहरू सौराहा पुग्ने क्रम चलिरहेको हो । सौराहास्थित एमाले महाधिवेशन...
विराटनगर । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा...
विराटनगर । बेसिक क्रिटिकल केयरमा काम गर्ने डाक्टर र नर्सहरूलाई तालिम दिएको छ । बिराट मेडिकल कलेज सिमुलेसन फाउण्डेसन र नेपलीज सोसाईटी फर क्रिटिकल केयर मेडिसिनले आवासीय डाक्टर मेडिकल अधिकृत तथा सघन उपचार कक्षमा कार्यरत...
काठमाडौं, ७ असार-संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित भएको छ । समितिमा आज भएको छलफलपछि समितिका बहुमत सदस्यले वैवाहिक अंगिकृतलाई सातवर्षपछि नागरिकता दिने प्रावधानसहित विधेयक पारित गरेको हो ।...
विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले झण्डै तीन लाखको अवैध सामान बरामद गरेको छ । भारतबाट तस्करी भएर आएको २ लाख ६७ हजार १ सय मुल्य बरावरको अवैध सामान मंगलबार बरामद गरेको हो ।प्रहरीले...
काठमाडौं, ३ जेठ-ललितपुरको महालक्ष्मी नगरपालिकाले रेड जोनका जिल्लाबाट आएका व्यक्तिहरूको कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्ने भएको छ । नगरपालिकाले एक जरुरी सूचना जारी गर्दै यसबारेमा जानकारी दिएको हो । नगरकालिकाले ४ र ५ जेठमा उक्त...
काठमाडौं, ४ माघ-वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभामा भएका बहसका रेकर्ड मगाउन माग गरेका छन् । आइतबारको इजलासमा उनले संविधानसभामा संविधान बनाउँदा यो विषयमा बृहत् छलफल भएकाे भन्दै रेकर्ड झिकाउन माग गरेका हुन् । त्रिपाठीलाई...
विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...