नेवार सामुदायमा सामूहिक बेलविवाह

 न्यूज विराट
नेवार सामुदायमा सामूहिक बेलविवाह

विराटनगर । दुलही झैँ सिगारिएकी साना बालिकाहरूको लस्कार छ । बेलविवाहको मण्डपमा सरिक भएकी बालिकाहरूको शिरमा शिरवन्दी, गलामा तायो र पायो, हातमा मू र खुट्टामा कली छ ।
विराटनगस्थित झि : पुचमा बिहीबारदेखि सुरू भएको सामूहिक बेलविवाहका लागि बेहुली झैँ चिटिक्क सिँगारिकी ४० जना बालिकाहरू निकै खुशी छिन् ।
बेललाई शिवपुत्र कुमारको स्वरुप मानेर कन्यासंग विवाह गरिन्छ । कन्यालाई एक हातमा सः लगनपात्र र अर्को हातमा बेल समाउन लगाएर आमाबाबुले सुवर्ण कुमारलाई कन्या दान गर्छन् । बेलविवाह गरेकी चेली कहिल्यै विधवा नहुने शास्त्रीय मान्यता छ । पछिल्लो समय सामुहिक रुपमा बेल विवाह हुन थालेका छन् ।

परम्परा जोगाउन र सामाजिक तडक–भडक घटाई खर्च कम गर्न विराटनगरमा रहेको झिः पुच विराटनगरले सामूहिक बेलविवाहको आयोजना गरेको झि : पुच विराटनगरको वरिष्ठ उपाध्यक्ष भबिस श्रेष्ठले बताए ।

बेलविवाहमा आयोजकले सहभागी कन्याका लागि चाहिने आवश्यक पुजा सामाग्री र भोजको व्यवस्था गरेका छन् । झि ः पुचमा गरिएको बेलविवाहमा ४० जना ९ वर्षमुनीका बालवालिकाहरूको सहभागि रहेको झी पुचः विराटनगरका अध्यक्ष हरीबहादुर श्रेष्ठले जानकारी दिए । सामुहिक बेलविवाहको समापन शुक्रबार हुनेछ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।गत १० दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहेका प्रधानमन्त्री जोन्सन सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए ।...

भरतमा एक व्यापारीको घरबाट १ अर्ब ७७ करोड रुपैयाँ बरामद

एजेन्सी, १० पुस । भारतमा एक जना अत्तर व्यवसायीको घरबाट १ अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरिएको छ । कर छलीको आरोपमा अनुसन्धान गरिरहेको भारतको जीएसटी इन्टेलिजेन्सको टिमले अत्तर व्यवसायी पियुष जैनको घरबाट उक्त...

मिस एण्ड मिस्टर रौनियार प्रतियोगिता हुने, प्रदेश १ को अडिसन विराटनगरमा

विराटनगर, २० माघ । मुलुकभरीका छरिएर रहेका तराईबासी समुदाय रौनियार युवायुवतीका मनोबल वढाउन मिस एण्ड मिस्टर रौनियार–२०७७ हुने भएको भएको छ। एमी इन्टरटेन्टमेन्ट प्रालि काठमाडौद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को अडिसन...

प्रदेश १ मा आज १०२ जना नयाँ संक्रमित थपिए

विराटनगर, ६ भदौ-प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ सय नजिक पुगेको छ । शनिबार एक सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई हजार पाँच सय ८९ पुगेको हो । शनिबार ३७...

मिसेस कोशीको पहिलो अडिसन सकियो, १५ जनाको सहभागि

विराटनगर । विवाहित महिलाहरूलाई लक्षित गरि आयोजना गरिएको चौंथो संस्करणको मिमेस कोशी प्रतियोगिताको पहिलो अडिसन विराटनगरमा भएको छ । शनिबार भएको पहिलो अडिसनमा १५ जना महिलाहरुको सहभागि भएको छ । पहिलो अडिसनको निर्णायकहरूमा जय मिडिया...

विराटनगर आएर डा. शेखर कोइरालाले भने-ऐन कानुन संशोधन गरेर निर्वाचन सार्नु हुँदैन

विराटनगर, १६ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । आइतबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले निर्वाचन कुनै बहानामा सार्न...

काेराेनाका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु

काठमाडौं, १ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।  शनिबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा साे संख्यामा...

‘नेपालको नयाँ नक्सा जारी गरौँ, सीमामा बाँध कसौँ’

काठमाडाैं, २९ वैशाख-दक्षिणी छिमकी भारतबाट पटक-पटक सीमा अतिक्रमण भइरहेको विषयमा गम्भीर कदम चाल्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । कतिपय सांसदले त भारतसँग जोडिएका सीमानामा पर्खाल लगाउने काम अघि बढाउनसमेत सरकारलाई सुझाएका छन् । सोमबार प्रतिनिधिसभाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्