‘राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न सहकार्य आवश्यक’

 न्यूज विराट
‘राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न सहकार्य आवश्यक’

विराटनगर । राजस्व चुहावट, अवैध तस्करीजस्ता कार्यलाई नियन्त्रण गरी वैध बाटोबाट आयात–निर्यात गर्ने कार्यलाई प्रोत्साहन गर्न सम्बद्ध सबै पक्षको सहयोग र सहकार्यको आवश्यक रहेको एक कार्यक्रममा सरोकारवालाहरूले बताएका छन् ।

विराटनगर भन्सार कार्यालयले ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर बिहीबार आयोजना गरेको कार्यक्रममा सरोकारवाहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आधुनिक प्रविधि र शिक्षाको उच्चतम् प्रयोग गरी भन्सार कार्यालयहरू व्यापार सहजीकरणमा अग्रसर हुनुपर्ने बताए । अझै पनि प्रविधि र विधि प्रक्रियामा सुधार गरी सेवा प्रभाहमा सहजता प्रदान गरिनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाले नियमित र विशेष सुधार विधिमार्फत् भन्सार प्रशासन क्रमिक सुधार हुँदै गएको बताए । अर्थ मन्त्रालय भन्सार विभागको प्राथमिक उद्देश्य नै व्यापार सहजीकरण भएको हुनाले भन्सार कार्यालय व्यापार सहजीकरण गर्न तल्लीन रहेको बताए । ‘व्यापार सहजीकरणमार्फत् तोकिएको राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न व्यापार व्यवसायमा संलग्न सबै पक्षको उत्तिकै समन्वय र सहकार्यको आवश्यकता पर्दछ । त्यसैले भन्सार कार्यालय सम्बद्ध सबै पक्षसँग मिलेर काम गर्न आह्वानसमेत गर्दछु,’ उनले भने, ‘यो अन्तर्राष्ट्रिय भन्सार दिवसले साँच्ची नै हामीलाई समन्वय र सहकार्यमार्फत् व्यापार सहजीकरण गर्न बल मिल्नेछ भन्ने अपेक्षा गर्दै पुनः सम्पूर्ण पक्षहरूमा दिवसको शुभकामना व्यक्त गर्न चाहन्छु ।’


कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बैंकको चर्को ब्याजदरको कारणले उद्योगी, व्यवसायीहरू आत्मदाह गर्नुपर्ने अवस्था सृजना भएको बताए । राज्यले तत्काल मौद्रिक नीति संशोधन गरी बैंकको चर्को ब्याजदर घटनाउनुपर्ने उनले बताए । कार्यक्रममा विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्रप्रसाद ढुङ्गानाले खुल्ला सीमा भन्सारको लागि ठूलो चुनौति भएको बताए । समन्वय र सहकार्य गरी राजस्व असुलीमा सबैको साथसहयोगको खाचो रहेको उनले बताए ।
कार्यक्रममा विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्मा, स्वतन्त्र भन्सार एजेन्ट संघ विराटनगरका अध्यक्ष नवल उपाध्ययलगायतले बोलेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्रप्रसाद ढुङ्गाना ।

७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर माघ ६ देखि १२ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरेको छ । बिहीबार भन्सार परिसरभित्र खुल्ला रक्तदान कार्यक्रम आयोजना गरियो । उक्त रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए ।

भन्सार दिवसको अवसर पारेर पहिलो दिन माघ ६ गते वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो । विराटनगर भन्सार कार्यालय परिसरभित्र एक सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवाहरू रोपेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्रप्रसाद ढुङ्गनाले जानकारी दिए । यसैगरी माघ ७ गते ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको थियो । ब्याडमिण्टन प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको थियो । माघ ८ गते भलिबल प्रतियोगिता आयोजना गरियो । भलिबलको प्रथम टान्स नेपाल भयो भने द्धितीय विराटनगर भन्सार कार्यालय भयो । यस्तै फुटबलको बिजेता स्तन्त्र भन्सार एजेन्ट प्रतिनिधी संघ र द्धितीय विराटनगर भन्सार एजेन्ट संघ भयो ।


माघ ९ गते सामुदायिक विद्यालयहरूमा सचेतनामूलक कार्यक्रम गरिएको थियो । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र अधिकृतहरूबाट जुद्धेश्वरी मा.वि. जहदाका विद्यार्थीहरूलाई सचेतनामूलक र स्टेशनरी सामान वितरण कार्यक्रम गरिएको छ ।
विभिन्न खेलकुद प्रतियोगिताको बिजेता तथा उपबिजेता हुने टिमहरूलाई शिल्ड तथा प्रमाणपत्रहरू मोरङका प्रमुख जिल्ला अधिकारी शारिराज दाहाल, मोरङ प्रहरी प्रमुख शान्तिराज कोइराला, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेलगायतले बितरण गरेका थिए ।

सम्बन्धित समाचार

आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य

काठमाडौं, ६ साउन-सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि हटाइएको हो । सञ्चार तथा सूचना प्रविधि...

सुनको मूल्य घट्यो

काठमाडौं, २० असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । छापावाल सुन मङ्गलबार प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

प्रदेश १ः नामाकरणका लागि निर्णयक रहेको प्रमुख प्रतिपक्षी एमालेले थाल्यो छलफल

विराटनगर, २९ जेठ प्रदेशसभाको कार्यकाल सकिन लागेपछि प्रदेश १ को नामाकरणको विषयमा औपचारिकरुपमा छलफल सुरु भएको छ । नामाकरणका लागि प्रदेशसभामा निर्णायक रहेको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले छलफल सुरु गरेको हो । प्रदेशको नामारण...

घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा निरौला, महिला उद्यम समितिमा छाराहाङ

विराटनगर, ३० मंसिर–नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा सफल युवा उद्यमी चेतन निरौला चयन भएका छन् । विराटनगरमा सोमबार सम्पन्न महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन, २२ औँ जिल्ला सम्मेलन तथा महिला उद्यम...

पूर्वमन्त्री पण्डितद्धारा ऋषिदेव समुदायको ‘दिनाभद्री’ सामुदायीक भवन शिलान्यास

विराटनगर, फागुन २–पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का संघिय सांसद लालबाबु पण्डितले मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित दिनाभद्री सामुदायीक भवनको शिलान्यास गरेका छन् । तराईको दलित समुदाय अन्तर्गत ऋषिदेव जातीको...

सुष्मा कार्कीमाथि दुर्व्यवहार प्रकरण : सामाजिक सञ्जालमा माफी माग्ने सर्तमा मिलापत्र

आफूमाथि दुर्व्यवहार गरेको भन्दै आरती खड्का र उत्सव रसाइलीविरुद्ध उजुरी दर्ता गराएकी नायिका सुष्मा कार्कीले उनीहरूसँग मिलापत्र गरेकी छिन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गमा दुवै पक्षले मेलमिलापको लिखित सहमति गरेका हुन् । दुवै पक्षले अबदेखि यस्ता...

लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान, २४ घण्टाको समय

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले बुधबार सूचना निकालेर २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को...

विराटनगरमा १९४ सहकारीमध्ये २५ वटामात्रै नियमसंगत सञ्चालित, १६९ सहकारी झोलामा

विराटनगर । विराटनगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई व्यवस्थित बनाउन महानगरले पहल सुरु गरेको छ ।सहकारी संस्थाहरुले बचतकर्ताको रकम संकलन गरेर सम्पर्कविहीन हुने गुनासो बढ्न थालेपछि महानगरले सहकारीको अनुगमन र नियमन गरी व्यवस्थित गर्ने भएको छ ।महानगरले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्