नेताहरूको आलोपालोको गोप्य कागजको तमसुकले देश चल्दैन : गगन थापा

 न्यूज विराट
नेताहरूको आलोपालोको गोप्य कागजको तमसुकले देश चल्दैन : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । विराटनगरमा मंगलबार कांग्रेस नेता गुरूराज घिमिरेले लेखेको ‘बाटो विराएको राजनीति’ नामक विचार संग्रह विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘सरकार गठबन्धनकै बन्छ । त्यसमा कुनै शंका छैन । गठबन्धनकै सरकार बनाउने भनेर चुनावमा गएका हौं । गठबधनको सरकार बनेपछि नेताहरुले निजी कम्पनी चलाएजस्तो पहिलाको जस्तै खासखास कानेखुसी गरेर तँ यो महिनासम्म, तँ यो महिनासम्म भनेर कोठाभित्र कागजमा तमसुक गर्छन्,’ उनले भने, ‘बाहिर भन्ने आँट गर्दैनन् । लुकाउँछन् । भित्रभित्र परिवारको सदस्यलाई म त बन्छु नि अबको मंसिरपछि भन्छन् । बाहिर भन्दैनन् । त्यही कुरामा अलि पछि बबण्डर गर्छन् ।’

सरकार बनाउन भन्दा सरकार बनाएपछि के गर्ने चिन्ता लिनुपर्ने उनले बताए । सरकारको कुनै निश्चित उद्देश्य नभएपछि काम गर्न नसकिने उनले बताए । गठबन्धनको सरकारले स्पष्टता दिनुपर्ने उनको भनाइ छ ।
उनले पाँच वर्षसम्म स्थिर सरकार बनाउनुपर्नेमा जोड दिए । सरकारमा बस्नेले शक्ति, स्रोत र सीमालाई ख्याल गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो । अर्थतन्त्र डामाडोल अवस्थामा भएकाले निर्वाचनमा उम्मेदवारले खटे जस्तै गरी सरकारले काम गर्नुपर्ने उनले बताए । अर्थतन्त्र सम्हाल्न सानो सोच र क्षमताले नहुने थापाको जिकिर थियो ।
गठबन्धन सरकारले समस्याको समाधान दिएर अगाडि बढ्ने उनको भनाइ छ । उनले कांग्रेसको लोकप्रिय मत घटेकोप्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘प्रत्यक्षमा पनि हामी एक्लै लडेर ल्याएको होइन त्यति सीट । त्यसैले अब सरकार बनेपछि कामले देखाउन सक्नुपर्छ । काम गरेपछि मात्रै अबको पाँच वर्षपछि ४० प्रतिशतको पार्टी बन्नसक्छ । पार्टी आफैं बन्छ ।’

सम्बन्धित समाचार

विराटनगरको विकासका लागि एडीवीद्वारा तेस्रो चरणको काम सुरु

विराटनगर । विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीवी)ले तेस्रो चरणको कार्य सुरु गरेको छ ।एडीवीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसित भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको छ ।...

पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १९ पुग्यो

काठमाडौं, फागुन २८–पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या १९ पुगेको छ । सबैभन्दा धेरै सिन्धप्रान्तमा मात्रै १५ जनामा भेटिएको छ भने अरु ३ जना गिल्गीत बाल्टिस्तानमा र अर्का एक जना गत हप्ता पूर्ण निको भएर...

प्रदेश १ मा ३८ कोरोना संक्रमित थपिए, ६ जना डिस्चार्ज

विराटनगर, १९ असार–प्रदेश १ मा शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक...

मिथिलामा पर्वको उल्लास

महोत्तरी, १४ कात्तिक-महोत्तरीसहित मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास छ । हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई रहेका हुँदा मिथिला क्षेत्रको मुटु सिङ्गो प्रदेश २ भित्र नै आज पर्वको उल्लास देखिएको हो ।...

मोटरसाइकल र प्रेमिकाको विषयमा विवाद हुँदा साथीको हत्या 

पोखरा, २ असार-पोखराका एक युवाको हत्या भएको रहस्य खुलेको छ । नयाँ मोटरसाइकल किनेको खुसियालीमा साथीहरूलाई पार्टी दिने क्रममा बाइक र प्रेमिकाका बारेमा बढेको विवादले उग्र रूप लिएपछि सँगै पार्टीमा रमाएका साथीहरूले नै अमित रसाइलीको...

सप्तकोशीको पुलमा गाडी छोडेर हिडेका डाक्टर प्रज्वल कोइरालाको अवस्था अझै अज्ञात

विराटनगर । हराएको तीन दिन भइसक्दा पनि सप्तकोशी नदीको फुलछेउमा गाडी छोडेर बेपत्ता भएका झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीया सर्जन डाक्टर प्रज्वल कोइरालको अवस्था अझै अज्ञात रहेको छ । गएको सोमबार बिहानदेखि...

कांग्रेसले भन्यो : कुनै पनि परिस्थितिमा सरकारमा सहभागी हुँदैनौँ

काठमाडौं, २२ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । सत्तारूढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरूसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा...

ईद पर्व सबै नेपालीको मौलिक पुँजी होः प्रधानमन्त्री ओली

काठमाडौं, १२ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गरेका छन् । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहेका इस्लाम समुदायका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्