विराटनगर । विराटनगस्थित मेरील्याण्ड कलेजमा स्पोर्ट्स मिट सुरु भएको छ । कलेज परिसरमा सोमबारदेखि स्पोर्ट्स मिट सुरु भएको हो । एक हप्तासम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन खेलहरु रहेको मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।
उनका अनुसार स्पोर्ट्स मिटमा टेबलटेनिस, ब्याडमिटन, भलीबल, क्रिकेट, फुटबल, स्लो साइकल रेस, म्युजिकल चियर र घैला फोडलगायतका एक दजर्न प्रतियोगिताहरु रहेको बताए । हप्तादिनसम्म संचालन हुने स्पोर्ट्स मिटमा कक्षा ११ , १२ र बिबिएका विद्यार्थीहरु गरी साढे ५ सय बढी खेलाडी विद्यार्थीहरुले भाग लिएका छन् ।
कलेज अध्ययरत विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले स्पोर्ट्स मिट आयोजना गरिएको कलेजका प्रिन्सिपल ढकालले बताए । ‘यस्ता खेलकुदले विद्यार्थीहरुको भएको प्रतिस्भा प्रस्फुटनमा ठूलो सहयोग पुग्नेछ,’ कलेजका प्रिन्सिपल ढकालले भने, ‘विद्यालयस्तरदेखि हुने खेलकुद क्षेत्रले खेलक्षेत्रको विकासमा पनि ठुलो सहयोग पुग्नेछ ।’
मेरील्याण्ड कलेजले गुणस्तरीय शिक्षा सँगै अतिरिक्त क्रियाकलपहरुमा पनि विशेष जोड दिने गरेको छ । जसले गर्दा विद्यार्थीहरुले अतिरिक्त क्रियाकलपामा पनि उत्कृष्ट हुने गरेको छ । व्यवस्थापन शिक्षामा अब्बल सावित भएको मेरील्याण्डले प्रत्येक वर्ष स्पोर्ट्स मिट गरेर विद्यार्थीहरुलाई खेलकुदको क्षेत्रमा आवद्ध गराउने गरेका छन् ।
विराटनगर । झापा जिल्लामाथि सानदार जित निकाल्दै आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिताको फाइलनमा पुगेको छ ।विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा झापा जिल्लालाई ३...
एजेन्सी, २७ चैत । मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेस्रो जित निकालेको छ । मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ । जितका लागि पाएको १५२...
विराटनगर। विराटनगर – २ शंकरपुरमा जारी मातृभूमि नेपाल महोत्सवमा बुधबार राष्ट्रिय स्तरका चर्चित कलाकारहरु प्रस्तुत हुने भएका छन्। आयोजक समितिका बिक्की भगतका अनुसार बुधबार महोत्सवमा चर्चित गायिकाद्वय इन्जिला रेग्मी र पृति पासवानले आफ्नो प्रस्तुति दिने...
सोलुखुम्बु, २ माघ । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको बिचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरूले बताएका छन् । ४८ मिटर लामो...
विराटनगर । विराटनगर १० मा रहेको कान्तिपुर स्कुलले १० औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाएको छ ।स्कुल परिसरमा तीनदिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेर आइतबार सम्पन्न गरेको हो । वार्षिकोत्सव तथा अभिभावक...
विराटनगर । स्थापना कालदेखिनै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको सगरमाथा सेकेण्डरी बोर्डिङ स्कूलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गराएको छ । स्कुल परिसरमा बुधबार एक कार्यक्रम...
विराटनगर, २७ भदौ । ३३ बर्षअघि देखि कार्यरत इटहरीका तीनजना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मान सहित विदाई गरेको छ । ६० बर्षे उमेरहदका कारण विष्णुतारा नेपाली, गंगादेवि नेपाल र गंगीया सरदारलाई सम्मान सहित उपमहानगरका प्रमुख...
स्वास्थ्य मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको शुभारम्भ गरेका छन् । जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर देउवाले अभियान शुभारम्भ गरेका हुन् । उनले उक्त खोप केन्द्रको निरिक्षण...