विराटनगर, ६ पुस । मोरङको सुनवर्षी नगरपालिकामा जारी तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा कर्मचारी टिम विजय भिएको छ । आजको खेलमा वडा नम्बर ७ लाई पराजित गर्दै सुनवर्षी नगरपालिकाको कर्मचारी टिम विजयी भएको हो ।
टस जितेर व्याटिङ गरेको सुनवर्षी नगरपालिका कर्मचारी टिमले वडा नम्बर ७ लाई ३५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । खेलमा टस जितेर ब्याटिङ रोजेको कर्मचारी टिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १२७ रन बनाएको थियो । कर्मचारी टिमका लागि संजय राजवंशीले सर्वाधिक ४८ रन जोडे । उनी अर्धशतक बनाउन २ रनले चुके । त्यस्तै कर्मचारी टिमका कप्तान देवेन्द्र थापाले २२ रन बनाए ।
१२८ रनको विजयी लक्ष्य सहित जवाफी व्याटिङमा उत्रिएको ७ नम्बर वडाले १७.३ ओभरमा सवै विकेट गुमाउदै ९२ रन मात्र बनाउन सक्यो । उसका लागि इसाक अहमदले सर्बाधिक २२ रन बनाए पनि अन्य व्याट्सम्यानहरुले उल्लेख्य रन जोड्न सकेनन् ।
कर्मचारी टिमको कसिलो बलिङ सामु वडा नम्बर ७ का खेलाडी मैदानमा धेरैबेर टिक्न सकेनन् । खेलमा कर्मचारी टिमको लागि उत्कृष्ट प्रदर्शन गर्दै एक्लै पाँच बिकेट लिएका सुमित राजवंशी म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ र मेडल प्राप्त गरे ।
उनलाई सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशी, प्रमुख प्रशासकिय अधिकृत रुद्रप्रसाद दुलाल, सुनवर्षी–२ का वडाध्यक्ष विनोद राजवंशी, ५ नम्बर वडाका वडाध्यक्ष युगेश्वरप्रसाद ठाकुर र सुनवर्षी–६ का वडाध्यक्ष कमल मोक्तानले पुरस्कार तथा मेडल प्रदान गरे । शुक्रबारको खेल सुनवर्षी–२ र सुनवर्षी–९ बिच हुने जनाइएको छ ।
गत पुस २९ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी माघ १६ गते सम्पन्न हुनेछ । प्रतियोगिताको उद्घाटन सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशी र रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले क्रिकेट खेलेर गरेका थिए ।
प्रतियोगिताका विजेताले नगद १ लाख २५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद ६५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक राकुमार राजवंशीले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद ५/५ हजार, म्यान अफ दी सिरिजले नगद २५ हजार र ट्रफी प्राप्त गर्नेछन् ।
त्यसैगरी प्रतियोगिताको उत्कृष्ट बलर, उत्कृष्ट व्याट्स म्यान, उत्कृष्ट फिल्डर र अनुशासित टिमलाई नगद १५/१५ हजार, मेडल र प्रमाणपत्र वितरण गरिने सुनवर्षी नगरपालिकाका लेखा अधिकृत देवेन्द्र थापाले जानकारी दिए ।
विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले गम्भीर प्रकृतिका अपराधमा संलग्न भइ फरार भएका अभियुक्तहरूलाई धमाधम पक्राउ गर्न थालेको छ ।फरार पक्राउ अभियान अन्र्तगत एकै दिन इप्रका रंगेलीले १८ जना फरार अभियुक्त पक्राउ गरेको हो ।...
विराटनगर । विराटनगर – १६ मा रहेको गौतम बुद्ध स्कुलमा गौतम बुद्ध स्पोर्ट्स मिट सुरु भएको छ । स्कुल परिसरमा बिहीबारदेखि दुई दिने स्पोर्ट्स मिट सुरु भएको हो ।स्पोर्ट्स मिट सुरु हुनुभन्दा अगाडी विद्यार्थीहरुले वृहत...
झापा । प्रदेश १ को तराइको तीन जिल्लामध्ये सबैभन्दा ठुलो सीमा नाका रहेको झापामा तस्करी धन्दा मौलाएको छ । १ सय ६३ किलोमिटर सीमा क्षेत्र रहेको झापामा प्रहरीले तस्करीको लाइन दिएको कारणले खुलेआम तस्करी हुने...
बेलबारी । लियो क्लब अफ बेलबारीले विद्यालयका बालबालिकाहरुलाई न्यानो स्वीटरका साथै शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बेलबारी–८ स्थित सुकुना आधारभुत विद्यालयका ४१ जना विद्यार्थीहरुलाई स्वीटर र शैक्षिक...
विराटनगर । धनकुटा पाख्रिबास नगरपालिका १ स्थित नर्वदेश्वर आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । वडा अध्यक्ष भोगेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बालबालिकालाई सहयोग सामग्री वितरण गरिएको हो ।जाडोमा लगाउने ट्राकसुट...
विराटनगर, १८ मंसिर । नेपाली कांग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि झण्डै ७ घण्टा ढिलोगरी मतदान सुरु भएको थियो । मतपत्रमा इलामबाट...
विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ ।नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी,...
विराटनगर, भाद्र १२–दक्षिणी मोरङका ६ वटा स्थानीय तहका प्रमुखहरुले कोरोना भाईरसको संक्रमण रोकथामका विषयमा प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईको ध्यानाकर्षण गराएका छन् । मोरङको रत्ुवामाई,सुनवर्षी, रंगेली नगरपालिका, धनपालथान, कटहरी र जहदा गाउँपालिकाका...