विराटनगरमा सुरू भयो तेस्रो नेवा : महोत्सव (फोटो फिचर)

 न्यूज विराट
विराटनगरमा सुरू भयो तेस्रो नेवा : महोत्सव (फोटो फिचर)

विराटनगर । विराटनगरमा तेस्रो नेवा : महोत्सव तथा पर्यटन हाट सुरू भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव शुक्रबारबाट सुरू भएको हो ।

उक्त महोत्सवको उद्घाटन प्रदेश १ का समाजिक विकास मन्त्री बुद्धीकुमार राज भण्डारीले गरे । शनिबारसम्म संचालन हुने महोत्सव नेवारी खानाका परिवारको साथै अन्य विभिन्न सामुदायहरूको परिवार पनि रहेको छ । महोत्सवमा २० वटा खानाको परिकारसहित साँस्कृतिक कार्यक्रमहरू प्रस्तुती भयो । नेवार सामुदायका किशोर किशोरीहरूले ‘धिमी’ बाजा बजाएर महोत्सवमा थप रौनक भयो ।

खानाको परिकार बाहेक महोत्सवमा पर्यटक हाट पनि लागेको छ ।


दुई दिनसम्म संचालन हुने महोत्सवमा ५ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखिएको कार्यक्रम संयोजक तथा झी पुच : को वरिष्ठ उपाध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा प्रदेश १ का सांसद भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निरला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललगायतको उपस्थीति रहेको थियो । उनीहरूले सांस्कृतिक संरक्षण र प्रवद्र्धनमा यस्ता महोत्सवमा ठुलो भुमिका खेल्ने बताए ।
यसअघि पहिलो पटक भव्य रुपमा नेवा: महोत्सव २०६८ सालमा र दोस्रो २०७२ सालमा भएको थियो । कोभिड १९ ले रोकिएको यो महोत्सव लागेको तेस्रो हो । यस पटक सुरू भएको नेवा: महोत्सव भव्य रूपमा सुरू भएको झी : पुच का अध्यक्ष हरिबहादुर श्रेष्ठले बताए ।


सोही अवसरमा मन्त्री राजभण्डारीले झी पुचः को नेवारी कलात्मक मुख स्वागतद्धारको पनि उद्घाटन गरेका थिए । झी पुच ः मा रहेको संग्रालयको पनि प्रमुख अतिथि, अतिथिहरुले अवलोकन गरेका थिए । संग्रालयमा नेवारी सामुदायहरूको सांस्कृतिक पहिरन र भाडा बर्तनहरू रहेको छ ।
४२ वर्ष अगाडी नेपाल सम्वत् ११०१ वि.स. २०३८ सालमा मुनाफा रहित एंव तटस्थ संस्थाको रुपमा झी ः पुच विराटनगरमा स्थापना भएको हो । झी पुचः ले प्रत्येक वर्ष नेपाल सम्वत्को नयाँ वर्ष (न्हुँ दः), वेल विवाह, ब्रतबन्ध, गाई जात्रा जस्ता सांस्कृतिक कार्यक्रमहरु सामुहिक रुपमा आयोजना गर्दै आएको छ । नेपाल भाषा, साहित्य, कलाको पनि जर्गेना पनि गर्दै आएको झी: पुचका महासचिब सुरेश लाल श्रेष्ठले बताए ।
नेवा: संस्कृति भोषाको प्रर्बद्धन तथा जर्गेना गर्ने व्यक्ति वा संस्था पुरस्कार पनि प्रदान गर्दै आएको छ । २ लाख राशीको नगद रहेको पुरस्कार सुर्दशन कपिला सिरपा नाम रहेको छ ।

सम्बन्धित समाचार

पर्सामा कोरोना संक्रमणबाट युवतीको मृत्यु

वीरगन्ज, २१ साउन-पर्सामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । पर्साको पोखरीया नगरपालिका- ८ घर भएर वडा नम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको हो ।...

आज विराटनगरमा ११ जना कोरोना संक्रमित थपिए

विराटनगर, २९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण भएको छ । २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास...

प्रहरी निरीक्षकद्धय बबिन्द्र नेम्बाङ र अर्जुन अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित

विराटनगर, ७ भदौ । प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी...

मोरङको जहदामा धारिलो हतियार प्रहार गरि महिलाको हत्या गर्ने पक्राउ

विराटनगर, २९ माघ । मोरङको जहदा गाउँपालिका–१ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरीजञ्ज नगरपालिका–१ का २७ बर्षीय प्रेमलाल मण्डल पक्राउ परेका छन् । सवरियाका ज्वाई नाता पर्ने...

विराटनगरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा व्यापार मेला सुरु

विराटनगर । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले व्यापार मेला आयोजना गरेको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा व्यापार मेला ‘रोटरी ट्रेड फेयर’ आयोजना गरेको हो ।  मेलामा ५० भन्दा बढी...

मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ

विराटनगर, ७ भदौ । मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ का ५१ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो...

शिक्षादीप स्पोर्टस् मिट सुरू,पाँच सय बढी विद्यार्थीको सहभागि

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा शिक्षादीप स्पोर्टस् मिट २०७९ सुुरू भएको छ । विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्पार्टस् मिट सुरू भएको हो । हप्तादिनसम्म संचालन हुने स्पोर्टस् मिटको उद्घाटन कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले...

बोको हरामद्धारा १८ सर्वसाधारणको हत्या

काठमाडौं, १९ साउन -क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा पनि १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ ।  सो आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्