चिकित्सक साथीहरूले परिवर्तनको पक्षमा भोट हालेर इतिहास रच्नेछन्
शुक्रबार, ०६ माघ, २०७९,
न्यूज विराट
देशभरका डाक्टरहरूको पेसागत संगठन नेपाल चिकित्सक संघको नेतृत्व चयनका लागि आज शुक्रबारबाट मतदान सुरू हुँदैछ । काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा शुक्रबार बिहान ९ बजेदेखि मतदान सुरू हुनेछ । शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा र उपत्यकाभित्र माघ १९, २० र २१ गते मतदान हुनेछ ।
देशभरबाट १२ हजार ८ सय जना चिकित्सकहरू मतदानमा सहभागी हुन पाउने छन् । संघको नेतृत्वकाचु लागि नेपाली कांग्रेस निकटको प्रजातान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्की, नेकपा एमाले निकटको पेसागत (प्रगतिशील) समावेशी समूहबाट डा. सन्तोष पौडेल र स्वतन्त्र समूहको नेतृत्व गरेर डा. शिवजीविक्रम सिलवाल चुनावी मैदानमा छन् । डाक्टर कार्की बिपी मेमोरियल क्यान्सर अस्पतालका सिनियर कन्सल्टेन्ट हुन् । अघिल्लो कार्यकालमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि उनले संघको काउन्सिल सदस्य र केन्द्रीय सदस्य भएर काम गरेका थिए । डाक्टर पौडेल राष्ट्रिय ट्रमा सेन्टरका सिनियर कन्सल्टेन्ट, अर्थोपेडिक स्पाइन सर्जन हुन् । उनी राष्ट्रिय स्वास्थ्यकर्मी संघका महासचिवसमेत हुन् । डाक्टर सिलवाल उपराष्ट्रपति नन्दकिशोर पुनका निजी चिकित्सक हुन् । २००७ सालमा स्थापना भएको चिकित्सक संघमा अहिलेसम्म लगातार प्रजातान्त्रिक समूहले नेतृत्व गरिरहेको छ । प्रजातान्त्रिक समूह अहिलेको चुनावमा पनि जित हात पार्दै विरासत जोगाउन चाहन्छ । पेसागत समूह भने संघमा प्रजातान्त्रिक समूहको विरासत भत्काउन लागिपरेको छ । नेकपा एमाले निकटको पेसागत (प्रगतिशील) समावेशी समूहबाट अध्यक्षका उम्मेदवार डा. सन्तोष पौडेल चुनावी प्रचार प्रसाद गर्दै प्रदेश १ को राजधानी विराटनगरमा बिहीबार साझ आइपुगेका छन् । उनै पौडेलसँग गरेको संक्षिप्त कुराकानी :
चुनावी अभियानको क्रममा देशदौडाहमा हुनुहुन्छ । मतदाता चिकित्सकहरूको कस्तो प्रतिक्रिया पाउनुभयो ?
– यो पटकको चुनाव उत्सापुर्वक हुनेछ । आफै गाडी चलाएर पूर्वी मेची देखि पश्चिम महाकालीसम्म पुगियो । २१ दिनको यात्रा थियो । यो आफैमा ठूलो अनुभव भयो । यो यात्रामा यति धेरै चिकित्सकहरूसँग अन्र्तक्रिया गरियो । चिकित्सक साथीहरूले परिवर्तनको पक्षमा निक्कै उत्साह देखाउनुभएको छ । यो उत्साह भोटमा परिर्वतन हुन बाँकी छ । त्यो उत्साहलाई भोटमा परिर्वतन गरेपछि नेपाल चिकित्सा संघको ७२ वर्षको इतिहासमा हामी एउटा इतिहास रच्न गइरहेका छौं ।
तपाइलाई मतदाता चिकित्सकहरूले किन भोट दिने ? – चिकित्सक संघ नेपालको सबैभन्दा लामो इतिहास बोकेको पेसागत संगठन हो । ७२ वर्ष लामो इतिहास भएको यो संगठन आफैंमा गर्विलो छ । यो संगठनले प्रजातान्त्रिक आन्दोलन र पेसागत आन्दोलनमा नेतृत्वदायी भूमिका पनि खेलेको छ । तर पछिल्लो समय संगठनको नेतृत्वमा अल्छीपना, अकर्मन्यता र नयाँ विषयलाई समेट्न नसक्ने देखिएको छ । चिकित्सक संघले खेल्नुपर्ने दुई वटा भूमिका रहेको छ । चिकित्सक र जनतासँगको सम्बन्ध प्रङगण बनाउनुपर्ने हो । अर्को भनेको चिकित्सक र राज्यबीचको समस्या छन् भने त्यसलाई समस्या सावधन गर्ने हो । राज्यको स्वास्थ्यप्रणाली चिकित्सक मैत्री बनाउनुपर्ने र जनतामैत्री चिकित्सक प्रणालीको विकास गर्ने हो । तर, यी भूमिका अहिलेको नेतृत्व खरो उत्रिन सकेको छैन । अहिलेको चिकित्सक संघ प्रतिक्रित्मक खालको नेतृत्व रहेको छ । कुनै घटना घट्यो भने प्रतिक्रिया जनाउने बाहेक केही गरेको छैन । त्यसो हुनु भनेको नेपाल चिकित्सा क्षेत्रको विकासको पनि बाधक हो भन्ने सोचेर म आफ्नो क्षमताले भ्याएसम्म संघको साख जोगाउने गरी केही नयाँ, केही सिर्जनात्मक, केही दूरगामी अजेण्डासहित यो चुनावमा होमिएको छु । मलाई लाग्छ, मैले बोकेका अवधारण अन्य चिकित्सक साथीहरुको पनि धारणा हो । तेही भएर परिवर्तनको पक्षमा यस पटक चिकित्सक साथीहरुले हाम्रो पक्षमा भोट हाल्नुहुनेछ ।
तपाइको चुनावी एजेन्डा केके छन् ? – चुनावमा उठाएको एजेन्डाले प्रमुख भूमिका खेल्नेछ । अहिले हामीले उठाएको एजेन्डाहरु चिकित्सक मैत्री रहेका छन् । चिकित्सकको हकहितको लागि एकदमै महत्पूर्ण रहेको छ । दोस्रो भनेको स्वास्थ्य विकास प्रणालीको लागि पनि महत्वपूर्ण छ । दुवै हिसावले देश दौडाहको क्रममा चिकित्सक साथीहरूले हाम्रो एजेन्डालाई अनुमोदन गरिसक्नुभएको छ । विशेष गरी अहिलेको युवा चिकित्सकहरुको लागि हामीले हाम्रो एजेन्डामा समावेश गरिएको छ । अहिले भर्खर पासआउट भएका मेडिकल अपिसरहरु, अध्ययनरत रेजिनेट चिकित्सकहरूको बारेमा महत्पूर्ण र उहाँहरुको जीवनमा प्रत्यक्ष असर पार्ने एजेन्डाहरु उठाएको छु । जसमा बैज्ञानी डियुटीको समय, तलबको कुरा, नाइट डियूटी गरेपछि अनिवार्य फुट सिलिपको महत्पूर्ण एजेन्डाहरु उठाएको छु । ‘सुरक्षित पेसा, खुसी चिकित्सक’ को नारा अघि सारेको छु । एक चिकित्सक, एक स्वास्थ्य संस्था, सबै डाक्टर एक पटक सरकारी डाक्टर, सबै डाक्टरलाई रोजगारीः १० वर्षमा घर र गाडी, वैज्ञानिक ड्यूटी–आवर, अनिवार्य बिदाको व्यवस्था जस्ता एजेन्डा अघि सारेको छु ।
चिकित्सा सेवा ऐनको आवज उठिरहेको छ । चिकित्सकका लागि किन छुट्टै चिकित्सा सेवा ऐन आवश्यक पर्यो ? – विगतको इतिहासलाई हेर्ने हो भने निजीमाति ऐनले नपुगेर २०५३ सालमा स्वास्थ्य सेवा ऐन ल्याइयो । त्यसबेला ठूलो संघर्ष गरेर मात्र स्वास्थय सेवा ऐन ल्यान सकिएको थियो । अघिल्लो सरकारको पालामा संघिय निजामति ऐनको ड्राफ हुदै गर्दा चिकित्सक संघले ठूलो भुमिका खेल्न सकेन । चिकित्सक संघले स्वास्थ्य सेवा ऐन होइन त्यसभन्दा अगाडी बढेर चिकित्सा शिक्षा ऐन ल्याउनुपर्छ भन्ने हाम्रो माग थियो । अघिल्लो नेतृत्वले चिकित्सक ऐन होइन भएको स्वास्थ्य ऐनलाई पनि फेरी ब्याग गरेर निजामति ऐनमा मिसाउने काम भयो । त्यस हिसाबले चिकित्सकले प्रदान गर्ने विशिष्टकृत सेवा एउटा सामान्य रुपमा हेरिनु हुदैन । तेही भएर चिकित्सा शिक्षा ऐन जरुरी रहेको छ । संसारभरी चिकित्सकको सेवा विशिष्टकृ हुन्छ । तेही भएर यहाँ पनि तेही हुनुपर्दछ । अहिले नेपालमा ३२ हजार बढी चिकित्सक छन् । चिकित्सकको सेवा सुविधाको लागि कर्मचारीको जस्तो व्यवर्हरा गरेर चिकित्सकको मान मर्दन गरिन्छ । त्यसलाई रोक्नको लागि पनि चिकित्सक शिक्षा ऐन आवश्यक रहेको छ । चिकित्सक शिक्षा ऐन भयो भने चिकित्सकले पाउने सेवा सुविधा, वृद्धि विकासलाई छुटै हिसाबले हेर्न सकिन्छ भन्ने हो । यसमा हामी पहल गर्नेछौं ।
अन्त्यमा मतदाता चिकित्सकलाई के भन्नुहुन्छ ? – अग्रज चिकित्सक, समकक्षी र भर्खरै पासआउट भएका चिकित्सकहरूलाई यो परिवर्तनको एजेन्डामा भोट हाल्न आतुर हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु । यो इतिहासले छोडेको महत्वपूर्ण अवसर हो । विगत ७२ वर्षदेखि एकै खाले बिचार बोकेको समूहले नेतृत्व गर्दा उत्साह, उमंग सृजनत्मक, नविनता केही पनि छैन । त्यो नेतृत्वलाई फालेर नेपाल चिकित्सक संघको पुनः रचना गर्नुपर्नेछ । चिकित्सकको हकहतिदेखि चिकित्सा शिक्षा प्रणालीको लागि खरो रुपमा उत्रिनुपर्नेछ । चिकित्सक सघंलाई एउटा घरानीय वर्गको क्बलजस्तो होइन आम चिकित्सकको छाता संगठनको रुपमा विकास गरेर लैजानुपर्ने छ । त्यसैले यो पटक चिकित्सक साथीहरुले परिर्वतनको पक्षमा भोट हालिदिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
विराटनगर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपिपी सम्झौता बर्तमान सरकारले नगर्ने बताएका छन् । विराटनगरस्थित होटल ह्यारिसनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । माओवादीले सरकारले एसपिपी सम्झौता गर्न...
विराटनगर । लाइन्स क्लब अफ बिराटनगर युनिकले लायन बर्ष २०२३-२०२४ को पहिलो दिन जुलाई १ तारिकको अवसरमा विद्यालयलाई फिल्टर र स्टेशनरी वितरण गरेको छ । विराटनगर कोचाखालस्थित आधारभूत विद्यालयलाई क्लबले स्वच्छ पिउने पानीको लागि लागि...
सोमबार जारी भएका अध्यादेश आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली कांग्रेसले तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।विश्व कोरोना भाइरससँग लडिरहेका बेला मूल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै कांग्रेसले फिर्ता...
विराटनगर । सुनसरीको इटहरी २० तरहराकी ३० वर्षीय रमा चौहानले विराटनगरस्थित विराट नर्सिङ होम ९विराटनगर अस्पताल० मा जन्माएकी तिम्ल्याहा नवजात शिशुलाई हस्पिटलले बचाएको छ । हस्पिटलका वरिष्ठ नवजात तथा बाल रोग विशेषज्ञ डा. दिपराज अधिकारीको...
विराटनगर । समता स्कुल इष्टर्न कन्सोर्टिजम अध्याय ४ सिरहाको लाहानमा सम्पन्न भएको छ । समता स्कुलले इलाम, झापा, इटहरी र लाहानको समता स्कुलमा अध्ययनरत विद्यार्थीहरूमा काव्य क्षमताको विकास गराउने उद्देश्यले समता स्कुलले उक्त कार्यक्रमको आयोजना...
काठमाडौं, १७ साउन-प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत १ जना कर्मचारीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुख सोपकोटासहित निवासमा कार्यरत...
सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले बिनाहिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड- १९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले व्यवस्थित र सहजरूपमा...
विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक कृषकहरुलाई उन्नत जातको घाँसको बिऊ वितरण गरेको छ ।महानगरको पशुपंक्षी विकास शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले घाँसको बिऊ वितरण गर्नुभयो । विराटनगर क्षेत्रभित्रका पशुपालक...