प्याब्सन स्पोर्ट्स मिट : फुटबलमा पाँच वटा स्कुल विजयी

 न्यूज विराट
प्याब्सन स्पोर्ट्स मिट : फुटबलमा पाँच वटा स्कुल विजयी

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट आज दिउँसो ११ बजेबाट सुरू हुदैछ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू हुनेछ ।

प्याब्सन मोरङको आयोजनामा भएको स्पोर्ट्स मिटमा एक दर्जन खेलहरू समावेश रहेको छ ।
प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत फुटबल खेल बिहीबारदेखि सुरू भएको छ । विराटनगरको जुट मिलको खेलमैदानमा भएको फुटबलमा पाँच वटा विद्यालय विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा हरैचा मोर्डल विजयी भएको छ । सुन्दरहरैचा नगरपालिकास्थित ब्राइट फियुचर स्कुललाई ५–० गोल हराउँदै हरैचा मोर्डल विजयी भएको हो । जितको लागि हरैचा मोर्डलका कृष्ण कार्की दुई गोल, सुप्रिम विष्टले २ गोल र नारयण सुवेदी १ गोल गरेका थिए ।

सोही दिन भएको दोस्रो खेलमा उर्लाबारीको मोरङ मोर्डन स्कुल विजयी भएको छ । सुन्दरहरैचाको राइजिङ्ग सुन्दरहरैचा स्कुललाई ट्राइबेकरमा ४–३ गोलले हराउँदै मोरङ मोर्डन स्कुल विजयी भएको हो ।

तेस्रो खेलमा शिक्षा सदन स्कुल विजयी भयो । शिक्षा सन्देश बेलबारीले सगरमाथा बेलबारीलाई ४–० हरायो । जितको लागि शिक्षा सन्देशका आशेष मगरले एक्लै चार गोल गरेका थिए ।

चौथो खेलमा पथरीको बालमिकी स्कुल विजयी भयो । माउन्ट मकालु स्कुल नआएपछि वाकओभर पाएर पथरीको बालमिकी स्कुल विजयी भयो ।

पाँचौ खेलमा रंगेलीको मिनीबेन्ड स्कुल विजयी भयो । विराटनगरको बिकेभिए स्कुल नआएपछि मिनीबेन्ड स्कुलले वाकओभरमा विजयी भएको हो ।
आज शुक्रबार चार खेल हुनेछ ।

सम्बन्धित समाचार

राप्रपा एकताः तीन अध्यक्ष, तीन लक्ष्य

काठमाडौं, फागुन २८–पूर्वपञ्च वाहुल्यको दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच बुधबार पार्टी एकता घोषणा भयो । १५ जेठ २०४७ सालमा निर्दलीय पञ्चायती व्यवस्थामा वारम्वार प्रधानमन्त्री भएका सुर्यवहादुर थापा र लोकेन्द्र बहादुर...

यस कारण बन्द भयो विराटनगरको संजीवनी हस्पिटल, बजारको ४० करोड ऋण तिर्न बाँकी

विराटनगर । आर्थिक रूपले टाट पल्टिएपछि आन्तरिक विवादको कारणले विराटनगरको हस्पिटल चोकमा रहेको संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लि. बन्द भएको छ । नयाँ सेयर सदस्यहरूबीचको विवादका कारण बजारको ४० करोड रूपैयाँ ऋण नतिरी ५०...

प्रदेश सरकारले स्थापना गरेको ‘जन सुरक्षा’ कोषमा सिभिल बैंकको ५ लाख

विराटनगर, चैत २३-विश्भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा सिभिल बैंकले लिमिटेडले ५ लाख रुपैयाँ योगदान गरेको छ । सिभिल बैंक प्रदेश...

गुमेको भूभाग फिर्ता लिने प्रकियाको नयाँ चरणमा आयौँ : प्रचण्ड

काठमाडौं, ३१ जेठ-सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुमेको भूभाग फिर्ता लिने सम्वन्धमा नेपाल नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । शनिबार नेपालको गुमेको भू-भाग राखेर निशान छाप परिवर्तन गर्नको लागि गरिएको संविधान संशोधनको दोस्रो...

लकडाउनमा सक्रिय काठमाडौं महानगर : साढे ६८ हजारलाई राहात, २० हजारलाई नियमित भोजन

काठमाडौं, १५ वैशाख-काठमाडौं माहानगरपालिकाले लकडाउनको अवधिमा आफ्नो सक्रियता बढाएको छ । लकडाउन अवधिमा कतिपय विकास निर्माणका कामदेखि महानगरको सरसफाई र राहात वितरणमा सक्रियता बढाइएको काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्द शाक्यले बताए । महानगरप्रमुख शाक्यले ४५ औँ...

अस्पतालबाट फरार कैदीलाई पाँच वर्षसम्म सजाय हुनसक्ने

विराटनगर । डियुटिमा खटिएको प्रहरीलाई लडाएर विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका विराटनगर–८ घर भएका २३ वर्षीय आर्यन महमद अहमद खान भनिने मोहमद अहमदलाई प्रहरीले कैदी भागेको कुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ ।...

कुपोषण नियन्त्रण गर्न पोषण बाढ्दै कटहरी

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले पालिका भित्र कुपोषण रोकथाम र नियन्त्रणको लागि पोषण वितरण गर्दै आएको छ । पालिका भित्र बालवालिकाहरुमा कुपोषण देखिन थालेपछि पोषणमैत्री स्थानीय शासन अन्र्तगत पोषण विशेष कार्यक्रमको संचालन गरेर पोषण सामाग्री...

लकडाउनका बेला लागुऔषधको कारोबार, २ जना पक्राउ

विराटनगर, २९ चैत-लकडाउनको मौका छोपी लागुऔषधको कारोबार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाम माई–२ का ४३ वर्षीय कमल श्रेष्ठ र सूर्योदय–२ का २८ वर्षीय सन्दीप राई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्