सुशासन कायममा खरो उत्रिन्छु : डिआइजी ज्ञावली

 न्यूज विराट
सुशासन कायममा खरो उत्रिन्छु : डिआइजी ज्ञावली

विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी श्याम लाल ज्ञवालीले प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउदै सुशासन कायम गराउन खरो रूपमा उत्रिने प्रतिवद्धा जनाएका छन् ।

१ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख भएर कार्यभाग समालेकोे भोलीपल्ट डिआइजी ज्ञवालीले बिहीबार आयोजना गरिएको संचारकर्मीहरूसँगको परिचयत्मक कार्यक्रम बोल्दै उनले शान्ति सुरक्षा शुव्यवस्थापन कायम गर्दै अपराध नियन्त्रणमा लागि पर्ने बताएका हुन् ।

सुन्य सहनशिलता अपनाउने सुशासन कायममा आफु लागि पर्ने उनले बताए । घटित अपराधको सफल अनुसन्धान गर्दै पुरानो पेन्डिङ मुद्दाको फर्छौड, फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनि दायरामा ल्याउने पहिलो प्रथामिकता रहेको उनले बताए । ‘अदालतको फैसाला कार्यन्वयनमा प्रहरी संगठन लागि पर्नेछ,’ उनले भने, ‘अपराध गरेर फरार भएका प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरमा ल्याउनेछौं ।’

लागूऔषधबाट हुने अपराध रोकथाम र नियन्त्रणमा पनि लागि पर्ने बताए । चाँडै तराइको झापा, मोरङ, सुनसरी र उदयपुरको जिल्लाहरूमा लागूऔषध विरुद्धको अभियान सुरू गर्ने उनले बताए । उनले प्रदेश सरकारसँग समन्य गरी शान्ति सुरक्षा कायम गराउँदै आम नागरिकको भरोसाको केन्द्र प्रहरी संगठन बनाउन लागि पर्ने बताए । प्रहरी संगठनभित्र शुद्धिकरण अभियान सँगै प्रहरीको मनोबल बढाउने काममा पनि ध्यान दिने उनले बताए ।

प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई मातहतका प्रहरीलाई निर्देशन दिए । उनले कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न लागिपर्ने बताए ।
ज्ञावाली सरुवा भएर बुधबार मात्र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आएका हुन् । ज्ञावाली प्रहरी निरीक्षक रहदा २५ वर्ष अगाडी इलका प्रहरी कार्यालय रंगेलीको प्रमुख पनि भएर बसेका थिए ।

बिशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गरेका छन् ।

सम्बन्धित समाचार

अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन उद्योगी व्यवसायीको सुझाव

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरूले औद्योगिक क्षेत्रका समस्या समाधान गर्ने र उद्योगीले नाजुक अवस्थामा पुगेको अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन सुझाव दिएका छन् । अर्थ मन्त्रालय, राजश्व परामर्श समितिले विराटनगरमा बिहीबार आयोजना गरेको प्रदेशस्तरीय...

कोरोना कोषमा जम्मा भयो २ अर्ब १३ करोड

काठमाडौं, १३ वैशाख-सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार अपराह्नसम्म...

पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कारबाही गर्न निर्देशन

काठमाडौं, ६ साउन-संसदको विकास तथा प्रविधि समितिले श्रमजीवी ऐनविपरीत कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कानुनअनुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । कोरोना महामारीले सिर्जना गरेको सुरक्षाको असहज र जोखिमयुक्त अवस्थामा अहोरात्र खटेर सूचना...

कोशीका दुई मन्त्रालयको ‘बेरुजु फछ्यौट  अभियान’, करोडौं बेरुजु असुल गरेको दाबी

विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालयले सशासन कायम गर्न भन्दै बेरुजु फछ्यौट अभियान सुरु गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले यो अभियान थालेका हुन् । दुबै मन्त्रालयमा मन्त्री भने भुपेन्द्र्र राई...

उदयपुरमा चट्याङ लागेर वृद्धको मृत्यु

उदयपुर, २ जेठ-उदयपुरमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुरको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जंगलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा...

गण्डकीले ल्यायो २ अर्ब ९१ करोडको कोभिड-१९ कोष

पोखरा, असार १-गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा उपचारका लागि २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँको कोष बनाउने घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण...

सामाजिक सद्भाव कायममा चाडपर्वको भूमिका महत्वपूर्ण

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले दसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वलाई सांस्कृतिक एकता र सामाजिक सदभाव कायम अभिवृद्धिको पर्वका रूपमा मनाइनुपर्नेमा जोड दिएका छन् । मोरङ व्यापार संघले बिहीबार बडादसैँ, शुभदीपावली, नेपाल...

यमनमा दिँदै आएको समर्थन अन्त्य गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा

एजेन्सी, २३ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा भइरहेको आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने घोषणा गरेका छन् । हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाउँदै आएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्