पत्रकार लुइँटेलद्वारा प्रेस युनियन प्रदेश एकको अध्यक्षमा उमेदवारी घोषणा

 न्यूज विराट

विराटनगर । विराटनगरका पत्रकार कुमार लुइँटेलले नेपाल प्रेस युनियन प्रदेश नम्बर एकको अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार विराटनगरमा युनियन सम्बद्ध अग्रज पत्रकार, जिल्ला कार्यसमितिका पदाधिकारी तथा युनियनका पार्षदहरुको भेला आयोजना गरी लुइँटेलले उमेदवारी घोषणा गरेका हुन् ।

विराटनगरबाट दुई दशकअघि पत्रकारिता शुरु गरेका लुइँटेलले यसअघि युनियनको मोरङ जिल्ला अध्यक्षमा एक कार्यकाल जिम्मेवारी निर्वाह गरेका थिए । अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको प्रदेश ब्युरो प्रमुखको रुपमा कार्य गरेका उनी हाल बाह्रखरी अनलाइनको प्रदेश संयोजकको जिम्मेवारीमा छन् ।
वैचारिक पत्रकारितालाई बढावा दिंदै व्यवसायिकता अभिवृद्धिका लागि आफू उमेदवार बन्न लागेको लुइँटेलले बताएका छन् । “पत्रकारितामा हालसम्म प्राप्त गरेको अनुभवलाई संगठनिक जिम्मेवारीका माध्यमबाट थप बाढावा दिन उमेदवारी दिन लागेको हुँ,” उनले भने ।

भेलामा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर एकका अध्यक्ष लिलावल्लव घिमिरे, प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, युनियनका पूर्व पूर्वाञ्चल उपाध्यक्ष शेखर रेग्मी, पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष दिपक दाहाल, महासंघ मोरङका पूर्वअध्यक्ष विक्रम निरौला, युनियन मोरङका पूर्वअध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ, कार्यवाहक अध्यक्ष कौशल निरौलालगायत भेलामा सहभागी थिए ।

सम्बन्धित समाचार

तमु लोसारको पुर्वसन्ध्यामा विराटनगरमा दीप प्रज्वलन

विराटनगर । तमु लोसारको पुर्वसन्ध्यामा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइले दीप प्रज्वलन गरेको छ । विराटनगरस्थित जनआन्दोलन चोकमा आइतबार साझमा दिप प्रज्जवलन गरेको हो ।गुरूङ सामुदायले मनाउने तमु लोसारको अवसरमा सोमबार...

युवा उद्योगी प्रेम राठी सम्मानित

विराटनगर । विराटनगरका युवा उद्योगी प्रेम राठी सम्मानित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर राठीलाई बुधबार सम्मान गरेको हो । सम्मानित भएका राठीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत...

रंगेलीको संसारीमाई मन्दिरमा प्रदेशस्तरीय फूलपाती बढाई हुदैँ, सम्पूर्ण तयारी पुरा (फोटोसहित)

विराटनगर, १४ असोज । विगतका वर्षहरुझैँ यसवर्षपनि मोरङको रंगेलीस्थित संसारीमाई मन्दिरमा भोली प्रदेशस्तरीय फूलपाती वढाई हुने भएको छ । पूर्वको प्रशिद्ध शक्तिपिठको रुपमा रहेको सो मन्दिरमा आगामी असोज १६ गते विहान साढे ९ वजे प्रदेश...

विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना, अध्यक्षमा अनिल शर्मा

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना सम्पन्न भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी क्लबको पदस्थापन भएको हो । क्लबको नवनिर्वाचित अध्यक्षमा औषधी व्यवसायी अनिल चौधरी शर्मा रहेका छन् ।...

काममा जान्छु भनेको धामीको हत्या

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका – ४ बटरबारीका एक जना धामीको हत्या भएको छ । ३२ वर्षीय अशोक कुमार यादवको हत्या भएको हो । हत्या गरिएको अवस्थामा शुक्रबार विहान सुनवर्षी नगरपालिका ४ बटरवारी जाने भित्री...

राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता सुरू, कोशी र सुदुरपश्चिमको विजय सुरूवात

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी र सुदुरपश्चिम प्रदेश विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गरेको हो ।टस जितेर पहिले...

बुढीगंगाको नितेश पेट्रोल पम्पमा आगलागी, घाइते भएका विराटनगरका एक युवाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित नितेश पेट्रोल पम्पमा आगोलागी भएर घाइते भएका विराटनगर ४ का ३४ वर्षीय गान्दी मण्डलको मृत्यु भएको छ । उपचारको क्रममा आइतबार राती काठमाण्डौंस्थित कृतिपुर अस्पतालमा मृत्यु भएको मोरङ...

सेन्ट जोसेफ स्कूलमा लागुऔषधविरुद्ध सचेतना

विराटनगरको सेन्ट जोसेफ स्कूलमा लागुऔषधविरुद्ध समेतना मूलक कार्यक्रम आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले समाजमा शान्ति निर्माण र द्वन्द्व रोकथामका लागि सो स्कूलमा लागू पदार्थ दुरुपयोग सम्बन्धी एक कार्यशाला आयोजना गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्