कैद भुक्तान हुन महिना दिन बाँकी रहदा चौकीदार अभिषेक गिरीको सरुवा

 न्यूज विराट
कैद भुक्तान हुन महिना दिन बाँकी रहदा चौकीदार अभिषेक गिरीको सरुवा

विराटनगर । कैद भुक्तान हुन एक महिना बाँकी रहदा मोरङ कारागारका चौकीदार अभिषेक गिरीको स्थान्तरण हुने भएको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गर्दै आएका गिरीको मकवानपुरको भीमफेदी कारागार स्थानान्तरण गरिने भएको हो ।

कैद भुक्तान हुन एक महिना मात्र बाँकी रहदा उनलाई स्थान्तरणको लागि आइतबार पत्र प्राप्त भएको छ । उनको फागुन ३ गते कैद भुक्तान सिकिदैछ ।

विराटनगरका स्थानीय एमालेका नेताले दबाव दिएर गृहमन्त्री रवि लामिछानेको निर्देशनमा कारागार व्यवस्थापन विभागले गिरीलाई ‘जतिसक्दो चाँडो’ स्थानान्तरण गर्नु भनेर मोरङ कारागारलाई पत्र पठाएको हो । उनको सरुवाको निर्णय भने केही दिनअघि भएको बताइएको छ ।

विभागका महानिर्देशक चक्रपाणी पाण्डेले गिरीलाई भीमफेदी स्थानान्तरण गर्न पत्राचार भइसकेको पुष्टि गरे । उनका अनुसार अब मोरङका प्रमुख जिल्ला अधिकारी र जेलरले समन्वय गर्दै गिरीलाई स्थानान्तरणका लागि वातावरण तयार पार्नुपर्ने छ । मोरङका प्रजिअ काशीराज दाहालले गिरीको स्थानान्तरणको तयारी गर्न कारागारलाई निर्देशनसमेत दिएका छन् ।

गिरीलाई २०७८ मंसिर ९ गते मोरङ कारागार ल्याइएको थियो । मोरङ कारागारको चौकीदार भएर गिरी आएपछि कारागार भित्र केही हदसम्म सुधार पनि भएको छ । त्यहाँ गिरीको पहलमा कैदीबन्दीहरूले शुद्ध खानेपानीको व्यवस्था गरेको छ भने समय–समयमा स्वास्थ्य शिविर पनि हुने गरेको छ । कारागार भित्र मठमन्दिर पनि निर्माण गरेका छन् ।

मोरङ कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार सार्वजनिक विदाका कारण स्थानान्तरणको प्रक्रिया अघि बढाउन सकिएको छैन । ‘कार्यालय खुलेपछि प्रक्रिया पूरा गरेर गिरीलाई भीमफेदी लगिने छ,’ उनले भने,‘स्थानान्तरणको वातावरण तयार पार्न सुरक्षा निकायसँग पनि समन्वय भइरहेको छ ।’ भगतले गिरीको सरुवासँग सम्बन्धित पत्र भने कार्यान्वयनतर्फ गइसकेको जानकारी दिए ।

सम्बन्धित समाचार

प्रदेश स्तरीय आइटिएफ तेक्वान्दोको उपाधि सुनसरीलाई

विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ ।कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा सुनसरी ८ स्वर्ण, ६ रगत र ४ कास्य पदकका साथ सुनसरीले उपाधि जितेको हो...

विद्यार्थीलाई प्रविधिसँग जोड्दै रोटरी क्लब अफ विराटनगर

विराटनगर । विराटनगरस्थित जनता माविकी कक्षा १२ मा अध्ययरत छात्रा दुर्गा यादव अहिले मज्जासँगले कम्प्युटर चलाउन सक्ने भएकी छिन् । उनले कम्प्युटरबाट अंग्रेजी र नेपाली टाइपसँगै एक्सल पनि चलाउन थालेकी छिन् । कम्प्युटर राम्रोसँग चलाउन...

२ लाखलाई रोजगारी दिन ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन

काठमाडौं, १५ जेठ-सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा बढाउँदै थप २ लाख नागरिकलाई रोजगारी दिने लक्ष्यसहित ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । आफ्नो गाउँ आफैँ बनाऔँको भावनाअनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणमा...

विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण

विराटनगर, असार १२-विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० पुगेको छ । संक्रमितमध्ये ४ जना उपचारपछि घर फर्किएका छन् । विराटनगर–६ का ३१ वर्र्षीय पुरुष र विराटनगर६ कै २१ वर्षीया महिलामा कोरोना...

साफ महिला च्याम्पियनसिप : आज नेपालले भारतसँग भिड्दै

विराटनगर । साफ माहिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको पहिलो खेलमा घरेलु टोली नेपालले आज शुक्रबार भुटानको सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ : ३० बजे सुरु हुनेछ। अघिल्लो संस्करणमा...

प्रदेश १ सरकारले स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट

विराटनगर, साउन २९–प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रकम प्रदेश...

सुरक्षा चुस्त पार्न सातै प्रदेशका प्रहरीलाई आइजीपी ज्ञवालीको निर्देशन

काठमाडौं, २४ वैशाख-प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सातै प्रदेशका प्रहरी प्रमुखहरूलाई लकडाउन कार्यान्वयन र शान्ति सुरक्षा चुस्त पार्न निर्देशन एका छन् । प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरबाट आज भिडियो कन्फ्रेन्सद्वारा उनले यस्तो निर्देशन दिएका हुन् ।...

लकडाउनले छोएन सरकारी वकिल कार्यालयलाई, विगतमा भन्दा बढी चाप

सरकारले घोषणा गरेको लक डाउनका कारण अधिकांश सरकारी कार्यालयहरू सुनसान देखिए पनि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा विगतको भन्दा चाप बढेको छ । विश्वव्यापी बनेको कोरोना महामारीको कारण अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू बन्द रहे पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्