विराटनगर / विराटनगर आइटीएफ तेक्वाण्डो डोजाङको आयोजनाको आयोजनामा विराटनगर महानगर स्तरीय प्रथम जुनियर तथा सिनियर तेक्वाण्डो प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो ।
तेक्वाण्डो खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । सो अवसरमा आयोजकका तर्फबाट मेयर कोइरालाले तेक्वाण्डो खेलमा महत्वपूर्ण योगदान गर्ने विराटनगर–४ का वडाध्यक्षसमेत रहनु भएका जितन थापा, खेलाडी भागवत नेपाल र प्रल्हाद राउतलाई सम्मान गर्नुभएको थियो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १२५ जना खेलाडी सहभागी भएका छन् ।
समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदका माध्यमबाट देशको नाम अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सकिने बताउनुभयो । उहाँले खेलले मानिसको शारीरिक र मानसिक स्वास्थ्यको विकाससँगै अनुशासनसमेत सिकाउने उल्लेख गर्नुभयो । त्यस्तै विराटनगर–१ का वडाध्यक्ष काजी बस्नेत, ४ का जितन थापा, आइटीएफका प्रदेश अध्यक्षसमेत रहनु भएका आइटीएफका केन्द्रीय उपाध्यक्ष प्रविण कार्की, प्रदेश उपाध्यक्ष चतुरलाल चौधरी, विराटनगर अध्यक्ष ओमकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा यसअघि विद्यालयस्तरीय प्रतियोगिताका विजेता खेलाडीहरुलाई सम्मानसँगै मेडलसमेत प्रदान गरिएको थियो ।
विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् । विराटनगर १६ दक्षिण...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सडक छेउमा व्यापार गर्नेहरुलाई छाता वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच सडक छेउमा व्यापार गरि गुजारा गर्नेहरुलाई घाम र पानीबाट बच्नका लागि छाता वितरण गरेको हो ।‘रोटरी...
विराटनगर, १६ फागुन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निर्मित शौचालय र चापाकल हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमकाबिच विराटनगर–४ स्थित खार्जी कोहबरा गाउँको एउटै टोलमा ३८ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको ७३...
विराटनगर, १४ वैशाख । विराटनगरस्थित खार्जीमा स्वच्छता सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जीका विद्यार्थी र समुदायका लागि स्वच्छतासम्बन्धी सचेतना मूलक कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा हात...
काठमाडौं, ३१ जेठ-नेपालको संविधाको दोस्रो संशोधन विधेयकका सम्बन्धमा संघीय समाजवादीकी सांसद सरिता गिरीले दिएको संशोधन सूचना अस्वीकृत भएको छ । सरकारका तर्फबाट हालिएको संशोधन प्रस्तावको विषयमा शनिबार दफावार छलफल चल्ने क्रममा सभामुख अग्नि सापकोटाले सत्तारूढ दलका अध्यक्ष...
विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्ड कप हुने भएको हो । ...
विराटनगर । सातौं संस्करणको विराट एक्स्पो बिहीबारबाट सुरू भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा सुरू भएको हो ।एक्स्पोको उद्घाटन राष्ट्रिपति विद्यादेवी भण्डारीले गरेकी छिन्...
काठमाडौं, २ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गरेको निर्णयप्रति लगानीकर्ता मात्र होइन नियामक निकाय पनि रुष्ट बनेका छन् । मंगलबार सेबोनले लगानीका लागि जोखिमयुक्त ५१ कम्पनीको नामावली सार्वजनिक गरेसँगै लगानीकर्ताका संगठन र नेप्सेले नै उक्त...