विराटनगरमा तेस्रो नेवा : महोत्सव माघ ६ र ७ गते हुने, २० वटा स्टलमा खानाको परिकार रहने
बिहिबार, २८ पुष, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरमा तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट हुने भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव हुने भएको हो ।
विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी माघ ६ र ७ गते तेस्रो नेवा ः महोत्सव हुने जानकारी गराएको छ । महोत्सव नेवारी खानाका परिवारको साथै अन्य विभिन्न सामुदायहरूको परिवार पनि राखिने कार्यक्रम संयोजक तथा झी पुच: को वरिष्ठ उपाध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए । महोत्सवमा २० वटा खानाको परिकारसहित साँस्कृतिक कार्यक्रम पनि हुने उनले बताए । ‘खानाको परिकार बाहेक पर्यटक हाट पनि हुनेछ । यहाँ स्वेदशी उत्पादनहरू अलैची, भोजपुरको खुकुरी, छुर्पीलगायतका स्टलहरू पनि हुनेछ,’ उनले भने, ‘हामीले अपाङ्गता भएका व्यक्तिहरूले निमार्ण गरेका हस्तकलाको सामाग्रीहरूको पनि स्टल राख्ने तयारी गरिएको छ । त्यसको लागि छलफल भइरहेको छ ।’
माघ ६ गते तीन बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । दुई दिनसम्म संचालन हुने महोत्सवमा ५ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखेको झी ः पुच का अध्यक्ष हरिबहादुर श्रेष्ठले बताए । करिब महोत्सव समापन गर्न ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसअघि पहिलो पटक भव्य रुपमा नेवा : महोत्सव २०६८ सालमा र दोस्रो २०७२ सालमा भएको थियो । कोभिड १९ ले रोकिएको यो महोत्सव अहिले हुन लागेको तेस्रो हो । यस पटक हुने नेवा ः महोत्सव भव्य हुने झी : पुचका महासचिब सुरेश लाल श्रेष्ठले बताए । ४२ वर्ष अगाडी नेपाल सम्वत् ११०१ वि.स. २०३८ सालमा मुनाफा रहित एंव तटस्थ संस्थाको रुपमा झी : पुच विराटनगरमा स्थापना भएको हो । झी पुचः ले प्रत्येक वर्ष नेपाल सम्वत्को नयाँ वर्ष (न्हुँ दः), वेल विवाह, ब्रतबन्ध, गाई जात्रा जस्ता सांस्कृतिक कार्यक्रमहरु सामुहिक रुपमा आयोजना गर्दै आएको छ । नेपाल भाषा, साहित्य, कलाको पनि जर्गेना पनि गर्दै आएको छ । नेवा : संस्कृति भोषाको प्रर्बद्धन तथा जर्गेना गर्ने व्यक्ति वा संस्था पुरस्कार पनि प्रदान गर्दै आएको छ । २ लाख राशीको नगद रहेको पुरस्कार सुर्दशन कपिला सिरपा नाम रहेको छ ।
बझाङ, २३ जेठ-बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लाभित्र संक्रमितको संख्या ७ पुगेको छ । त्यस्तै, बझाङका १ जनाको सुर्खेतमा उपचार भइरहेको छ । शुक्रबार कोरोना पुष्टि हुनेमा...
गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको...
एजेन्सी, साउन २५-लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भएको विस्फोटनका क्रममा १ सय ४१ फिट गहिरो खाडल बनेको अनुसन्धानकर्ताहरूले बताएका छन् । बन्दरगाहमा भण्डारण गरिएको एमोनियम नाइट्रेट नामको रसायन गत मंगलबार विस्फोट हुँदा १ सय ५० जनाभन्दा...
काठमाडौं, १ भदौ–नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...
विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को सल्लाहकार नरेश श्रेष्ठको निधन भएको छ । विराटनगरका स्थायी बासिन्दा ७५ वर्षीय श्रेष्ठको शुक्रबार निधन भएको हो । आन्द्राको क्यान्सर, मधुमेह र उच्च रक्तचापबाट पीडित श्रेष्ठको काठमाडौंस्थित शिक्षण...
पोखरा, १९ जेठ-पोखरामा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । स्याङ्जा फेदीखोला गाउँपालिका खहरेका खड्कबहादुर कार्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भारतबाट आएर फेदीखोला गाउँपालिकाले बनाएको...
एजेन्सी, चैत ५–कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृत्यु भएको छ । इटली, स्पेन, इरानमा मात्र ६ सय ७१ जनाको मृत्यु भएको छ । इटलीमा ३ सय ४५ जनाको मृत्यु...
काठमाडौं, जेठ १९ । पार्टी बिरुद्ध निरनतर अभियान नछाडेपछि निश्काशनमा पर्नुभएका एमालेका पूर्वबरिष्ठ नेता माधव नेपालले जसरी प्नि अलग पार्टी बनाएर माओवादीसँग बिलय गराउने योजना बनाएपछि आपसी विवाद मिलाउन नेताहरु अनौपचारिक रुपमा सक्रिय भएका छन ।...