दिगो विकासका लागि नीजि क्षेत्रको सहभागिता अपरिहार्य
मङ्गलबार, २६ पुष, २०७९,
न्यूज विराट
विराटनगर । देशको दिगो विकासका लागि नीजि क्षेत्रको सहभागिता अपरिहार्य रहेको एक कार्यक्रममा सहभागिहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को संयोजन तथा यु.एन.डि.पि.को सहयोगमा विराटनगरमा मंगलबार एक दिने प्रदेश स्तरीय व्यवसाय र मानवअधिकार सम्बन्धी रराष्ट्रिय कार्यशाला गोष्ठीमा सहभागिहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष एंव केन्द्रिय सदस्य राजेन्द्र राउतले देशको दिगो विकासका लागि नीजि क्षेत्रको सहभागिता अपरिहार्य रहेको बताए । उनले देशमा सबैभन्दा धेरै रोजगारी सुनिश्चीत गर्ने क्षेत्र पनि निजी क्षेत्र भएको बताए । व्यवसाय तथा मानवअधिकार सम्बन्धी राष्ट्रिय कार्य योजना प्रारम्भीक मस्यौदामा रहेका विभिन्न महत्तवपूर्ण पक्षहरुका बारेमा नीजि क्षेत्र, महासंघका सदस्यहरु तथा व्यवसायसंघ सरोकारवालाहरुलाई जानकारी दिन यो गोष्ठीको आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष एंव केन्द्रिय सदस्य राजेन्द्र राउत ।
यूएनडीपी परियोजना संयोजक प्रकाश बुढामगरले व्यवसाय र मानवअधिकार विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । विज्ञ सन्तोष सिग्देलले व्यवसाय र मानवअधिकार शीर्षकमा नेपालमा देखिएको विषयवस्तुको उठान गरेका थिए । कार्यक्रममा राष्ट्रिय कन्सल्टेन्ट रामचरित्र साहले प्रारम्भिक मसौदाको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा श्रमिकको अधिकार, उपभोक्ता अधिकार, महिला तथा बालबालिका अधिकार, आप्रवासी कामदार सम्बन्धी अधिकार, लैङ्गिक समानता र अविदेनको अधिकार विषयमा समूहगत छलफलका गरिएको थियो । समूहगत छलफलमा उठेका विषयहरु लाई उद्योग वाणिज्य महासंघबाट आएका विज्ञ मोदनाथ ढकालले सम्बोधन गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य उमेश डालमियाले मानवअधिकारका विषयलाई निजी क्षेत्रले लागू गर्दै आइरहेको बताउदै यसप्रकारको कार्यक्रमले भविष्यमा उद्योग व्यवसायलाई थप सहयोग पुग्ने उल्लेख गरे । कार्यक्रमको शुरुवातमा कार्यक्रम संचालिका एंव नेपाल उद्योग वाणिज्य महासंघकी सहनिर्देशक सीता घिमिरेले कार्यक्रमका बारेमा प्रकाश पारे । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष एंव केन्दीय सदस्य राजेन्द्र राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नम्बर १ जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा उद्योगीव्यवसायीहरु सहित करीब ६० जनाको सहभागिता रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिए ।
विराटनगर । विराटनगरस्थित लर्डबुद्ध कलेजमा चारदिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । विराटनगर १० मा रहेको कलेज परिसरमा असार १९ देखि २२ गतेसम्म विराटनगरस्थित न्यूरो हस्पिटका चिकित्सकहरूले निःशुल्क स्वास्थ्य शिविरमा विरामीको स्वास्थ्य उपचार...
काठमाडौं, माघ २२–नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सांसद पद निलम्बन भएको छ । नेता गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता गर्न पदमा बसी भूमिका खेलेको भन्दै भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा...
नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक रु पाँच करोडभन्दा बढी रकम खर्च गर्दै आएको छ । कम्पनीको आफ्नै वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने...
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनर अस्पताल) भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिले सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र स्थापना गरेको छ । इनरुवा १ हस्पिटल गेटनिजक रहेको साएमा पोलिक्लिनिकमा सोमबार एक कार्यक्रम...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...
विराटनगर, १९ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा तीन, धनकुटा र इलाममा दुई÷दुई र प्रदेश...
विराटनगर । सुनसरीको धरानमा डेंगुले प्रकोपकोे रूप लिएपछि कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा संचालनमा ल्याएको छ । विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा आइतबारबाट संचालनमा ल्याएको हो...
बुटवल, ९ जेठ-प्रदेश ५ का २ सांसदसहित सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । बिहीबार प्रदेश सभा सचिवालय परिसरमा गरिएको आरडीटी परीक्षणमा २ सांसदसहित ११ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनीहरू सबैको हिजो...