विराटनगर । छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैतको दोस्रो साताबाट हुने भएको छ ।
विराट गोल्ड कप फुटबल ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरी चैत ६ देखि १४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन गोल्डकप हुने जानकारी गराएको हो ।
गोल्डकप सफलता पुर्वक सम्पन्न गराउन विराटनगर महानगरपालिकाको मेयर नागेश कोइरालालाई संयोजकको जिम्मेवारी दिएको छ । ट्रष्टको केही दिन अगाडी बसेको बैठकले कोइरालालाई गोल्डकपको संयोजकको जिम्मेवारी दिएको हो ।
प्रतियोगितामा बिदेशी टिमसहित ‘ए’ डिभिजिनका टिमहरूको सहभागि हुने संयोजक कोइरालाले जानकारी दिए । ‘अहिले प्रराम्भिक चरणको पत्रकार सम्मेलन गरिएको हो । दोस्रो पटक हुने सम्मेलनमा गोल्डकपमा कुन–कुन टिमले भाग लिने त्यो सबै तयारी गरिनेछ,’ उनले भने ।
प्रतियोगितामा विदेशी टिमको सुनिश्चत नभएपनि भारत र क्यामरूनसहितका स्वदेशी ‘ए’ डिभिजनका टिमहरुसँग कुरा भइरहेहरुको आयोजकको भनाई छ । प्रतियोगितामा आयोजक टिम पनि हुने भएको छ । त्यसको लागि पनि खेलाडी जुटाउने काम भइरहेको संयोजक कोइरालाले बताए । ‘गोल्डकपमा आयोजकको टिप पनि सहभागि हुनेछ । जसमा आयोजक टिममा राष्ट्रिय र अन्तर्राष्टिय खेलाडीहरूले भरिपूर्ण हुनेछ,’ उनले भने ।
गोल्डकप ट्रष्टले बिगतको वर्षहरूमा भन्दा यस वर्षको गोल्कड बिजेताले पाउने राशी पनि बढाउने आयोजकको भनाई छ । यो वर्ष गोल्डकप बिजेता टिमले २० लाख ५१ हजार र उपबिजेता टिमले १० लाख ५१ हजार राशी हुने बताएको छ । छैठौ संस्करणमा गोल्डकप बिजेता टिमले १५ लाख १५ हजार र उपबिजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ रहेको थियो । छैठौ संस्करणमा विराट गोल्डकपको उपाधि विभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौंले जितेको थियो । पाहुना टोली भारतको पंजाव पुलिसलाई १– ० ले हराउँदै एपीएफले उपाधि जितेको थियो ।
२०१८ सालदेखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट महेन्द्र गोल्डकपको रुपमा यसको सुरुवात भएको इतिहास छ । ३९ वर्षसम्म नियमित रुपमा भइरहेको प्रतियोगिता २०५७ सालदेखि भने निक्कै लामो समय बन्द भयो । ११ वर्षसम्म गोल्डकप हुनै सकेन । त्यसपछि नाम परिवर्तन गर्दै महेन्द्रबाट विराट गोल्डकप बनाएर २०६८ सालदेखि प्रतियोगिता सञ्चालन गर्न थालिएको हो । २०७० सालमा हुन नसकेको यो प्रतियोगिता आयोजक परिवर्तन गरेर २०७१ बाट गर्न थालिएको छ ।
काठमाडौं, २० भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...
काठमाडौं, २ जेठ-दार्चुलाको कालापानी/लिपुलेक क्षेत्रको स्थलगत अनुगमनपछि गृह मन्त्रालयको टोली काठमाडौं फर्किन लागेको छ । बुधबार कालापानीनजिक सशस्त्रको बोर्डर आउट पाेस्ट (बीओपी) स्थापना र अनुगमनका लागि छाङ्गरू पुगेको गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको...
विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेश कुमार राजवंशी (देव) को प्यानल निर्वाचित भएको छ । शनिबार सम्पन्न निर्वाचनमा राजवंशीले ४६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मत...
विराटनगर । इन्टरसिटी कविता प्रतियोगिताको उपाधि विराटनगरस्थित सेन्ट मेरिज स्कुलकी आर्शी पोखरेलले जितेकी छिन् ।विराट हेल्थकेयर इन्डस्ट्रिजले ‘विश्व महिनावरी स्वच्छता’ दिवसको अवसर पारेर मंगलबार आयोजना गरेको प्रतियोगितामा २९ जना विद्यार्थीहरुलाई पछि पार्दै आर्शीले कविता प्रतियोगिताको...
काठमाडौं, ३ असार-दार्चुलाको छाङ्ग्रु निरीक्षण गरेर नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल फर्किएका छन् । ३१ वैशाखमा सशस्त्र प्रहरी बलले स्थापना गरेको आउट बोर्डर पोस्ट (बीओपी) र नेपाली...
विराटनगर, ५ जेठ । प्रदेश १ मा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । मंगलबार साँझ र बुधबार विहान गरि थप सात जनाको मृत्यु भएको हो । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा...
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी रहेको छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजेसम्म २ हजार २५ मत खसेको छ । जसमध्ये १ हजार ९६ छात्र...
विराटनगर, माघ ३–प्रदेश नम्बर एकका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारले दुईवर्षको छोटो समयमा जनताको मन जित्न सफल भएको बताएका छन् । विराटनगर स्थित मुख्यमन्त्री कार्यालय परिसरमा आज विहान आयोजित प्रदेश सरकारको दोश्रो वार्षिकउत्सव...