तेली समाजद्धारा शिक्षा समिति गठन, संयोजकमा दिपक साह
आइतबार, २४ पुष, २०७९,
न्यूज विराट
विराटनगर । तेली कल्याण समाज नेपालले शिक्षा समिति गठन गरेको छ । मोरङको कटहरी गाउँपालिका – २ स्थित गोपाल फनपार्कमा शनिबार भएकको वनभोज कार्यक्रमबाट ईडेनवर्ग कलेजका सञ्चालक सदस्य दिपक साहको संयोजकत्वमा ७ सदस्य ‘शिक्षा समिति’ गठन गरिएको हो ।
समिति अन्य सदस्यहरुमा नेशनल एकेडेमीमा सकलदेव साह, ग्रिनलेण्ड कलेजका अकलेश कुमार साह, महेन्द्र माविका चन्द्र प्रसाद साह, दुर्गा मावि जहदाको राजकिशोर साह, शारदा उच्च मावि का श्रीलाल साह रहेका छन् । संस्थाका संरक्षकका रुपमा २१ हजार दान गरेका दाताहरु बिन्देश्वर साह, रोहित साह, डा. शिवशंकर साह, दिपेश साह, निर्मला साह, डा. बालकृष्ण साह, भगवान साहलाई तेली समाज नेपालका केन्द्रिय सदस्य नरेन्द्र साहलाई सम्मान गरियो । सोहि अवसरमा १९ जना आजीवन सदस्यहरु थपिएको तेली कल्याण सामाज मोरङका अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए ।
काठमाडौं, १५ साउन-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही नभएको बताएका छन् । स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने उनले बताए । बहुमत स्थायी...
काठमाडौं, २० साउन-विभिन्न मुलुकमा अलपत्र १ हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई विभिन्न एयरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र...
प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् । कांग्रेस संसदीय दलकी सचेतक...
विराटनगर, १२ भदौ-प्रदेश १ को राजधानी विराटनगरमा मात्र कोराना संक्रमितको संख्या ९ सय ४४ पुगेको छ । विराटनगर महानगरपालिकाका अनुसार शुक्रबार सम्म विराटनगरमा कुल कोरोना संक्रमितको संख्या ९ सय ४४ पुगेको हो । जसमध्ये ३८७...
प्रदेश–२ का लागि संघीय सरकारले पठाएको कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन वीरगञ्जमा जडान गर्ने तयारी भएको छ ।यसअघि प्रादेशिक अस्पताल जनकपुरधाममा जडान हुने भनिएको सो मेसिन मुख्यमन्त्री लालबाबु राउतको दबाबमा वीरगञ्जमा जडान गर्ने तयारी...
विराटनगर, १४ पुस-प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकप) प्रचण्ड–माधबकुमार प्रक्षले विराटनगरमा प्रदर्शन गरेको छ । प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरुद्धमा शक्ति प्रदर्शन सहित विराटनगरमा अहिले जुलुस निकालेको छ । विरेन्द्र सभागृहबाट सुरु भएको जुलुस...
लाहन, १८ असोज-कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा...
काठमाडौं, २५ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा तीन जिल्लामा ६ सय ३ महिला र...