विराटनगरको घरेलु मदिरा बनाउने भट्टीमा छापा, २ हजार लिटरबढी कच्चापदार्थ बरामद
शुक्रबार, २२ पुष, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगर महानगरपालिका १२ नम्बर वडामा घरेलु मदिरा बनाउने भट्टीमा छापा मारेर ठुलो परिमाणमा रक्सी बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपेन्द्र पन्जियारको नेतृत्वमा गएको प्रहरी टोलीले आज बिहान विराटनगर १२ बाट घरेलु मदिरा बनाउने कच्चा पदार्थ र रक्सी बरामद गरेको हो ।
विराटनगर– १२ मा अवैध घरेलु मदिरा बनाई बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा उत्पादन गरेको तथा उत्पादनको तयारी गरिएको मदिरा र मदिराको कच्चा पदार्थ नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रहरीले घरेलु मदिरा बनाउने २ हजार ८ सय ८० लिटर कच्चा पदार्थ, तयारी मदिरा १२५ लिटर र मदिरा बनाउने भाडाका सामानहरू ३१ थान बरामद गरेको जानकारी दिए । बरामद गरेको सामान अन्दाजी २ लाख ४४ हजार ९७० मुल्य बरावरको रहेको प्रहरीले जनाएको छ । बरामद गरेको समान प्रहरीले आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाउनेछ ।
काठमाडाैं, १३ वैशाख-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रहरीको साइबर अनुसन्धान ब्यूरोमा उजुरी दिएका छन् । फेसबुकमा नक्कली आइडी बनाएर ‘कसैले बदनाम गर्न खोजेको’...
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । बानेश्वरस्थित एक होटलमा बसेको नेपाल समूहको बैठकले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने...
विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे नेपालमा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको अर्थ नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले तत्कालीन सत्तापक्षले...
विराटनगर । कार्तिक १७ गते राती जाजरकोट र रुकुम पश्चिम जिल्लामा आएको भुकम्पबाट ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै मोरङ कारागारमा दीप प्रज्वलन गरिएको छ । आज साझ विराटनगरस्थित मोरङ कारागारमा कैदीबन्दीहरुले मृतकको चिरशान्तिको कामना...
इलाम । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् । शीर्ष स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा भइरहेको...
विराटनगर । पूर्वाचल विश्वविद्यालयले आफ्नो एघारौं दीक्षान्त समारोह मनाएको छ। विश्वविद्यालयका कूलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न दीक्षान्त समारोहमा ६ हजार ५१३ जना विद्यार्थीलाई दीक्षित गरिएको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङ गोठगाँउमा...
काठमाडौं, ३० साउन-भोलिदेखि काठमाडौंमा ५ जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा थप कडाइ गर्दै आज राति १२ बजेदेखि १५ भदौ मध्यरातसम्मका लागि काठमाडौं जिल्लाभर स्थानीय प्रशासन...
विराटनगर, १४ माघ । विराटनगरबाट प्रतिवन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । विराटनगर–१६ स्थितबाट लागुऔषध सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरी धरान–१६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी...