विराटनगरबाट लागुऔषध सहित दुई जना पक्राउ - News Birat

विराटनगरबाट लागुऔषध सहित दुई जना पक्राउ

न्यूज विराट

विराटनगर, १४ माघ । विराटनगरबाट प्रतिवन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । विराटनगर–१६ स्थितबाट लागुऔषध सहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनसरी धरान–१६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी २१ बर्षीया निसा श्रेष्ठ रहेका छन् । मंगलबार पैदल हिडिरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट एभिल १०एम्पुल, फेनारगन १० एम्पुल, लुपिजेसिक १० एम्पुल र डाईजोल्याब १० एम्पुल फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles