संजीवनी हस्पिटलका संचालक दिवाकर यादव बलात्कार अभियोगमा पक्राउ

 न्यूज विराट
संजीवनी हस्पिटलका संचालक दिवाकर यादव बलात्कार अभियोगमा पक्राउ

विराटनगर । विराटनगरको हस्पिटल चोकस्थित संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लिका संचालक ३३ वर्षीय दिवाकर यादव जवरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् ।

सुनसरीको औरावनी घर भइ विराटनगर २ मा बस्दै आएका यादवले २७ वर्षीय नर्सलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

ती नर्सलाई भदौ २१ गते साढे १२ बजे दिउँसो विराटनगरस्थित डेरामा जवरजस्ती करणी गरी कुटपिट गरेको आरोप छ । यादव विरुद्ध ती नर्सले मोरङ प्रहरीमा जवरजस्ती करणीमा भदौ अन्तिम तिर जाहेरी दिएकी थिइन् । पीडितले दिएको जाहेरी आधारमा निवेदन दर्ता भएको चार महिनापछि आरोपीलाई पक्राउ गरि अनुसन्धान सुरू गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिका बहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका यादवलाई प्रहरीले आइतबार मोरङ अदालतमा जवरजस्ती करणीमा म्याद थप गरी अनुसन्धान सुरू गरेको उनले बताए ।

यादव विरामी भएपछि उनलाई अहिले मोरङ सहकारी हस्पिटलमा राखेर उपचार सुरू गरिएको छ ।
नर्स र यादव ७ वर्षदेखि लिभिङ्ग टुगेदरमा बस्दै आएकी थिइन् । उनीहरूको चिनजान २०७० सालमा भएको हो । इनरुवाको एक हस्पिटलमा काम गर्ने क्रममा उनीहरूको चिनजान भएको थियो । यादव विवाहित हुन् । नर्स अविवाहित हुन् । इनरुवाको एक हस्पिटलमा भेटघाट भएपछि उनीहरू नजिकिएर थिए । यादवले धाक धम्की दिदै पटक पटक बलत्कार गरेको आरोप छ । ‘२१ भदौमा दिउँसो कोठामा बसेको थिए । विपक्षी आइ जवरजस्ती करणाी गर्न खोजेपछि मैले इन्कार गर्दा मलाइ विभिन्न धाकधम्की दिइ करणी गर्नुभयो । म रोइकराइ गर्दा मलाइ लात्ती, घुस्सा समेतले कुटपिट गरी अचेत बनाइ हिँड्नुभयो । त्यसपछि छरछिमेकीले थापा पाइ हस्पिटल लगेर औषधी उपचार गरेपछि ठिक भएको थिए,’ ती नर्सले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
प्रहरीमा जाहेरी हालेपछि यादव फारर थिए । यादवले संजीवनि हस्पिटलमा ७० प्रतिशत अर्थात ४ करोड रुपैयाँ सेयर हालेर प्रमुख भएर भित्रिएका थिए । उनी आएको ४ महिना हस्पिटल राम्रोसँग चलेपछि सेयर संचालकहरूबीचको विवादको कारणले बजारको ४० करोड रुपैयाँ ऋण नतिरी कार्तिकमा बन्द भएको छ । ४० करोड मध्ये २ करोड रुपैयाँ भन्दा बढी चिकित्सक र स्वास्थ्यकमीहरुको पैसाँ दिन बाँकी रहेको छ ।

सम्बन्धित समाचार

फेरि थपिए २ जना कोरोना भाइरस संक्रमित

काठमाडौं, ३ जेठ-२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका २ जना संक्रमितमा महोत्तरीका ५२ वर्षीष पुरुष र काभ्रेका २६ वर्षीय पुरुष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी...

नेकपा सचिवालय बैठक : दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय

काठमाडौं, २० मंसिर-नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका प्रस्ताव स्थायी कमिटी बैठकमा लाने निर्णय गरेको छ । शनिबार शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ओली र प्रचण्डले सचिवालयमा पेस...

औषधी व्यवसायीद्धारा ट्राफिक प्रहरीलाई ‘लापसे’ किट वितरण (भिडियोसहित)

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । संघको स्थापना दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्र्तगत नेपाल औषधी व्यवसायी संघ...

उत्कृष्ट हुने विद्यार्थीलाई ग्रेडेड स्कुलको पुरस्कार

विराटनगर । विराटनगर – ८ हाट्खोलामा रहेको ग्रेडेड स्कुलले २०७९ सालमा आयोजना भएको विभिन्न क्रियाकलामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट हुने विद्यर्थीहरुलाई पुरस्कार वितरण गरेको...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, २३ असार-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । दिउँसो ४ बजेका लागि डाकिएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक...

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण

काठमाडौं, १७ साउन-जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवलाई कोरोना भाररस (कोभिड-१९) पोजिटिभ देखिएको छ । शुक्रबार साँझ आएको रिपोर्टमा उनमा काेराेना पोजिटिभ देखिएको हो ।   नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा आफूमा कोरोना संक्रमण पुष्टि...

झापाका ६२ वर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४९ पुग्याे

विराटनगर, बैशाख १२-झापाका १ व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएकाे छ । सुनसरीकाे धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा झापाका ६२ वर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे हाे । याेसँगै...

दोब्बर बढ्यो खाने तेलको मूल्य

काठमाडौं, असोज ५ । नेपालमा कोभिड–१९ को महामारीसँग सुरु भएको बन्दाबन्दीले खाने तेलको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार २०७६ जेठको ३१ गतेदेखि २०७८ भदौ १० गतेसम्ममा खाने तेलको मूल्य दोब्बरले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्