युवाको जीत सँगै बिउँझिएका आशाहरु

 न्यूज विराट
युवाको जीत सँगै बिउँझिएका आशाहरु

ज्योति अधिकारी

मोरङ क्षेत्र नं ६ (क) मा प्रदेश सभा सदस्य निर्वाचित हुनु अघि नै जीवन आचार्यले त्यस क्षेत्रको विकासका काममा समर्पित गराएका थिए । अघिल्लो पटक चुनाव हारेर पनि उनले यस क्षेत्रका लागि केन्द्रबाट बजेट ल्याउन पुलको काम गरे । धेरै नेताहरु चुनाव जितेर दुलो पस्छन् । तर, आचार्यले विकासका नयाँ गोरेटोहरु निर्माण गर्न सकृय रहे ।

सुन्दर हरैचा नगरपालिका को २ देखि ७ नं वडा, बुढीगंगा गाउँपालिकाका सबै वडा र विराटनगर महानगरपालिकाको ४ नं वडा गरेर लगभग ७० हजार मतदाताहरुका मरेका लाखौं आशाहरु बिउँझिन थाले । समृद्धिका पाइलाहरु तङ्ग्रिन थाले ।
सुन्दर हरैचाको उत्तरी बेल्ट फोक्ल्याण्ड टापुदेखि दक्षिणमा विराटनगर महानगरपालिकाको ४ नं वडाका जनताहरु माझ विकास र समृद्धिको नारा लिएर चुनावमा होमिदै गर्दा जीवनले आम मतदाताहरुका भावनाहरुलाई नजिक बाट नियाल्न पुगे । हिजोको पुस्ताले गरेको राजनैतिक बेइमानी, विकासको नाममा मौलाएको भ्रष्टाचार, बेरोजगारीको समस्या, महिला हिंसाको समस्या, मजदुर कृषक अनि विद्यार्थीका समस्या, गरिबी लगायत थुप्रै समस्याहरूका बारेमा उनले जनताका गुनासाहरु सुने, देखें अनि महसुस गरे ।
गाछिया खोला र बुढी खोलामा वर्षेनी आउने बाढी र त्यसले निम्त्याउने धनजनको समस्या यहाँको अत्यन्तै डरलाग्दो समस्याको रूपमा रहेको छ । सुन्दरहरैचा र बुढीगंगाका केही क्षेत्रहरूमा लागु पदार्थ दुर्व्यसन अत्यन्तै विकराल समस्याको रूपमा युवाहरु माझ भूसको आगो झैं सल्किएको उनले पाए । यी समस्या समाधान गर्न जीवनले पहल गर्नेछन् । अनि, केन्द्रलाई यस क्षेत्रसँग जोड्नेछन् भन्ने धेरै मतदाताले विश्वास लिएका छन् । जसका कारण पार्टी संगठन सबैभन्दा कमजोर हुँदा पनि मतदाताहरु उनलाई विजय गराउन दिन रात नभनी लागे ।
जीवन जहाँ जहाँ पुग्थे उनले जनताका मरेका आशाहरुलाई नयाँ जीवन दिने प्रण गर्दथ । आफ्नो कारणले कुनै पनि मतदाताको शीर निहुर्याउने काम नगर्ने बाचा गर्थे । पटक पटक । अन्ततः विकास अनि समृद्धिको लागि यस क्षेत्रका मतदाताहरुले एकपटक जीवनलाई जिताएर उनलाई परीक्षण गर्ने निधो गरे ।

नेता प्रिय हुन जनताको काम गर्नु पर्दो रहेछ । आफूलाई धेरै समय यही क्षेत्रका जनताहरु माझ व्यस्त राख्नु अनिवार्य रहेछ । उनले कोभिडको महामारी समयमा जनताको साथ छोडेका थिएनन् । बाढी आउँदा दुःखमा होस् या जनताका हरेक चाडपर्व अनि सुखमा उनले सदैव आफूलाई जनतामाझ प्रस्तुत गराइरहे । कहिले राहत बोकेर केन्द्रबाट क्षेत्रमा आए कहिले जनताको आँसु पुस्न दुःखमा पुगे ।
चुनाब जितेसँगै उनले कयौं चुनौतीहरू पार गर्नुपर्ने देखिएको छ । चुनाव जितेका आचार्यलाई यस क्षेत्रका जनताहरूले अब बन्ने प्रदेश सरकारमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी व्यक्तिका रुपमा हेरेका छन् । आचार्य प्रदेशकै सबैभन्दा कान्छा युवा सांसद हुन् । राजनीति शास्त्रमा स्नातकोत्तर गरी हाल विद्यावारिधिको तयारीमा जुटेका उनले आफ्नो क्षेत्र मात्र होइन, प्रदेशकै समृद्धिको खाका कोरेका छन् । सरकारको महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएमा जनताको हितमा र समाजको हितमा आफूलाई समर्पित गर्ने प्रण गरेका छन् । उनले बुनेका कयौं योजनाहरू कहिले र कसरी पुरा हुन्छन् भनि नियाल्ने जनता धेरै छन् ।

हरियो अनि भरियो योजना, सरकारसँग कृषक कार्यक्रम, युवा स्वावलम्बी कार्यक्रम, महिला सशक्तिकरण कार्यक्रम, दुर्व्यसनी मुक्त युवा कार्यक्रम उनले नागरिकहरु माझ अघि सरेका लोकप्रिय कार्यक्रमका योजनाहरु हुन् । बुढी खोला र गछीया खोला किनारमा रहेका लाखौं जनताहरूलाई बाढीबाट बचाउन दरिलो तटबन्धको आवश्यकता रहेको छ । त्यस कार्यका लागि प्रदेश र सिंहदरबारलाई एकैपटक दबाब दिन सक्ने अनि काम उनले मात्र गर्न गराउन सक्छन् । सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेजको रूपमा अगाडि बढाउनु पर्ने, विराटनगर विमान स्थललाई क्षेत्रीय विमानस्थलमा रुपान्तरण गर्नुपर्ने लगायत अनेकन ठूला योजनाहरू जीवनले पूरा गर्नेछन् भन्ने जनताको अपेक्षा छ ।

सुकुम्बासीका लागि समृद्धिको सपना र अवसर बनएर आएका छन् जीवन । विगतमा कमजोर नेतृत्व भएकै कारण देशको अधिकांश ठाउँमा पुर्जा वितरण हुँदा मोरङमा हुन सकिरहेको छैन । यी सबै समस्यामा जनताले जीवनमाथि ठूलो अपेक्षा राखेका छन् ।
बृहत्तर प्रदेश विकास आयोजनालाई अघि बढाउने विषय होस् वा बाईपास रोडको स्तर उन्नति र पूर्णता दिएर सञ्चालनमा ल्याउने विषयमा जीवन चिन्तित देखिन्छन् ।
अब बन्ने प्रदेश सरकारले उनको स्पष्ट भिजन अनि सकारात्मक युवा सोचको सदुपयोग गर्नैपर्छ । विकास अनि समृद्धिका आशाहरुले फेरी पालुवा हाल्नैपर्छ । उनलाई शुभकामना छ ।

सम्बन्धित समाचार

कोरोनाबारे ‘टेलिमेडिसिन’ सेवा दिन ‘चिकित्सक फोकल पर्सन’

काठमाडौं, २४ कात्तिक-कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको छ ।मन्त्रालयले विभिन्न आठ अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी सो सेवा सुरु गरेको मन्त्रालयका...

कांग्रेस केन्द्रीय समितिको बैठकमा महाधिवेशनको मिति परिमार्जनबारे छलफल हुने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो २ बजे बस्दैछ । कांग्रेसले ७ देखि १० फागुनसम्मका लागि आह्वान गरेको १४ औँ महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक...

मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट विद्यार्थीलाई शिक्षादीप कलेजकोे सम्मान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने र निबन्ध प्रतियोगिताको उत्कृष्ट २० जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको...

अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका

चितवन, २ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि यहाँको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले...

दिनदहाडै विराटनगरमा लुटपाट, निर्माण व्यवसायी कर्णको अफिसबाट १४ लाख बढी रकम लुटियो

विराटनगर । विराटनगर – ३ मोर्डन एरा स्कुल अगाडीबाट दिनदहाडै लुटपाट भएको छ । निमार्ण व्यवसायी बिवेक कर्णको अपिसबाट आज दिउँसो ३ बजे १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको बताएका छन् । मोटसाइकलमा आएका...

सन्दीपलाई गर्‍यो क्यानले निलम्बन

नेपाल क्रिकेट संघ क्यानले बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बिहीबार क्यानले प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको हो । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी...

नेकपा सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक आज बस्ने भएको छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा कोरोना भाइरस (कोभिड–१९) र समसामयिक राजनीतिक परिस्थितिबारेमा छलफल हुने पार्टी प्रवक्ता...

चर्चित र्‍यापर क्रिसमाथि याैन अपराधकाे आरोप, ११ कम्पनीले रद्द गरे सम्झाैता

चीनका एक होनहार कलाकार क्रिस वूमाथि यौन उत्पीडनको गम्भीर आरोप लागेको छ । चिनियाँ-क्यानाडेली र्‍यापर क्रिसमाथि १९ वर्षीया डू मीजुले यस्तो आक्षेप लगाएकी हुन् । यो महिनाको सुरुमा डू मीजुले सामाजिक सञ्जालमार्फत क्रिसको व्यविचार र हिंसक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्