सुन राख्ने खाली बट्टा तस्करी गर्ने तीन जना पक्राउ

 न्यूज विराट
सुन राख्ने खाली बट्टा तस्करी गर्ने तीन जना पक्राउ

विराटनगर । भारतदेखि अवैध रूपमा सुन राख्ने खाली बट्टापनि तस्करी गरी ल्याउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।भारतबाट तस्करी गरेर नेपाल ल्याउने तीन जनालाई प्रहरीले शुक्रबार राती विराटनगर १८ खोक्साहाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ का ३० वर्षीय मस्जित आलम, सोही ठाउँका २० वर्षीय मो.अरवाज र २१ वर्षीय रहमद मियाँ पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका भरिया हुन् । उनीहरुलाई अस्थायी प्रहरी पोष्ट मटेरुवा बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले सुन राख्ने खाली बट्टा ठुलो १६२ पिस, सुन राख्ने खाली बट्टा सानो ८१० पिस बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

बरामद गरेको सुन विराटनगरका सुन पसलले मगाएका हुन् । यहाँका सुन पसलले क्यारिङमार्फत भन्सार छली गरी सुन राख्ने डब्बा पनि अवैध रुपमा ल्याउने गरेको खुलेको छ ।

त्यस्तै प्रहरीले मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया, धनपालथान–३ मायागञ्ज, विराटनगर–१६ दरैया र विराटनगर–१५ हुलास मेटल चोकबाट पनि तस्करीका सामान बरामद गरेको छ ।
भन्सार छली गरेर भारतबाट नेपालतिर ल्याउँदै गरेको अवस्थामा चिनी, मोटर पार्टस्, बिजुलीका सामान, लत्ताकपडा, खैनीलगायतका सामान बरामद गरिएको डीएसपी कार्कीले बताए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको अलगअलग टोलीले अवैध सामान बरामद गरेको हो ।

बरामद गरिएको सामान ४ लाख ८५ हजार ३ सय रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। सामान र पक्राउ परेकाहरुलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

सम्बन्धित समाचार

एकैदिन ११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २१ पुस-मंगलबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला...

सार्वजनिक यातायात खुले, तर छैनन् यात्रु

काठमाडौं, १७ असोज-कोभिड-१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण चैत १० देखि बन्द...

कोशी अस्पतालबाट कैदी फरार प्रकरण : डिएसपीको नेतृत्वमा छानविन समिति गठन

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट एक जना कैदी फरार भएको घटनाको अनुसन्धान गर्न मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतको नेतृत्वमा छानविन समिति गठन भएको छ । डियुटिमा रहेका दुई जना प्रहरीलाई निलम्बन गरेर छानविन...

महिला क्रिकेटको उपाधि सरस्वती स्कुललाई

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको सरस्वती स्कुलले जितेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार सम्पन्न भएको प्रतियोगितामा सरस्वती स्कुलले आर्दश वालिका स्कुललाई ७२ रनको...

मोरङ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना, १३ सय प्रहरी खटिने

विराटनगर । चाडपर्व नजिकिदै जाँदा मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । चाडपर्व हुन सक्ने चोरी, लुटपाटलगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेको हो । दसैँ, तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर...

२२ संस्थाद्वारा रुकुम घटनाप्रति भत्र्सना

काठमाडौं, १६ जेठ-युथ एड्भोकेसी नेपाल, दिगो विकास राष्ट्रिय अभियान नेपाल र राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाललगायत २२ संघ संस्थाले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने घटनाप्रति भत्र्सना गरेका छन्...

प्रदेश १ मा शनिबार २२ जना कोरोनामुक्त, १४ संक्रमित थपिए

विराटनगर ३ साउन–प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९, ते¥हथुममा २, झापा, इलाम र उदयपुरमा १÷१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको...

विराटनगरमा गठबन्धनका नागेश कोइरालाले मतान्तर बढाउँदै, उपमेयरमा एमालेकी कार्की अगाडी

विराटनगर, ३१ वैशाख । प्रदेश १ को एक मात्र महानगर विराटनगरमा सत्ता गठबन्धनले सुरुवातदेखिनै अग्रता बढाउँदै लगेको छ । साँझ ७ बजेसम्म ३१०० मत गणना हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला १०३८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्