विराटनगरमा कपडाको गोदाममा छापा, तस्करीको दुई गाडी कपडा बरामद
शुक्रबार, १५ पुष, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगर – ७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको छ । कपडाको व्यापारी साहको गोदाममा शुक्रवार दिउँसो विराटनगर भन्सार कार्यालय र प्रहरीले छापा हानेर ठुलो परिमाणको तस्करीको कपडा बरामद गरेको हो । साहले क्यारिङ्गमार्फत तस्करीको कपडा ल्याउने गरेका थिए । सुनसरी र मोरङका क्या रिङ गर्नेहरू मार्फत भारतदेखि अवैध रूपमा ल्याएर तस्करीको कपडा विराटनगर ७ महावीर रोडस्थित मुकुन्द बस्नेतको दोस्रो तला पुरै भाडामा लिएर कपडा राख्ने गरेका थिए । तस्करी गरी ल्याएको कपडा विराटनगरको बजारसहित पूर्वको विभिन्न नाका पढाउने गरेका थिए ।
साहको गोदामबाट बरामद भएको कपडा विराटनगर भन्सार कार्यालय अहिले लिएर गएको छ । एउटा ट्याक्टर र प्रहरीको बस भरिने गरी कपडा बरामद गरेको विराटनगर भन्सार कार्यालयका प्रमुख तारानाथ सापकोटाले जानकारी दिए । ‘विशेष सूचनाको आधारमा तस्करीको कपडा ल्याएपछि हामीले बरामद गरिएको हो,’ उनले भने, ‘अहिले बरामद गरिएको कपडाको खरिद विल पनि व्यापारीले देखाउन सकेको छैन ।’ बरामद गरेको कपडा परिमाण खुल्न बाँकी रहेको छ । ‘बरामद गरेर भन्सार लिएर आएका छौँ,’ उनले भने, ‘अहिले गणना भइरहेको छ । केही बेरमा परिमाण र मूल्य खुल्नेछ ।’
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका बिवेक सुवेदी देशभरीमा द्धितीय भएका छन् । त्रिभूवन विश्व विद्यालयले लिएको परीक्षामा सुवेदी बीबीएस प्रथम वर्षको परीक्षामा द्धितीय भएका हुन् । सोमबार सार्वजानिक भएको नतिजा अनुसार सुवेदीले ८०.६० प्रतिशत...
विराटनगर । विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट फरार भएका अभियुक्तलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ। फरार भएको दुइदिनपछि विराटनगर महानगरपालिका १८ झटियाई घर भएका ४५ वर्षीय लक्ष्मण दास तत्मालाई प्रहरीले पक्राउ गरेको...
काठमाडौं । आजदेखि सातामा दुईदिन सरकारी बिदा लागू भएको छ । सरकारले शनिबार र आइतबार दुईदिन बिदा दिएसँगै यसै वर्ष १२९ दिन छुट्टी मनाउन पाइने भएको छ । सरकारले राजपत्रमा प्रकाशन गरेको बिदाअनुसार यस वर्ष...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको बैठकमा पनि एमालेले अवरोध जारी राखेको हो । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै...
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सहयोगी बनेको आरोप लगाएका छन् । मंगलबार कार्यसूचीमा प्रवेश नगरी प्रदेशसभा बैठक स्थगित भएपछि राईले भण्डारी एमालेको निर्देशनमा चल्न खोजेको...
विराटनगर, बैशाख ५–मोरङको कटहरी गाउँपालिकामा भोकमरीविरुद्ध साझा अभियानको सुरुवात गरिएको छ । कटहरी स्थित विभिन्न संघ संस्थाको सहकार्यमा गाउँपालिकाका कोही पनि जनतालाई भोकै मर्न नदिने अभियान सुरु गरिएको हो । लक डाउनका कारण दैनिक ज्यालादारी...
विराटनगर, १६ कात्तिक । विराटनगरमा करीब साढे तीन लाख रुपैयाँ बराबरको पटाका नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले भारतबाट ल्याइएको तीन लाख ३४ हजार ८ सय रुपैयाँ मुल्य बराबरको पटाका नियन्त्रणमा लिएर नष्ट...
काठमाडौं, ३१ साउन-आज दिउँसो धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै, गण्डकी प्रदेश, प्रदेश-५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले...