उद्योगी व्यवसायीका माग पूरा गर्न अर्थमन्त्री सकारात्मक

 न्यूज विराट
उद्योगी व्यवसायीका माग पूरा गर्न अर्थमन्त्री सकारात्मक

विराटनगर । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रका मागलाई चाँडो सम्बोधन गर्ने बताएका छन् । आन्दोलनरत उद्योगी व्यवसायीसँग बुधबार भएको भेटको क्रममा अर्थमन्त्री पौडेलले उनीहरूलाई यस्तो बताएका हुन् ।

बैंकको चर्को ब्याजको विरोधमा सडकमा उत्रिएका उद्योगी व्यवसायीलाई वार्ताका लागि काठमाडौं बोलाएर बुधबार मन्त्री पौडेलले यस्तो आश्वासन दिएको वार्तामा सहभागी उद्योगी व्यवसायीले बताएका छन् ।

अर्थमन्त्रालयमा बुधबार भएको वार्तामा मन्त्री पौडेलले निजी क्षेत्रका मागप्रति आफू संवेदनशील रहेको उल्लेख गर्दै यस विषयमा विज्ञ टोलीसँग चाँडै परामर्श गरेर माग सम्बोधन गर्ने आश्वासन दिएको वार्तामा सहभागी मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए । वर्तामा मोरङ व्यापार संघसहित उद्योग संगठन, नेपाल उद्योग परिसंघ, नेपालगञ्ज, भैरहवा, विरगञ्ज र काठमाडौं उद्योगा वाणिज्य संघका प्रतिनिधिको सहभागिता थियो ।

मन्त्रीले विज्ञ टोलीसँग परामर्श गरेर बुधबार वार्तामा सहभागी पाँचवटै निजी क्षेत्रका प्रतिनिधिसँग पुन बसेर मागलाई सम्बोधन गर्ने सहमति भएको रिजालले बताए । उनका अनुसार निजी क्षेत्रका मागप्रति अर्थमन्त्री सकरात्मक देखिए पनि पुस २७ गतेसम्म आश्वासन पूरा नगरे २८ गतेदेखि पुन आन्दोलन गर्ने उद्योगी व्यवसायीले चेतावनी दिएका छन् ।

उद्योगी व्यवसायीहरू बैंकको ब्याजदर एकल अंकको हुनुपर्ने, चालु पुँजी निर्देशीका खारेज गर्नुपर्ने, स्वदेशी बजार प्रवद्धनका लागि करका दरमा परिमार्जन गर्नुपर्ने, संस्थागत व्याजदर २ प्रतिशत हुनुपर्ने र स्प्रेडदरलाई स्वतन्त्र विज्ञ टोलीको सुझावमा मनोवैज्ञानिक बनाइनु पर्ने लगायत मागसहित सडकमा उत्रिएका थिए ।

मोरङ व्यापार संघ, उद्योग संगठन र उद्योग परिसंघसहित तीन दर्जनभन्दा बढी वस्तुगत संघसंस्थाका प्रतिनिधिले चर्को ब्याजदरको विरोधमा बिहीबारदेखि यहाँको राष्ट्र बैंकमा धर्ना दिँदै आएका थिए । मन्त्रीले वार्ताका लागि बोलाएपछि उनीहरु मंगलबार आन्दोलन स्थगित गरेर काठमाडौं पुगेका थिए ।

सम्बन्धित समाचार

कांग्रेसका बाँकी १६ जिल्ला अधिवेशनको मिति तोकियो

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने भएको छ । कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा...

बाइडेन र कमलालाई प्रधानमन्त्रीको बधाई

काठमाडौं, २३ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान ट्विट गर्दै बाइडेन र ह्यारिसलाई बर्धा दिएका हुन् । ‘शानदार र ऐतिहासिक...

भारतमा कोरोना संक्रमितको संख्या २८ हजार नजिक, एकै दिन ५० भन्दा बढीको मृत्यु

एजेन्सी, बैशाख १५-भारतमा लकडाउन जारी रहे पनि कोरोना भाइरस संक्रमितको संख्या भने निरन्तर बढिरहेको छ ।वर्ल्डोमीटरका अनुसार गएको २४ घटामा मात्रै त्यहाँ १ हजार ६ सय ७ जना संक्रमित थपिँदा ५६ जनाले ज्यान गुमाएका छन्...

हिंसात्मक झडपमा परी अफगानिस्तानमा १७५ जनाको मृत्यु

एजेन्सी, १७ कात्तिक-अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरूको मृत्यु भएको छ ।  देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमाण्डरसमेत रहेको जनाइएको छ । घटनाका बारेमा थप विवरण संकलन...

मन्त्री मगरद्वारा १ सय क्विन्टल चामल सहयोग

कञ्चनपुर, २ वैशाख-खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले ४ स्थानीय तहलाई १०० क्विन्टल चालम उपलब्ध गराएकी छिन् ।मन्त्री मगरले निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने पुर्नवास, बेलौरी नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिकालाई २५ क्विन्टलका दरले चामल...

तस्करीको कपडा ट्रान्सपोर्टमा : अवैध कपडालाई वैधानिक पार्न भ्याट बिलको प्रयोग

विराटनगर । भारतदेखि तस्करी गरेर ल्याइएको कपडाको भ्याट बिल असम्बन्धित फार्मले काटिदिने गरेको पाइएको छ ।राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले विराटनगर महानगरपालिका–८ मा रहेको जेबी ट्रान्सपोर्टमा छापा हानेको ठूलो परिमाणमा तस्करीको कपडा बरामद गरेपछि यस्तो...

पाँच महिनामा १ अर्ब ८६ करोडको अलैंची निर्यात

काठमाडौं, पुस २२–चालू आर्थिक वर्षको मंसिरसम्ममा १ अर्ब ८६ करोड रुपैयाँबराबरको अलैंची निर्यात भएको छ । यो परिमाण गत आवको सोही अवधिको तुलनामा ५०.७ प्रतिशत धेरै हो । गत आवको पहिलो पाँच महिनामा १ अर्ब...

मतदाताहरु झिसमिसेमै भोट हाल्ने लाइनमा

विराटनगर । आइतबार बिहान सात बजेबाट सुरु हुने मतदानका लागि मतदाताहरू बिहानै मतदानस्थल आउन थालेका छन् । मतदानको समय बिहान ७ बजेदेखि सुरु हुने भए पनि चाँडै पालो पाइने भन्दै मतदाताहरु झिसमिसेमै मतदानस्थल पुगेर लाइन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्