प्रदेश १ मा माओवादी केन्द्रले गर्यो औपचारिक रूपमा मुख्यमन्त्री दाबी, छलफलका लागि वार्ता समिति निर्माण

 न्यूज विराट
प्रदेश १ मा माओवादी केन्द्रले गर्यो औपचारिक रूपमा मुख्यमन्त्री दाबी, छलफलका लागि वार्ता समिति निर्माण

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले औपचारिक रुपमा मुख्यमन्त्रीमा दाबी गरेको छ । सो पार्टीको प्रदेश १ पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन र अन्य पार्टीसँगको सहकार्यका लागि वार्ता समिति समेत निर्माण गरेको जनाएका हुन् ।

‘प्रदेश सरकारको नेतृत्व हाम्रो पार्टीले पाउनुपर्ने मागदाबीसहित पार्टीको शीर्ष नेतृत्व र सत्तासाझेदार दलहरुसँग छलफललाई अगाडि बढाउने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै प्रदेश सरकार गठन र अन्य सहकार्यका लागि पार्टीको तर्फबाट माओवादीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज राम कार्कीको संयोजकत्वमा वार्ता समिति समेत गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ रहेका छन् ।
प्रदेश १ प्रदेशसभामा ९३ जना सांसद छन् । जसमा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक जना सांसद निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

भारतीय सेनाध्यक्ष कात्तिक १९ मा नेपाल आउने, मानार्थ महारथी दर्जा प्रदान गरिने

काठमाडौं, कात्तिक ११-भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे  नेपालको तीन दिने भ्रमणका  लागि आगामी कात्तिक १९ गते नेपाल आउने तय भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी...

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं, ३१ भदौ-नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए...

ग्यास सिलिण्डर पड्किएर गुल्मीमा आगलागी, छोराको मृत्यु, बुबाआमा घाइते

बुटवल, ८ वैशाख-गुल्मीको चन्द्रकोट गाउँपालिकामा सोमबार दिउँसो भएको आगलागीमा १ जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका- ४, शान्तिपुर बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आगलागी भएको हो । आगलागीबाट पूर्णबहादुरका कान्छा छोरा १६ वर्षीय समिर खनालको...

रोटरी क्लब अफ विराटनगर फ्युजन र महेश्वरी महिला मञ्चद्वारा एक हजार झुल वितरण

विराटनगर । लामखुट्टेको टोकाइबाट लाग्ने विभिन्न रोगबाट बच्नका लागि विपन्न परिवारलाई रोटरी क्लब अफ विराटनगर फ्युजन र महेश्वरी महिला मञ्चले झुल वितरण गरेका छन् । क्लब र मञ्चले लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगु, कालाजार, मलेरिया,...

कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना देखिएपछि नयाँबानेश्वरका ३ घर सिल

काठमाडौं, ११ जेठ-कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका ३ घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको...

ओली आज विराटनगर आउँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहान विराटनगर आउँदैछन् । एमाले मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली विराटनगर आउन लागेका हुन् । शुभकामना आदानप्रदानका साथै पार्टी...

’फरार’ सिद्धबाबाले गरे आत्मसमर्पण

काठमाडौं, फागुन २०–उच्च अदालत, बिराटनगरले आफूलाई थुनामा पठाउने आदेश दिने छनक पाएपछि फरार भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । आफ्नै अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका गिरीले जिल्ला अदालत, सुनसरीमा मंगलबार आत्मसमर्पण...

लागुऔषधसहित युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीबाट लागुऔषधसहित जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी ४० वर्षीय भुवनेश्वर यादवलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्