पिटर प्यान्स पेनोेले मनायो वार्षिकउत्सव

 न्यूज विराट
पिटर प्यान्स पेनोेले मनायो वार्षिकउत्सव

विराटनगर । विराटनगरमा रहेको पिटर प्यान्स पेनोले २५ औं बाषिर्कउत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ ।विराटनगरस्थित आरोहण गुरुकुल हाटखोलामा विभिन्न कार्यक्रम आयोजना गरी मंगलबार वार्षिकउत्सव मनाएको हो ।

कार्यक्रममको उद्घाटन विराट मेडिकल कलेजका बाल रोग विशेषज्ञ डा. हेमसागर रिमालले गरे । कार्यक्रमको उद्घाटन गर्दै उनले बालबालिकाहरुलाई पिटर प्यान्स पेनोले विभिन्न खेलको माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरेको बताए । अहिलेको आवश्यता अनुसारको शिक्षा राज्यले बालबालिकाहरुमा लगानी गर्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा स–साना बालबालिकाहरुले गणेश बन्दना, नृत्य प्रस्तुत गरेरका थिए । उनीहरुसंग अभिभावकहरू समेत नृत्यमा सहभागिता जनाएका थिए । बालबालिकाहरुलाई यहाँसंम्म ल्याउनका लागि शिक्षक र अभिभावकहरुको सहयोग रहेको पिटर प्यान्स पेनोकी प्रवन्धक मधु लोहियाले बताइन् ।
गुणस्तरीय शिक्षा दिन र नयाँ संसारको आवश्यकता अनुसार स्कुल बनाउन उनले प्रतिबद्धा जनाइन् । २५ वर्षदेखि निरन्तर विद्यार्थीरुको भावनानुसार स्कुलले सफलता मुलक काम गर्दै आईरहेको उनको भनाई छ ।
विद्यालयले आफ्नो काम र राम्रो कामका कारण नाम र ख्याति पाएको प्रबन्धक लोहियाले बताइन् ।
कार्यक्रममा बालबालिकाहरुले प्रकृतिलाई बचाएर संसारलाई हरियाली बनाउने सन्देश दिने खालका नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालको पनि उपस्थीति रहेको थियो ।

सम्बन्धित समाचार

साइबर अपराधअन्तर्गत कारबाही माग्दै रूपा सुनारले दिइन् ९ अनलाइनविरुद्ध उजुरी

सञ्चारकर्मी रूपा सुनारले विभिन्न अनलाइनहरूविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । उनले आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै ९ वटा अनलाइनविरुद्ध उजुरी दिएकी हुन् । काठमाडौंको बबरमहलमा कोठा खाज्ने क्रममा घरबेटीले जातीय...

एकै दिन ३४३९ मा संक्रमण पुष्टि, सक्रिय संक्रमित २५ हजार नाघे

काठमाडौं, २१ असोज-गत २४ घण्टामा नेपालमा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । यो संख्या अहिलेसम्मकै दैनिक उच्च हो ।  आज १४ हजार २ सय ९ जनाको पीसीआर गर्दा...

तेस्रो प्याब्सन कप : ग्यालेक्सी र मोर्डन एरा क्वाटरफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका ग्यालेक्सी र मोर्डन एरा स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।विराटनगरको सहिद मैदानमा बुधबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै ग्लोक्सी क्वाटरफाइनलमा पुगेको हो ।जितको...

बजेटका कमजोरी सच्याउने मुख्यमन्त्री राईको प्रतिबद्धता

विराटनगर,  १७ असार-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा केही कमजोरी रहेको हुन सक्ने स्वीकार गरेका छन् ।आगामी दिनमा ती कमजोरी सच्याउने दिशामा आफू केन्द्रित भएको उनले बताए । प्रतिपक्षी...

राजीनामा माग्न हुन्न भन्नलाई मात्र बालुवाटार आएँ: वामदेव गौतम

काठमाडौं, १३ साउन-नेकपा स्थायी कमिटी बैठकलाई लिएर पार्टीभित्र तिव्र अन्तरविरोध जारी रहेका बेला उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष प्रचण्डले आफूलाई कार्यकारी भूमिकामा प्रस्तुत गर्न नसकेको बताएका छन् । बालुवाटारमा स्थायी कमिटी बैठक स्थगित भएपछि शीर्ष...

बेलबारीको रमिते डाँडा आकर्षक पर्यटकीय गन्तब्य बन्दै

विराटनगर, २१ पुस-मोरङको बेलबारी–२ लालभित्तीस्थित रमितेडाँडा आन्तरिक पर्यटनका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा अवस्थित रमितेडाँडामा वनभोज खान पुग्नेहरुको घुइँचो लाग्न थालेको छ । लालभित्ती चोकबाट करिब २...

तिब्बतले नेपालसँगको निर्यात अवरोधलाई हटाउने

काठमाडौं, ७ असोज । नेपाली महावाणिज्य दूतावासको आग्रहपछि तिब्बतले दशैंतिहारजस्ता चाडपर्व लक्षित निर्यातलाई सहजीकरण गर्ने भएको छ । महावाणिज्यदूत नवराज ढकालले आज तिब्बतको वाणिज्य, भन्सार र बन्दरगाह अधिकारीहरुसँग नेपालतर्फको निर्यातमा वृद्धि गर्न र तातोपानी तथा...

बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी, १४ कात्तिक-यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)  मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्