प्रदेश १ मा एमाले गठबन्धनमा बहुमत, को बन्ला मुख्यमन्त्री ?

 न्यूज विराट
प्रदेश १ मा एमाले गठबन्धनमा बहुमत, को बन्ला मुख्यमन्त्री ?

विराटनगर । कांग्रेस नेतृत्वको पाँचदलीय सत्तागठबन्धन विघटन भएसँगै प्रदेश १ को राजनीति समीकरण फेरिएको छ । एमाले नेतृत्वमा सातदलीय गठबन्धन बनेसँगै प्रदेश १ मा सोही राजनीतिक दलको सुविधाजनक बहुमत रहेको छ ।
अहिले नयाँ गठबन्धनका कारण प्रदेश सरकारको अंकगणित फेरबदल भएको छ ।

यसअघि प्रदेश १ मा जसपाको साथविना गठबन्धनले सरकार बनाउन सक्ने अवस्था थिएन । अहिलेको नयाँ समीकरणले सहज रुपमा बन्ने देखिएको छ । प्रदेश १ मा ९३ प्रदेशसभा सदस्य छन् । सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रदेश सभामा नेकपा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी जम्मा ४० सीट प्राप्त गरेको छ । माओवादी केन्द्रसँग ९ प्रत्यक्ष र चार सामानुपातिक गरी १३,
राप्रपाले प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी जम्मा ६ सीट प्राप्त गरेको छ । एमाले र राप्रपा मिल्दा जम्मा ४६ सांसद मात्र हुन्छन् । नयाँ समीकरणमा थपिएको माओवादी केन्द्रको जम्मा १३ सीट पाएको छ । यहाँ १ सीट जसपाको छ । ४७ सांसदको समर्थन आवश्यक पर्ने यो प्रदेशमा एमाले, माओवादी, राप्रपा र जसपा मिल्दा ६० पुग्छ । यी चार दलले प्रदेश १ मा सहज सरकार बनाउने देखिन्छ ।

अर्कोतिर नेपाली कांग्रेसको प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी जम्मा २९ सीट तथा नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी जम्मा ४ सीट पाएको छ ।

नेकपा एसले सरकारमा जाने नजाने भन्ने विषयमा निर्णय गरिनसकेको र सरकारमा जाने निर्णय गरेको खण्डमा प्रतिपक्षीमा काँग्रेस एक्लै हुने सम्भावना छ ।

प्रदेश १ मा को होला मुख्यमन्त्री ?
नेकपा एमालेले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई सर्वसम्मत चयन गरेको छ ।
कार्की प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री पनि हुन् ।
एमालेले प्रदेश १ को मुख्यमन्त्री पाउने माओवादीसँग सहमति भए उनै कार्की मुख्यमन्त्री हुने देखिएको छ । माओवादीको भागमा मुख्यमन्त्री पाएको खण्डमा उक्त पार्टीबो इन्द्रबहादुर आङ्बो हुने निश्चित छ । आङ्बो बाहलवाला प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री पनि हुन् । माओवादी केन्द्रले सोमबार आयोजना गरिएको प्रदेशसभा सदस्यहरुको शपथग्रहणको कार्यक्रम सकेर दलको नेता चयन गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

पार्टी मजवुत बनाउन सवै नेता कार्यकर्ता एक ढिक्का हुन जरुरी छ : सांसद मण्डल

विराटनगर, बैशाख १०–पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शिवकुमार मण्डलले पार्टी र सरकारलाई मजबुद बनाउन सवै नेता कार्यकर्ता एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डलले सरकारले अध्यादेश...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप, पथरी र हाम्रो धरान सेमिफाइनलमा

विराटनगर । कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताका मोरङको पथरीशनिश्चरे भेट्रान्स र हाम्रो धरान भेट्रान्स क्लबसेमिफाइनलमा पुगेका छन् ।विराटनगर जुटमिल खेलमैदानमा सोमबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा पथरीशनिश्चरे भेट्रान्सले मिल्स भेट्रान्स क्लब (ख) लाई...

मकालु आधार शिविरबाट युक्रेनी नागरिकको उद्धार

संखुवासभा, २९ वैशाख-मकालु आधार शिविरको भ्रमणका क्रममा करिब एक महिनादेखि पलपत्र परेका विदेशी नागरिकको उद्दार गरिएको छ । गत २ चैतमा मकालु आधार शिविरको भ्रमण गर्न आएका युक्रेनी नागरिक २६ वर्षीय आर्टेम सुहोनियाकिनको उद्दार गरिएको...

मिल्स गोल्डकपको उपाधिको लागि सिरहा र झापा भिड्दै

विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि आज शनिबार दिउँसो साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लब र झापाको ध्रुवतारा युवा क्लबसँग प्रतिस्पर्धा गर्दै छन् । तेस्रो संस्करणको उपाधि जित्ने दाउसहित सिरहा...

प्याब्सनको स्थापना दिवसमा विविद्य कार्यक्रम, दिप प्रज्जवलनदेखि आश्रममा भोजनसम्म

विराटनगर । विभिन्न कार्यक्रम आयोजना गरि प्याब्सनको ३३ औं स्थापना दिवस मनाएको छ । मोरङ प्याब्सनले विराटनगरमा विविद्य कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो । विराटनगरमा रहेको प्याब्सनको कार्यालयमा मंगलबार साझमा दिप प्रज्जवल कार्यक्रम...

रमाले जन्म दिएकी तिम्ल्याहा शिशु विराट हस्पिटलले बचायो

विराटनगर । सुनसरीको इटहरी २० तरहराकी ३० वर्षीय रमा चौहानले विराटनगरस्थित विराट नर्सिङ होम ९विराटनगर अस्पताल०  मा जन्माएकी तिम्ल्याहा नवजात शिशुलाई हस्पिटलले बचाएको छ । हस्पिटलका वरिष्ठ नवजात तथा बाल रोग विशेषज्ञ डा. दिपराज अधिकारीको...

आफु बन्न नपाएपछि पूर्वप्रधानमन्त्री छटपटाए : मन्त्री कर्ण

काठमाडौं, जेठ ३१। भूमि सुधार व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्णले नेपालमा कुनै विदेशीको हस्तक्षेप नभएको बताउनुभएको छ । पाँचपुर्व प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तीमा असन्तुष्टि जनाउँदै मन्त्री कर्णले भन्नुभयो, आफु एकपटक प्रधानमन्त्री भईसकेपछि...

वायुसेवा निगमका अधिकारीलाई अख्तियारले बोलायो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाजको इन्जिन हराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । निगमले २०७४ र हालसालै बिक्री गरेका २ बोइङ जहाजको इन्जिन हराएका थिए । अख्तियारमा परेको सूचनाको आधारमा बुधबार निगमका अधिकारीहरूलाई बोलाइएको अख्तियार स्रोतले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्