मोरङको धनपालाथानमा निःशुल्क दन्त शिविर,  ६८ बालबालिकाको दन्त परीक्षण  

 न्यूज विराट
मोरङको धनपालाथानमा निःशुल्क दन्त शिविर,  ६८ बालबालिकाको दन्त परीक्षण  

विराटनगर । मोरङको धनपालाथान गाउँपालिकामा निःशुल्क दन्त शिविर र सचेतना मूलक कार्यक्रम आयोजना गरिएको छ । साना पाइला नामक संस्थाले निःशुल्क दन्त शिविर र सचेतना मूलक कार्यक्रम आयोजना गरेको हो । 

स्वस्थ जीवनका लागी मुख स्वस्थ हुनु आवश्यक छ तथा दन्त उपचारमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले आयोजना गरेको शिविरमा ६८ बालबालिकाहरूको निःशुल्क दन्त  परीक्षण गरिएको नेपाल डेन्टल एसोसिएसन मोरङकी सचिव तथा साना पाइलाकी अध्यक्ष तथा दन्त चिकित्सक डा . मीरा आचार्यले जानकारी दिइन् । 

शिविर र सचेतना मूलक कार्यक्रम नेपाल डेन्टल एसोसिएसन मोरङ तथा रोटरी क्लब विराटनगर सेन्ट्रलको सहयोगमा गरेको थियो । शिविरमा बालबालिकाहरूलाई बिहानको खाजा, दाँत माझ्ने बुरुस र मन्जन समेत वितरण गरिएको थियो । 

सोही अवसरमा पत्रकार सोनु कुमार दासलाई सम्मान गरियो । उक्त अवसरमा नेपाल डेन्टल एसोसिएसनको अध्यक्ष डा. प्रेक्षा दली,  वरिष्ठ बाल दन्त रोग चिकित्सक डा. अभिषेक कुमारको सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु अस्पतालबाट डिस्चार्ज

काठमाडौं, ९ जेठ-कोरोना भाइरका कारण मृत्यु भएकी महिलाले जन्माएकी शिशुलाई धुलिखेल अस्पतालले डिस्चार्ज गरेको छ । उनको परिवार र शिशुको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको हो । ‘आज डिस्चार्ज गरिको हो’, अस्पतालका डा. सुमन...

राजवंशी समाज उत्थान समिति (विराट) को १५ औँ बृहत भेला जहदाको बभनटोलीमा हुने

विराटनगर, २ फागुन । प्रदेश १ को नाम विराट प्रदेश राख्न राजवंशी समुदायले माग गरेका छन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै राजवंशी समाज उत्थान समिति (विराट) ले प्रदेशको नाम विराट राख्न माग गरेको हो...

कोरोनाबाट एकै दिन ८२० जनाको मृत्यु, १६ हजार संक्रमित

एजेन्सी, चैत ५–कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृत्यु भएको छ । इटली, स्पेन, इरानमा मात्र ६ सय ७१ जनाको मृत्यु भएको छ । इटलीमा ३ सय ४५ जनाको मृत्यु...

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरिहेको काम तथा त्यसको उपलब्धिलाइ लिएर बिहान ११ बजे सम्बोधन गर्ने भएका हुन् । सम्बोधनमा कोरोना नियन्त्रण तथा...

उर्लाबारी नगरपालिकाले १ अर्ब ३० करोडको बजेट ल्यायो

उर्लाबारी । उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३० करोड ४० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरपालिकाको दशौं नगरसभामा शनिबार उपप्रमुख मीनाकुमारी खतिवडा पौडेलले सो बरावरको बजेट प्रस्तुत गरेकी हुन् ।...

संखुवासभा हत्या प्रकरण : हत्या गरिएकी रञ्जनाको मोबाइल लोकबहादुरका भाइसँग

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएका भनिएका लोकबहादुर कार्कीका भाई नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । हत्या गरिएकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा...

नेपाल फर्मास्युटिकल्स एशोसिएशनको अध्यक्षमा पन्त, महासचिबमा संजीव शर्मा कट्टेल

विराटनगर । नेपाल फर्मास्युटिकल्स एशोसिएशनको अध्यक्षमा ललित मोहन पन्त निर्वाचित भएका छन् । प्राप्त मतमरिणाम अनुसार ललितमोहन पन्तले ५४० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी डा रोभसकुसुम सुवेदीले ३६४ मत मात्रै प्राप्त...

विराटनगरका थप एक संक्रमित पुरुषको वीपी प्रतिष्ठानमा मृत्यु

विराटनगर, १४ वैशाख । कोरोना संक्रमणका कारण विराटनगरका थप एक पुरुषको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार राति साढे ९ बजे विराटनगर–१५ का ५६ वर्षीय पुरुषको मृत्यु भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्