प्रदेश १ बाट पदक विजेता तेक्वान्दो खेलाडीलाई सम्मान
बुधबार, ०६ पुष, २०७९,
न्यूज विराट
विराटनगर । पोखरामा सम्पन्न भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा आइटिएफ तेक्वान्दोमा प्रदेश १ बाट प्रतिनिधित्व गर्दै पदक विजेता खेलाडीहरूलाई सम्मान गरिएको छ । प्रदेश १ आइटिएफ तेक्वान्दो संघको वार्षिकोत्सवका अवसरमा बुधबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी पदक विजेता खेलाडीहरूलाई सम्मान गरिएको हो ।
राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीका साथै वर्षभरि उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट जिल्ला र उत्कृष्ट डोजाङलाई सम्मान गरिएको थियो । वर्षको उत्कृष्ट खेलाडी महिलातर्फ मोरङकी कुसुम राजवंशी, पुरुषतर्फ झापाका रोशन मगर तथा उत्कृष्ट प्रशिक्षकमा झापाका चन्द्रबहादुर तामाङ सम्मानित भए । त्यस्तै उत्कृष्ट जिल्लातर्फ आइटिएफ तेक्वान्दो संघ मोरङ र डोजाङतर्फ भोजपुरको दिङ्ला आइटिएफ तेक्वान्दो डोजाङ प्रदेशकै उत्कृष्ट घोषित भए । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता मोरङकी कुसुम राजवंशी, झापाका रोशन मगर र वीरबहादुर तामाङ सम्मानित भए । रजत पदक विजेता मोरङकी इन्दिरा थापा र भोजपुरकी सजिना तामाङ तथा कास्य पदक विजेता मोरङका प्रथम कार्की, नितेश खवास, सुनसरीका हिराधन राई, भोजपुरका दिलन राई र सुदीप तामाङ सम्मानित भए । त्यसैगरी, प्रशिक्षकहरु अभय राई, केशव कार्की र टिम व्यवस्थापक केशव भट्टराईलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्ले र आइटिएफ प्रदेश १ का अध्यक्ष प्रवीण कार्कीलगायतले सम्मानपत्र तथा नगद प्रदान गरे । खेलाडीहरुलाई सम्मान कार्यक्रममा सदस्यसचिव वाग्लेले अहिले खेलकुद क्षेत्र मृत अवस्थामा रहेको बताए । यस्तो अवस्थामा कसरी खेलकुदलाई जगाउन सकिन्छ भन्नेमा कसैको पनि ध्यान नगएको उनले बताए । ‘यो अवस्थामा संस्था चलाउन निकै गाह्रो भएको छ,’ उनले भने, ‘राजनैतिक गर्ने नेताहरुले खेलकुद नबुझ्दा खेल र खेलाडीको स्तर वृद्धि गर्न सकेका छैन । चाहिने बजेट माग गरे पनि त्यसलाई कटौती गरेर पठाए पनि मन्त्रीहरुले आ–आफ्नो हिसाबले खर्च गर्दा झन् समस्या आएको छ ।’ प्रदेश १ मन्त्रिपरिषद्को बैठकले ९ औं राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई सम्मान गर्ने भएको छ ।
काठमाडौं, २० मंसिर-नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका प्रस्ताव स्थायी कमिटी बैठकमा लाने निर्णय गरेको छ । शनिबार शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ओली र प्रचण्डले सचिवालयमा पेस...
एजेन्सी, असार ८-भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गरको छन् । भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा छलफल गर्नका लागि उनी रुस प्रस्थान गरेका हुन् । उनी तीनदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका...
डडेल्धुरा, ३१ जेठ-डडेल्धुरामा थप २४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ...
विराटनगर । विराटनगरका ब्युटिसियनहरूलाई एक दिने बेरिना हेयर टेक्निकल तालिम दिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर नगर कमिटिले मंगलबार हेयर कटिङ्ग सम्बन्धी तालिम दिएको हो । तालिममा विराटनगरका ८६ जना ब्युटिसियनहरुको सहभागि रहेको...
विराटनगर । यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका मृतकप्रति श्रद्धान्जली दिन सोमबार विराटनगरमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । विराटनगर १४ मा रहेको दिव्य ज्योती हस्पिटलले विराटनगरमा दिप प्रज्वलन कार्यक्रम गरेको हो...
विराटनगर । लामो समयसम्म मोरङको कटहरी गाउँपलिका १ स्थित तरकारी तथा फलफूलको थोक तथा खुद्रा बजार सञ्चालन गर्न नसकेर प्रयोगविहीन भएको संरचनामा कटहरी गाउँपालिकाले साप्ताहिक हटिया लगाउने बाटो उच्च अदालत विराटनगरले खुल्ला गरिदिएको छ ।...
विराटनगर । विराटनगर महानगरपालिका ६ का २७ वर्षीया पवन साहलाई राती कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवनासहितको माग दाबी लिएर मुद्दा...