‘प्याब्सन विराट कप’ : ग्रेडेड, विराट शिक्षा, सेन्टजोसेफ, देवकोटा र मदरल्याण्ड स्कुल विजयी

 न्यूज विराट
‘प्याब्सन विराट कप’ : ग्रेडेड, विराट शिक्षा, सेन्टजोसेफ, देवकोटा र मदरल्याण्ड स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा विराट शिक्षा स्कुलले ओडिसि स्कुललाई ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

जितको लागि ओडिसिका रन्जित दनवारले तीन गोल, ओसिस तिम्सिनाले दुई गोल र सागर राजवंशीले एक गोल गरेका थिए ।सोही दिन भएको दोस्रो खेलमा मदरल्याण्ड एकाडेमीले एभरेष्ट स्कुललाई १–० गोलले पराजित ग¥यो । जितको लागि मदरल्याण्डका प्रज्वल कार्कीले निर्णायक गोल गरे ।

यसैगरी तेस्रो खेलमा ग्रेडेड स्कुलले पोलस्टार स्कुललाई ४–० गोलले हरायो । ग्रेडेडका आर्यन भण्डारीले तीन र रोजल राजवंशीले एक गोल गरेका थिए ।

चौथो खेलमा सेन्टजोसेफ स्कुलले मेरीगोल्ड स्कुललाई ४– १ गोलले पराजित ग¥यो । जितको लागि सेन्टजोसेफ स्कुलका शशांक राईले दुई गोल, आरभ शर्मा, र निश्चल सिटौलाले समान १÷१ गोल गरेका थिए ।
पाँचौ खेलमा देवकोटा स्कुलले मदरटेरेसा स्कुललाई २–१ गोलले हरायो । जितको लागि देवकोटा स्कुलका राहुल पासवान र अरविन साहीले गोल गरेका थिए । मदरटेरेसाका सर्वन रायले सान्तवना गोल फर्काए ।
आइतबार पाँच वटा खेल हुनेछ । पहिलो खेल अरनी र गोदावारी, दोस्रो खेल मोर्डन ऐरा र एजलिया, तेस्रो खेल प्यारागन र सिदार्थ, चौथो पूर्वाञ्चल र मार्टस, अन्तिम पाँचौ खेल बिकेभिएम र कान्तिपुर स्कुलबीच हुने प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।
प्याब्सन विराटनगरले आयोजना गरेको फुटबल पुस १ देखि ८ गतेसम्म संचालन हुने प्रतियोगितामा २८ वटा विद्यालयले भाग लिएको कार्यक्रम संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रचण्डले आफ्नैलाई दिए धोका, संकटमा माओवादी

काठमाडौं, माघ २५ । आफ्नै पार्टीभित्र समेत सल्लाह नै नगरी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएको पत्र सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इतिहासकै सवैभन्दा ठूलो...

ओखलढुंगा प्रहरीलाई सफलता, प्रदेश प्रहरीले दिएको लक्ष्य भन्दा बढी फरार प्रतिवादी पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले लक्ष्य भन्दा बढी फरार प्रतिवादी पक्राउ गरी कानुनी दायरमा ल्याउन सफल भएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा ओखलुढंगा प्रहरीले ६० जना फरार प्रतिवादी पक्राउ गरि अदालतमा उपस्थिती...

विवाद बढेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २४ वैशाख-सचिवालय बैठकमा नेताहरूको मत नमिलेपछि भोलिका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । गत शनिबार बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी कमिटीको बैठक तय गरेको थियो...

नागरिक मैत्री सेवा दिनेछु : मोरङ एसपी चिमरिया

विराटनगर । मोरङ प्रहरी प्रमुख भएर आएका एसपी नारायण प्रसाद चिमरियाले नागरिक मैत्री सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।मोरङ प्रहरी प्रमुखको कार्यबाहक समालेको दुई दिनपछि बुधबार संचारकर्मीहरुसँग परिचत्यमक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु थप

काठमाडौं, ३० जेठ-नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । अर्घाखाँचीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...

नवीकरण शुल्क नबुझाएका २५ कम्पनीको कारोबार रोक्का

काठमाडौं, २ कात्तिक-नेपाल स्टक एक्सचेञ्जले वार्षिक रूपमा बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएपछि २५ विभिन्न कम्पनीको कारोबारमा रोक लगाएको छ ।  स्टकले आज एक सूचनामार्फत ‘धितोपत्र सूचीकरण विनियमवाली, २०७५’ को विनियम २४ बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएकाले...

१ हजार १५८ संक्रमित निको भए

काठमाडौं, २ असार-संक्रमण मुक्त हुनेको संख्या दिनदिनै बढी रहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप ११७ जना कोरोना भाइरस संक्रमितले कोरोना भाइरसलाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए...

विराटनगरको पारस हस्पिटलको अटेरी : नविकरणविनै अस्पताल सञ्चालन

विराटनगर । बहुआयमिक स्वास्थ्य उपचार दिने प्रचार गर्दै आएको विराटनगरको जनआन्दोलन चोकस्थित पारस हस्पिटल पाँच महिनादेखि नविकरणविना सञ्चालनमा रहेको पाइएको छ । हस्पिटलको नविकरणको म्याद सकिएको पाँच महिना हुनलाग्दा पनि हस्पिटल नविकरण भएको छैन ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्