दुर्घटना रोक्न ट्राफिक प्रहरीको ‘रिफ्लेटिक्भ स्टिकर’ टाँस्ने अभियान सुरू
शनिबार, ०२ पुष, २०७९,
न्यूज विराट
विराटनगर । सवारी दुर्घटना न्यूनिकरणकका लागि ट्राफिक प्रहरीले सवारी साधनमा ‘रिफ्लेटिक्भ स्टिकर’ टाँस्ने अभियान सुरु गरिएको छ । हुस्सु लागेको समयमा दुर्घटना संभावना जोखिम धेरै हुने भएकोले शुक्रबारबाट ट्राफिक प्रहरीले अभियान सुरु गरेको हो ।
प्रहरी साहयक निरीक्षक तुलामणी आचार्यको नेतृत्वमा सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस्न थालिएको छ । विराटनगर महानगरपालिका– १९ घिनाघाट चौकदेखि सुरु गरिएको अभियानमा साईकल, टिफर, तथा बेलगाडा समेतमा स्टिकर टाँसिएको आचार्यले जानकारी दिए ।
‘पछिल्लो समय तराईको चिसो बढेसँगै मौसम परिवर्तन भएको छ, हुस्सु लाग्न थालेको छ । यो समय दुर्घटनाको जोखिम बढ्न सक्ने सम्भावना धेरै हुन्छ,’उनले भने, ‘दुर्घटना जोखिम नियन्त्रणका लागि सवारी साधानमा स्टिकर टाँस्ने अभियान सुरु गरिएको हो ।’ जिल्ला ट्राफिक प्रहरीले जाडोसँगै सुरु भएको हुस्सुमा सवारी साधन चालक सचेत भएर सुस्त गतिमा हाँक्नका लागि अनुरोध समेत गरेको छ ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले हुस्सु लागेका बेला सवारीसाधन सञ्चालनमा सहजता ल्याउन चालकलाई आवश्यक प्रशिक्षण दिन थालिएको बताए। ‘गाडीमा ‘फग लाइट’को व्यवस्था गर्न तथा हुस्सु लागेका बेला उक्त लाइट बालेर मात्रै सवारीसाधन चलाउन चालकलाई आग्रह गर्ने गरिएको छ,’ उनले भने, ‘बाटो काट्दा ‘साइड लाइट’को प्रयोगदेखि ट्राफिक नियमको पालनामा विशेष जोड दिएर प्रशिक्षण दिने गरिएको छ।’ साथै सवारी चेकजाँच तीव्र बनाएर ‘वाइपर’को प्रयोगमा समेत जोड दिने गरिएको कार्कीले बताए।
हुस्सु लागेका बेला नजिकैको वस्तुसमेत नदेखिने हुँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले तीव्र गतिमा सवारीसाधन नचलाउन पनि ट्राफिक प्रहरीले सबैमा अनुरोध गरेको छ। हुस्सु लाग्ने क्रम बढेसँगै पछिल्लो समय सवारीसाधनमा ‘रिफ्लेक्टर’ राख्ने कार्यमा ट्राफिकले सक्रियता बढाएको कार्कीले बताए।
विराटनगर । विभिन्न कार्यक्रम आयोजना गरि प्याब्सनको ३३ औं स्थापना दिवस मनाएको छ । मोरङ प्याब्सनले विराटनगरमा विविद्य कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो । विराटनगरमा रहेको प्याब्सनको कार्यालयमा मंगलबार साझमा दिप प्रज्जवल कार्यक्रम...
विराटनगर। मोरङको जहदा गाउँपालिका–३ मा रहेको मिठाई बनाउने उद्योगमा पाइप विष्फोट हुँदा दुई जना कामदार घाइते भएका छन् ।निर्माणाधीन अवस्थाको कोसी विराट एग्रो प्रा.लि नामक मिठाई बनाउने फ्याक्ट्रीमा मेसिन जडान गर्ने क्रममा मंगलबार साँझ ७ः४५...
विराटनगर । महिला र युवतीहरुलाई कपडाको प्याड बनाउने तालिम प्रदान गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित खर्जी गाउँमा प्याड बनाउने तालिम दिइएको हो । तालिममा ३५ जना महिला र युवतीहरुको सहभागीता...
विराटनगर । मोरङको सुन्दरहरैचना नगरपालिका – ८ घर भएकी प्रेम कुमारी तिम्सिनाले बुलेरो गाडीमा आएका एक दर्जन बढी व्यक्तिहरुको समूहले दुव्र्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छिन् । भदौ ३ गते दिउँसो १२ बजे...
काठमाडौं, २६ वैशाख-आजदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका २७५ जना सांसदको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । हिजो र आज गरि २७५ जना सांसदसहित कूल ६९२ जनाको स्वाब...
विराटनगर ४ कात्तिक । विराटनगरको खार्जीमा पोलिया सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा पोलियो रोगको रोकथाम र उपचार सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । नेपाललाई पोलियो मुक्त...
विराटनगर । सप्तरीको तिरहुद गाउँपालिका –४ का ५१ वर्षीया विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्यु भएको घटना एक महिना हुन लागेको छ । एक महिना पूरा हुन लाग्दा पनि प्रहरीले यादवको हत्या हो या आत्महत्या आधिकारीक...
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक विस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् ।नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा...