विराटनगर । विराटनगर – ९ रेम्बो गल्लीमा रोयल तन्दुरी एण्ड कबाव हाउस संचालनमा आएको छ । रोयल विरयानी हाउसका चार जना संचालकले रोयल एण्ड कबाव हाउस शुक्रबार एक कार्यक्रम आयोजना गरी संचालनमा ल्याएका हुन् ।
२० लाख रूपैयाँ लागतमा संचालनमा आएको रोयल तन्दुरी एण्ड कबाव हाउसको लोकप्रिय परिकार चिकेन तन्दुरी र कबाव हो । पोलेर पकाउने चिकेन तन्दुरी यहाँको लोकप्रिय परिकारमा पर्दछ । तन्दुरी र कबाव बाहेक चाइनिज परिवारहरू पनि पाइने संचालक यासिर घिमिरेले जानकारी दिए । ‘स्तरीय परिवार खुवाउनु हरेक ग्राहकहरुलाई सन्तुष्ट पार्नु हाम्रो लक्ष्य हो र यसमा सफल पनि हुनेछौं । त्यसैले ग्राहकहरुवाट सकारात्मक प्रतिक्रिया पाएका छौं,’ संचालक घिमिरेले भने ।
घिमिरे युवा व्यवसायी हुन् । उनी साउँदीमा होटलमा काम गरेपछि स्वदेशमा व्यापार व्यवसायी संचालन गर्ने उद्देश्यले उनीसहित पप्पु अन्सारी, अमिर लिम्बु र कमल श्रेष्ठ मिलेर ट्राफिक चौकमा रोयल बिरयानी हाउस संचालनमा ल्याएका थिए । छोटो समयमा ग्राहकको रोजाइमा विरयानीले मन जित्न सफल पनि भएको छ । यसको शाखा विस्तार पनि भइरहेको छ । बिरयानीपछि उनीहरूले रोयल तन्दुरी एण्ड कबाव हाउस संचालनमा ल्याएका हुन् ।
विराटनगर । विराटनगर ७ हस्पिटल चोकमा दर्ता बेगरको एउटा प्रयोगशाला शिलबन्दी गरिएको छ । दर्ता बेगर संचालनमा आएको मेडिकुईस्ट प्रयोगशाला विराटनगर महानगरपालिकाले शिलबन्दी गरेको हो । महानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाले बिहीबार गरेको अनुगमनको क्रममा...
विराटनगर, ५ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट तीन, न्युरो अस्पतालबाट दुई र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक जना...
सह-सचिव रामेश्वर दंगाल सचिवमा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दंगाललाई सचिवमा बढुवा गरेको हो । लोक सेवा आयोगले सचिवमा बढुवाका लागि दंगालसहित मुकुन्दप्रसाद निरौला र विनोद सिंहको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषद्...
काठमाडौं, २९ साउन-प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीच लामो समयको संवादहीनता अन्त्य गर्दै बालुवाटारमा भेट भएको...
विराटनगर, ९ कात्तिक । बेमौसमी झरीका कारण आएको बढीबाट पीडित परिवारलाई रोटरी क्लब अफ विराटनगर डाउनडाउनले राहत वितरण गरेको छ । विराटनगर बखरीस्थित सिमराही टोलका बाढीपीडित परिवारलाई क्लबले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो । क्लबले...
काठमाडौं, २८ पुस । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको हो ।...
एजेन्सी, जेठ १६-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन–भारत तनावमा मध्यस्थता गर्न चाहेको बताएका छन् । उनले चीनसँग जारी तनावका विषयमा आफूले कुराकानी गरेको र सीमा विवादका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका...
मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका– ७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५०...