कस्तो बन्छ कोशीको पाँच सय शैय्याको मेडिकल भवन ?

 न्यूज विराट
कस्तो बन्छ कोशीको पाँच सय शैय्याको मेडिकल भवन ?

विराटनगर । आठ तलाको बन्न लागेको विराटनगरस्थित कोशी अस्पतला भित्रको मेडिकल भवन पाँच सय शैय्याको हो ।
उक्त भवनको शिलन्यास बिहीबार सहरी विकास मन्त्री मेटमणी चौधरी र स्वास्थ्य तथा जनजसंख्या मन्त्री भवानी प्रसाद खापुङ्गले संयुक्त रूपमा गरे ।

दुई तलाको अन्डरग्राउण्ड पार्किङ्ग रहनेछ । पहिलो अन्डरग्राउट पार्किङमा ३४ वटा कार, ७७ वटा मोटरसाइकल र मेडिकल स्टोर रहनेछन् । त्यस्तै पहिलो अन्डरग्राउण्ड पार्किङ्गमा २५ कार ८५ वटा बाइकल र मेडिकल कोठा हुनेछ ।
यस्तै ग्राउण्ड फ्लोरमा रजिष्टे«शन, रोडियोलोजी, ब्लट बैंक, ल्याब, फार्मेशी र जनेरल स्टोर रहनेछ ।
पहिलो तलामा पीसिआई, एनआइसियू वार्ड र बच्चाको वार्ड रहनेछ । यो वार्डमा ९१ शैय्याको रहनेछ ।
यस्तै दोस्रो तलामा ९१ शैय्याको अर्थोपेडिक वार्ड रहेको छ । तेस्रो तलामा ९१ शैय्याको मेडिकल वार्ड रहनेछ । यस्तै चौथो तलामा १ सय ३ शैय्याको ट्रमा सर्जिकल वार्ड रहनेछ । जसमा आँखा, नाक, कान, घाटी, बन, डेन्ट्रल र जेनेरल सर्जरी वार्ड रहनेछ ।
यसैगरी पाँचौ तलामा १ सय शैय्याको ट्रमा सर्जिकल वार्ड रहेको छ । जसमा एसआइसियू, सिटिभिएस, न्यूरो सर्जरीलगायतका वार्ड रहनेछन् ।
यस्तै छैठौं तलामा ३० शैय्याको शल्यक्रिया वार्ड रहनेछ । यहाँ ९ वटा मेजर शल्यक्रिया हुनेछ भने अन्य सामान्य शल्यक्रिया पनि यही वर्डामा हुनेछ । यो वार्डमा सिएसएसडी, पोस्टप वार्ड पनि रहनेछ । यसैगरी सातौं र आठौं तलामा सेमिनर र मिटिङ्ग हल रहनेछ ।
आठ तलाको भवनमा ६ वटा लिफ रहनेछ । डाक्टर र विरामीको छुट्टा छुट्टै लिफ्ट रहनेछ ।
शहरी विकास तथा भवन निर्माण विभागले मुल्य अभिवृद्धि कर बाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार २ रुपैयाँ १३ पैसाँमा कुल लागत अनुमागन गरेकोमा ठेकेदार कम्पनी केसी कन्ट्रक्सन काठमाण्डौंले ३ लाख ७१ हजार ७१९ रूपैयाँ कम लागतमा २ अर्ब १७ करोड ६६ लाख २० हजार २८३ रुपैयाँमा ठेक्का लिएको हो ।

सम्बन्धित समाचार

एभरेष्टमा सकियो पौडी प्रतियोगिता : साइरस मिश्रले जिते पाँच स्वर्ण

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलको आन्तरिक पौडी प्रतियोगिता आज (शनिबार) सम्पन्न भएको छ ।उमेर समूह, दुरी र स्टाइलमा गरि १७ वटा विधामा विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका छन् । जसमध्ये सबैभन्दा बढी साइरस मिश्रले ५...

कमेडी च्याम्पियनको फिजिकल अडिसन सुरु, ६ फेब्रुअरीदेखि प्रसारण हुने

'कमेडी च्याम्पियन सिजन २' को फिजिकल अडिसन सुरु भएको छ । बुधबारदेखि निर्माण टिमले फिजिकल अडिसनको छायांकन सुरु गरेको हो । फिजिकल अडिसनको छायांकन चार दिनसम्म गरिनेछ । कमेडी च्याम्पियनको दोस्रो सिजनका लागि निर्माण टिमले...

सरकारले ल्याएका अध्यादेशविरुद्ध मोर्चाबन्दी गरौँ : साझा पार्टी

राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोधमा साझा पार्टीले ‘डिजिटल अभियान’ चलाउने भएको छ । उसले सामाजिक सञ्जाललगायतबाट अध्यादेशप्रति विरोध जनाउने भएको हो । संसदभित्र र बाहिर रहेका दल, नागरिक समाज र आमसर्वसाधारण सबैलाई यस...

अझै सिल भएन सप्तरीमा कोरोना भेटिएका युवकको गाउँ

सप्तरी, ३१ वैशाख-सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटैलका १ युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि सिल गरिएको सुनिए पनि बस्तीमा हालसम्म सेनिटाइजसम्म नगरिएको स्थानीयहरूले गुनासो गरेका छन् । बस्तीमा संक्रमित भेटिएसँगै आफूहरू त्रसित भएको अवस्थामा हालसम्म जनप्रतिनिधीले कुनै...

विराटनगरमा च्याम्पियनस कराते एकेडेमी संचालनमा

विराटनगर । विराटनगर ७ जलजला चोकको दाडेवाल गल्लीमा च्याम्पियनस कराते एकेडेमी संचालनमा आएको छ । कराते खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले एकेडेमी संचालनमा आएको हो । बालबालिकालाई आत्मरक्षा कला सिकाउनुका साथै उनीहरुलाई कुशल खेलाडी बनाउँदै अन्तर्राष्ट्रिय...

विराटनगरमा अस्ताउँदो सूर्यलाई यसरी दिइयो अर्घ (फोटो फिचर)

विराटनगर । तराईका जिल्लामा हर्षोउल्लासका साथ मनाइने छठ पूजाको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिएको छ । छठघाटमा पुगेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्य भगवान्लाई अर्घ दिएका हुन् । साँझ विराटनगरको सिंघिया,...

प्रदेश १ मा आज ४०९ जना संक्रमित थपिए

विराटनगर, २५ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार एक सय ४ जनाको पीसीआर परीक्षण गर्दा एक सय ३२ महिला र दुई सय ७७ जना...

महिलाको चरित्र हत्या गर्दै भिडियो प्रसारण गर्ने चार युट्युबे पक्राउ

काठमाडौं, १३ असोज । महिलाको चरित्रहत्या हुनेगरी भिडियो प्रसारण गर्ने चार युट्युबर पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङका २१ वर्षीय प्रदीप भण्डारी, सराइचुली मिडिया युट्युब च्यानलका सञ्चालक पिंकला कार्की...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्