स्पार्क हस्पिटल सातौं वर्षमा, १० पुसमा वृहत निः शुल्क स्वास्थ्य शिविर गर्दै

 न्यूज विराट
स्पार्क हस्पिटल सातौं वर्षमा, १० पुसमा वृहत निः शुल्क स्वास्थ्य शिविर गर्दै

विराटनगर । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथरोपी हस्पिटल सातौं वर्षमा प्रवेश गरेको छ । सातौं वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी गरेको छ ।

हस्पिटलले वार्षीकत्सवको अवसर पारेर पुस १० गते अस्पताल परिसरमा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । विहान ९ देखि साझ ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकत्सकहरूबाट स्वास्थ्य परीक्षण हुने अस्पतालका अध्यक्ष रूपेश अधिकारीले जानकारी दिए ।

शिविरमा प्यारालाइसिस, हड्डी खिइएको, नशा च्यापिएको, बाथ, युरिक एसिड बढेर हुने दुःखाई, घुँडा जोर्नीहरु दुख्ने, गर्दन, ढाड एवं कम्मर दुख्ने, डिस्क प्रोल्याप्स, शरीर पोल्ने, झमझमाउने, लाटो हुने, मुख बाङ्गिगएको, स्पोर्टस् इन्जुरी, हड्डी भाँचिएपछि चाहिने रिह्याबिलिटेशन र अन्य हाड जोर्नी तथा नशासम्बन्धी रोगहरू उपचार हुनेछ ।

शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट निःशुल्क जाँच हुनुको साथै शिविरमा आउने विरामीलाई आवश्यक औषधी पनि निःशुल्क बितरण हुनेछ । दुर्गम क्षेत्र तथा ६० वर्ष माथिका विारमीहरुलाई २५ प्रतिशत छुट, शिविरमा जाँच गरिएका विरामीलाई उपचारमा २० प्रतिशत छुटको व्यवस्था र भर्ना गर्नु पर्ने विरामीलाई बेड तथा उपचारमा ३० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।
विशेषज्ञ चिकित्सकहरू उपचार हुदै आएको स्पार्कमा बिना अपरेशन हानीरहित प्रविधिबाट उपचार गर्दै आएको छ ।
सातौं वार्षिकत्सवको अवसर पारेर रक्तदान कार्यक्रम पनि पुस १० गते राखेको हस्पिटलले जनाएको छ । प्रत्येक वार्षिकत्सवमा हस्पिटलले विभिन्न सामाजिक कार्यसँगै विरामी मैत्री सेवाहरू प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

अमेरिकन आइडलका प्रतिष्पर्धी दिवेशको समर्थनमा र्‍याली

काठमाडौं, २७ वैशाख-अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा र्‍याली गरिएको छ । यो सिजनको टप टेनभित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा ब्यानरसहित र्‍याली गरिएको हो । गायक दिवेश पोखरेलकी...

२४ घण्टामा थप ५९४ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १७ हजार नाघ्यो

काठमाडौं ३० साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५७५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म ४ लाख ९४ हजार ६१३ जनाको कोरोना...

आजदेखि बडादसैं समापन हुँदै

काठमाडौं, १४ कात्तिक-धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैं समापन हुँदैछ ।  आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष...

रुकुम घटनाः जनार्दन शर्माले अपराधीलाई बचाउन खोजेको भन्दै प्रतिनिधिसभामा चर्काचर्की

काठमाडौं, जेठ १३–रुकुमको घटनालाई लिएर संघीय संसदको प्रतिनिधिसभामा चर्काचर्की भएको छ । प्रतिपक्षी दलले संसद बैठक अवरुद्ध गरेपछि बोल्ने क्रममा सत्ता पक्ष सांसदले वडा अध्यक्षको बचाउ गरेपछि प्रतिपक्षी सांसदले विरोध जनाएका थिए । सत्तारुढ नेपाल...

दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु

बुटवल, कात्तिक १ । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा डुवेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका ४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।...

विपक्षी गठबन्धनका शीर्ष नेता अदालत जाँदै

काठमाडौं, ९ जेठ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै विपक्षी गठबन्धनका नेता आज सर्वोच्च अदालत जाने भएका छन् । प्रतिनिधिसभा विघटन...

आज ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २० साउन-आज देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको...

सीमा नाका खुल्ला गर्न माग गर्दै सीमा क्षेत्रमा धर्ना

विराटनगर, २० मंसिर–कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले बन्द गरेको नेपाल–भारत सीमा नाका खोल्नुपर्ने माग गर्दै सीमा क्षेत्रका स्थानीयले अनिश्चीत कालिन धर्ना सुरु गरेका छन् । नेपाल भारत खुल्ला सीमा सम्वाद समुहले भारतीय नाकासँग जोडिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्