कृषकलाई मकैको बिऊ र जिङ्क वितरण

 न्यूज विराट
कृषकलाई मकैको बिऊ र जिङ्क वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले अनुदानमा कृषकहरूलाई मकैको बिऊ जिङ्क वितरण गरेको छ । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बिऊ वितरण गरेको हो ।

महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले आइतबार एक कार्यक्रमको आयोजना गरेर हाब्रिड मकैको बिऊ र जिङ्क वितरण गरेको छ । कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलले कृषक समूहलाई बिऊ र जिङ्क वितरण गरेका थिए ।

कार्यक्रममा मेयर कोइरालाले अव्यवस्थित सहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएको बताए । उनले रासायनिक मलका कारण उत्पादत्वमा ह्रास आएको चर्चा गरे । उनले प्राङ्गारिक र जैविक मलको प्रयोग बढाएर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए । विराटनगर १९ का वडाध्यक्षसमेत रहेका श्याम घिमिरेले जथाभावी रासायनिक मलको प्रयोगले उत्पादन घट्नुका साथै जमिनको उर्बरा शक्तिमा कमी आइरहेको बताए ।

महानगरले २६ वटा कृषक समूह र सहकारी कृषि फर्मका ३३९ घरधुरीलाई १ हजार १७६ मकैको बिउ, ८ हजार ३३३ केजी जिङ्क वितरण गर्नेछ । सो बिउबाट ५४ दशमलव ६२ हेक्टर र जिङ्कले ५२ दशमलव ३२ हेक्टर क्षेत्रफलमा खेती गर्न सकिने कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिए ।

तेलहन बाली पकेट कार्यक्रमअन्तर्गत तोरी बालीका लागि विराटनगर–१९ मा साना किसान कृषि सहकारी संस्था र मकै पकेट कार्यक्रम विराटनगर–१८ मा समावेशी कृषक समूहमार्फत सञ्चालनमा रहेको छ ।

सम्बन्धित समाचार

परोपकार अभियान समूह विराटनगरद्वारा तीन जना सम्मानित

विराटनगर, ७ चैत । परोपकार अभियान समूह विराटनगरले तीन जनालाई सम्मान गरेको छ । परोपकार अभियान समूहको १४ औं बार्षिक साधारणसभाका अवसरमा शनिबार विराटनगरमा तीन जनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा उपभोक्ताको हक हितमा...

राजीनामा फिर्ता लिन भीम रावलमाथि चर्काे दवाव

काठमाडौं, साउन ६ । एमाले उपाध्यक्ष भीम रावललाई संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिन गृह प्रदेशका सांसदले चर्काे दबाब दिएका छन। नेकपा एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्य काठमाडौं नै आएर रावललाई राजीनामा फिर्ता...

इलाममा थप १७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

इलाम, १७ साउन-इलाममा सशस्त्र प्रहरीका १७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । ४० सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही...

ओली-प्रचण्डको कुर्सीको नयाँ व्यवस्थापन

काठमाडौं, २० वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कुर्सी...

भोलिदेखि रेडियो र टेलिभिजनबाट पढाइ

काठमाडौं, ३२ जेठ-कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट...

काठमाडौंकी कोरोना संक्रमित महिला चन्द्रागिरी नगरपालिका निवासी

काठमाडौं, ३१ वैशाख-मंगलबार काठमाडौंमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिकाकी रहेको खुलेको छ । उनी र मंगलबार नै संक्रमण देखिएका भक्तपुरका २ जनालाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेकाे छ ।...

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता

विराटनगर । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा विराटनगरको डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन अन्तर्गत इन्ट्रयाक्ट क्लब डिएभी र डिपिएसको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो । ‘माबाइल फोन...

न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने, सचेतनासँगै स्वास्थ्य उपचारमा सौलियत दिने

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने भएको छ । चैत १३ गते पर्ने ‘वर्ल्ड पर्पल डे’ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ‘वर्ल्ड पर्पल डे’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्