सेन्ट्रल मलमा फिटनेसका लागि जुम्बा खुल्दै

 न्यूज विराट
सेन्ट्रल मलमा फिटनेसका लागि जुम्बा खुल्दै

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलको पहिलो तलामा जुम्बा डान्स संचालनमा आउने भएको छ ।

दक्ष प्रशिक्षकबाट सिकाइने जुम्मा डान्स सेन्ट्रल मलमा चाँडै संचालनमा आउने सेन्ट्रल मलका प्रबन्धक निर्देशक बिकास चौधरीले जानकारी दिए ।

सेन्ट्रल मलमा संचालन हुने जुम्बामा दक्ष प्रशिक्षकहरूबाट सिकाइने उनले बताए । ‘जुम्बा डान्स मुभमेन्टबाट गरिने फिटनेस थेरापी हो । यो शारीरिक तथा मानसिक स्वास्थ्यका लागि प्रभावकारी मानिन्छ । हरेक व्यक्तिले आफ्नो उमेर र अवस्था हेरेर विभिन्न जुम्बाका फर्मुला अपनाउन सक्छन् ,’ उनले भने ।

जुम्बा डान्सको समय १ घन्टाको हुने गर्छ । सेन्ट्रल मलमा सुरु हुने जुम्बा विहान र साझमा हुने बताइएको छ । एक घन्टा जुम्बा गर्दा आठ सयदेखि एक हजार क्यालोरी घटाउन सकिन्छ । गीतको तालमा डान्स गर्ने भएकाले वर्कआउट गरेको जस्तो अनुभव हुँदैन । फलस्वरूप छोटो समयमा नै तौल नियन्त्रणमा ल्याउन सकिन्छ । बच्चादेखि वृद्धवृद्धाले सजिलै जुम्बा गर्न सक्छन् । जुम्बापछि तनावमुक्त भइन्छ । यसले शरीरमा एकप्रकारको ऊर्जा दिने गर्छ । आलश्यपना, तनाव घटाउँछ । युरिक एसिड, थाइराइड, मुटुरोगलगायत समस्या कम गर्न जुम्बा प्रभावकारी मानिन्छ ।

सम्बन्धित समाचार

४५ जना क्वारेन्टाइनबाट भागे

बुटवल, ४ जेठ-प्रदेश ५ का तराइका जिल्लामध्ये कोरोनाको इपीसेन्टर मानिएको कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका नागरिकहरू भागेका छन् । जिल्लाको यसोधरा गाउपालिका-८ का २ वटा क्वारेन्टाइनबाट ४५ जना नागरिक भागेको गाउपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयले पुष्टि गरे...

संक्रमितको संख्या २५८ पुग्यो आज थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं, जेठ २-नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरूमा मकवानपुर निवासी ३७...

राष्ट्रियसभामा कांग्रेसको अवरोध

काठमाडौं, फागुन ८–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको राष्ट्रियसभा बैठकमा अवरोध गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले सदनमा अवरोध गरेको हो । कांग्रेसको...

प्रदेश २ मा ५० वटा भेन्टिलेटर र २ वटा पीसीआर थप्न निर्देशन

कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिले प्रदेश २ भरिमा ५० वटा भेन्टिलेटर र २ वटा कोरोनाको परीक्षण गर्ने मेसिन पिसिआर थप्न निर्देशन दिएको छ । मुख्यमन्त्री लालबाबु राउत संयोजकत्वको निर्देशक समितिले आज सो निर्देशन...

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

एजेन्सी, १३ असार । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै...

कोरोनाकाे इपीसेन्टर बन्दै दैलेख, ८७ संक्रमित गाउँमै

दैलेख, २५ जेठ-दैलेख कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न यहाँका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यलयले नारायण नगरपालिका र दुल्लु नगरपालिकालाई निषेधाज्ञा...

ओली समूहले निर्वाचन आयोगलाई भन्यो : दल दर्ता प्रक्रिया अघि बढाउनुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्नुको विकल्प नभएको भन्दै...

बजेट अधिवेशन सुरु हुनुअघि नेकपाका नेताहरूको बालुवाटार छलफलमा

 काठमाडौं, २६ वैशाख-सत्तारूढ दल नेकपाका नेताहरू बालुवाटारमा छलफल गरेका छन् । बजेट अधिवेशन सुरु हुनुभन्दा पहिला संसदीय दलको बैठक बस्ने चलन छ । तर, अहिले त्यस्तो बैठक बस्न सम्भव नभएकाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड',...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्