विराट एक्स्पो, प्रदेश १ को पर्यटकीय स्थलको छुट्टै पेभिलियन

 न्यूज विराट
विराट एक्स्पो, प्रदेश १ को पर्यटकीय स्थलको छुट्टै पेभिलियन

विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पर्यटकीय क्षेत्रलाई विगतमाभन्दा भिन्न किसिमले प्रवद्र्धन गरिने भएको छ ।
थ्रिडी भिआर प्रविधिको प्रयोग गरी आकर्षक तरिकारले प्रदेश १ का पर्यटकीय स्थलहरूको भिडियोग्राफिको माध्ययमबाट प्रवद्र्धन गरिने भएको हो ।

एक्स्पोमा अत्याधुनिक प्रविधिको प्रयोग गरिने हुँदा आगन्तुकहरूले प्रदेश १ का पर्यटकीय स्थलहरूलाई नजिकबाट नियाल्न सक्ने छन् । प्रदेशको पर्यटकीय स्थलहरूलाई प्रविधिमार्फत नजिकबाट नियाल्न चाहने आगन्तुकहरूलाई लक्षित गरी छुट्टै पेभिलियनको व्यवस्था गरिएको विराट एक्स्पोका प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले बताए ।

राठीका अनुसार एक्स्पोमा थ्रिडीआर प्रविधिको माध्ययमबाट सगरमाथा बेश क्याम्प, कञ्चनजंघा बेस क्याम्प, ग्योको लेक, पाथीभर क्षेत्रको दृश्यावलोकन तथा धार्मिक टूर गर्न सकिने छ । यस्तै होलोग्राम प्रविधिका माध्ययमबाट समेत भर्चुअल रियालिटीमा बराह क्षेत्र, तीनजुरे मिल्के तथा पाथीभराका दृश्यहरू अवलोकन गर्न सकिने छ । राठीका अनुसार प्यागोडा शैलीमा आकर्षक डिजाइनसहित निर्माण गरिने पर्यटन पेभिलियनमा प्रदेश १ का विभिन्न पर्यटकीय गन्तव्यहरूको जानकारी राखिने छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को पर्यटन समितिकम संयोजक भविशकुमार श्रेष्ठले प्रदेश १ का धार्मिक, सांस्कृतिक, प्रकृतिक पर्यटकीय स्थलहरूका बारेमा एकै थलोमा जानकारी दिइने बताए । उनले पर्यटनका लागि छुट्टै पेभिलियन बनाएर आगन्तुकहरूलाई पर्यटकीय स्थलबारे विस्तृत जानकारी दिइने स्पष्ट पारे ।
एक्स्पोमा राखिने पर्यटन पेभिलियनमा पर्यटन व्यवसायीको संस्था होटल एशोसिएसन, टूर अपरेटर एशोसियसनलगायतका संस्थाहरूले माउण्टेन फ्लाइट तथा प्रदेश १ का विभिन्न गन्तव्यहरूको टूर प्याकेज उपलब्ध गराउने आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।

सम्बन्धित समाचार

प्रहरीलाई सफलता, विराटनगरबाट १८९ केजी गाँजासहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बोकेका दुईवटा कारसहित चारजनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । सोमबार राती छुटा छुट्टै दुई स्थानबाट १८९ केजी गाँजा सहित चार जनालाई पक्राउ गरेको हो । लागु औषध...

देशभर थपिए ४४९९ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित

काठमाडौं ७ कात्तिक-पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमूना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको...

एभरेष्टमा चाडपर्व उत्सव सम्पन्न

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज नेपालीहरुका महानपर्वहरूको अवसर पारेर चाडपर्व उत्सव मनाइएको छ । बडादशैं, तिहार, नेपाल सम्बत, छठ तथा इद लगायतका विभिन्न धर्मावलम्बीहरुले मान्ने महान पर्वहरूको सँस्कृति झल्किने गरि उत्सव मनाइएको...

जनकपुरमा रूघाखोकीको बिरामी देख्नेबित्तिकै डाक्टर डराउन थाले

जनकपुरमा रूघाखोकीको बिरामी हेर्नेबित्तिकै चिकित्सकहरू उपचार गर्न डराउन थालेका छन् । अस्पतालमा भर्नासम्म गरिएको छैन । यही डरका कारण धनुषाधामको मुलाबारीकी ४५ वर्षीया मरनीदेवी सदालाई प्रादेशिक अस्पतालसम्मले भर्ना गरेनन् । सदा शुक्रबार बिहान सिकिस्त बिरामी...

लकडाउन खुलेको ३ महिनापछि मात्रै कर तिर्न सक्छौँ : चेम्बर

काठमाडौं, २० जेठ-नेपाल चेम्बर अफ कर्मशले तत्तकाल सरकारलाई कर तिर्न असमर्थ भएको जनाएको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र सबै किसिमका कर बुझाउनको लागि मंगलबार सूचना जारी गरेपछि चेम्बर असमर्थ रहेको जनाएको हो...

कोरोना निको भएपछी डाक्टरले फूल दिएर विदा गरे

एजेन्सी, चैत १३-भारतको महाराष्ट्रमा कोरोना भाइरस संक्रमित एक परिवार पूर्ण रूपमा निको भएको छ । परिवारका चार सदस्यमध्ये तीन जनामा कोरोनाको संक्रमण भएको थियो । अस्पतालबाट उनीहरू बुधबार साँझ ४ बजे घर फर्किएका छन् ।...

६७ औँ सहकारी दिवस एकिकृतरुपमा मनाइदै, विराटनगरमा शुक्रबार निकालियो मोटरसाइकल र्याली

विराटनगर । यसपटक विराटनगरमा जिल्लस्तरीय बृहतरुपमा ६७ औँ सहकारी दिवस मनाउन लागिएको छ । ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने मुल नाराका आगामी चैत २० गते सहकारी दिवस मनाउन लागिएको हो ।  राष्ट्रिय सहकारी दिवसलाई...

टि–२० क्रिकेट प्रतियोगिता : मोरङलाई ६ रनले हराउँदै इलामको रोमाञ्चक जित

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा मोरङ जिल्लालाई हराउँदै इलामले रोमाञ्चक जित निकालेको छ ।विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा मोरङलाई ६ रनले स्तब्ध बनाउदै इलामले रोमाञ्चक जित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्