विराटनगरमा ब्यूटि पार्लर तालिम सुरू

 न्यूज विराट
विराटनगरमा ब्यूटि पार्लर तालिम सुरू

विराटनगर । विराटनगर महानगरपालिका ४ मा एक महिने ब्यूटिपार्लर तालिम सुरू भएको छ । सिक्वीन ब्यूटि पार्लरको आयोजना र विराटनगर महानगरपालिका ४ नं. वडाको आर्थिक सहयोगमा ब्यूटि पार्लर तालिम सुरू भएको हो ।

ब्यूटिपार्लर तालिमको उद्घाटन विराटनगर ४ का वडाअध्यक्ष जितेन थापाले गरे । उनले कार्यक्रममा बोल्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमलले ठुलो सहयोग पुग्ने बताए । उनले आगमी दिनमा महिलाहरुलाई आत्मनिर्भर बनाउने क्षमता अभिवृद्धीमा पनि वडा कार्यालय अगाडी बढने बताए । कार्यक्रममा विराटनगर ४ नं. वडाका वडा सदस्य सरीता घिमिरेले घरको चुलोचौकमा व्यस्त रहने महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमलले सहयोग पुग्ने बताइन् ।
महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले ब्युटिपार्लर तालिम दिएको सिक्वीन ब्यूटि पार्लरका संचालक तथा ब्यूटिसियन कला डाँगीले बताइन् । तालिमको प्रशिक्षक ब्यूटिसियन कला डाँगी र बीना अधिकारी रहेकी छिन् । तालिममा ३० जना महिलाहरूको सहभागि रहेको छ ।

सम्बन्धित समाचार

कोरोना प्रभावित कृषकलाई ४ महिनाको ब्याज अनुदान

जनकपुर, ४ साउन-प्रदेश २ सरकारले कोरोनाबाट प्रभावित धनुषा जिल्लाका कृषकलाई राहतस्वरूप ४ महिनाको ब्याज अनुदान प्रदान गरेको छ । ऋणी कृषकलाई राहतस्वरूप वित्तीय संस्थाको ब्याज बुझाइदिने नीतिअनुसार सरकारद्वारा सो अनुदान दिइएको हो । सो नीतिअनुरूप जिल्लाका...

रोटरीले निर्माण गरेको विद्यालय भवन हस्तान्तरण

विराटनगर । विराटनगरका विभिन्न तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर टाउनडाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता...

नेपाल प्रहरीमाथि जाइ लाग्ने चिनियाँ नागरिकलाई मुद्दा लगाइने

 काठमाडौं, २७ वैशाख-सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने ४ चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरूलाई आइतबार अभद्र...

आज ३५५६ संक्रमित थपिए, १५०३ जना डिस्चार्ज

काठमाडौं, २७ असोज-गत २४ घण्टामा नेपालमा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ५ सय ७७ को पीसीआर गर्दा आज ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि...

प्रदेश १ मा ५ संक्रमित थपिए

विराटनगर, ३१ असार –प्रदेश १ मा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । ३ पुरुष र २ महिलामा संक्रमण देखिएको छ । आज संक्रमण देखिएकामा इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको...

झापामा हात्ती धपाउन घरेलु प्रविधिको बन्दुकको प्रयोग बढ्दै

झापा,  २ असोज-झापामा जङ्गली हात्ती धपाउन क्याल्सियम कार्बाइड प्रयोग गरेर पड्काइने घरेलु प्रविधिको बन्दुकको प्रयोग बढेको छ । गोली र बारुद प्रयोग नहुने यो प्रविधिको सस्तो र सजिलो बन्दुकले भयङ्कर आवाज मात्र निकाल्ने भएको हुँदा...

चर्चित र्‍यापर क्रिसमाथि याैन अपराधकाे आरोप, ११ कम्पनीले रद्द गरे सम्झाैता

चीनका एक होनहार कलाकार क्रिस वूमाथि यौन उत्पीडनको गम्भीर आरोप लागेको छ । चिनियाँ-क्यानाडेली र्‍यापर क्रिसमाथि १९ वर्षीया डू मीजुले यस्तो आक्षेप लगाएकी हुन् । यो महिनाको सुरुमा डू मीजुले सामाजिक सञ्जालमार्फत क्रिसको व्यविचार र हिंसक...

प्रतिनिधिसभा विघटन असंवैधानिकः नेता आचार्य

विराटनगर, २५ पुस-नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ (ख)ले विराटनगर स्थित हाटखोला मैदानमा विरोधसभा आयोजना गरेको छ । कांग्रेसको देशव्यापी आन्दोलनको क्रममा मोरङ क्षेत्रनम्बर ४(ख)मा पनि बिरोध सभाको आयोजना गरिएको हो । सभामा नेपाली कांग्रेसका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्