उद्योगी राठीलाई बन्धक बनाएर १५ लाख असुली प्रकरण, निष्पक्ष छानवीन गरी कारवाही गर्न माग

 न्यूज विराट
उद्योगी राठीलाई बन्धक बनाएर १५ लाख असुली प्रकरण, निष्पक्ष छानवीन गरी कारवाही गर्न माग

विराटनगर । विराटनगरका उद्योगी अरुण कुमार राठीलाई आफ्नै व्यापारिक साझेदारले बन्धक बनाएर १५ लाख रुपैयाँ फिरौति मागेको घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कडा कारावही गर्न पूर्वका तीन वटा व्यवसायिक संस्थाले माग राखेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेल, व्यापार संघ मोरङका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ, प्रदेश नं.१ का अध्यक्ष भीम घिमिरले मंगलबार संयुक्त विज्ञाप्ती जारी गर्दै यस्तो माग राखेका हुन् ।

‘मुलुकको आर्थिक मेरुदण्डीय औद्योगिक, व्यवसायिक गतिविधिमा आवद्ध सुपरिचित करदाता, रोजगारदाता एवं जनप्रतिनिधित्वका लागि समेत अग्रसर राठी माथी दिनदहाडै गरिएको त्यस प्रकारको हिंसक एवं अराजक दुव्र्यवहार निन्दनीय रहेकोले हामी त्यसको घोर भत्र्सना गर्दछौँ,’ तीन व्यवसायीक संगठनले संयुक्त रुपमा जारी गरिएको विज्ञाप्तीमा उल्लेखछ ।

व्यावसायिक साझेदार नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक ३१ वर्षीय सैहैन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताबले राठीलाई १४ मंसिरमा बन्धक बनाएर १५ लाख रुपैयाँ असुली गरेको आरोप छ । नेपाल टाइम्सको पुरानो अपिसमा लगेर बन्दक बनाएर कुटपिट गर्दै १५ लाख रूपैयाँको चेक काट्न बाध्य पारेको राठीले बताएका छन् । घटनाको भएको चार दिनपछि राठीले आइतबार खत्ताबविरूद्ध मोरङ प्रहरीमा अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गराएका छन् । जाहेरी परेपछि प्रहरीले खात्तबलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेपछि आइतबार पक्राउ गर्न अनुमति दिएको छ ।
पक्राउ अनुमति पाएको दुई दिन बितिसक्दा पनि प्रहरीले आरोपीलाई पक्राउ गरेको छैन ।

सम्बन्धित समाचार

मदर मैरी स्कुलले मनायो रजत जयन्ती

विराटनगर । विराटनगर – १५ दिपज्योती टोलमा रहेको मदर मैरी ईङलिस स्कुलले रजत जयन्ती मनाएको छ । ।स्कुल परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी रजत जयन्ती मनाएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि धनपालथान गाउँपालिका अध्यक्ष...

ड्युटीमा खटिएका प्रहरीमाथि व्यापारीले गरे दुर्व्यवहार

जनकपुरधाम,३० चैत-जनकपुरधामको महावीर चोकमा प्रहरी र व्यापारीबीच विवाद भएको छ । व्यापारीले प्रहरीमाथि दुर्व्यवहार गर्नुका साथै १ जना असइको मोबाइल समेत फोडिदिएका छन् । आइतबार बिहान लकडाउनको पालना नगरी महावीर चोकमा मोटरसाइकलमा मास्क नै नलगाई...

शिक्षादीप कलेजका साढे ११ सय विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षादीप कलेजले कक्षा १२ को परीक्षा दिएका साढे ११ सय विद्यार्थीलाई विद्याई गरेको छ । विज्ञान संकायका ८ सय र व्यवस्थापन संकायका ३५० जना विद्यार्थीहरुलाई कलेजले एक भव्य...

मोरङको उर्लाबारीमा पनि एमालेको अग्रता

विराटनगर, ३१ वैशाख । मोरङको उर्लाबारी नगरपालिकामा पनि नेकपा (एमाले) ले अग्रता लिएको छ । २०२ मत गणना हुँदा मेयर, उपमेयर दुवै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका हुन् । मेयरमा एमालेका गंगा खरेलले एमालेका गंगा...

विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

विराटनगर । विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । आइतबार एक कार्यक्रम आयोजना गरी विराटनगर महानपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषिणा गरिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको विशेष...

विराटनगरमा संचालनमा आयो सृजा मेकअप एण्ड नेल स्टुडियो

विराटनगर । विराटनगर – २ मुनालपथस्थित सृजा मेकअप एण्ड नेल स्टुडियो संचालनमा आएको छ । करिब २२ लाख रुपैयाँ लागतमा बुधबार एक कार्यक्रमको बीच सृजा मेकअप एण्ड नेल स्टुडियो संचालनमा आएको हो । उक्त स्टुडियोको...

चाडपर्व लक्षित प्रहरीको सुरक्षा, सीमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी चेकिङ कडा

बिराटनगर । बिराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०“ अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी...

कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु, ५ हजार संक्रमित

काठमाडौं, २१ वैशाख-विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्