विराट एक्स्पोको तयारी पुरा, ३६१ वटा स्टल रहने

 न्यूज विराट
विराट एक्स्पोको तयारी पुरा, ३६१ वटा स्टल रहने

विराटनगर । सातौं संस्करणको विराट एक्स्पोको तयारी पुरा भएको छ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा हुन लागेको एक्स्पोको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

उद्योग संगठन मोरङको आयोजनामा हप्तादिनसम्म संचालन हुने एक्स्पोमा ३ सय ६१ वटा स्टल रहने भएको छ । पेभिलियनका ४ वटा स्टल रहने भएको छ । यस्तै प्रयोजकको १०, उद्योग संगठन मोरङ कार्यसमिति परिसरको ३४, औद्योगिक कन्जुमन प्रोडक्टका ७५, कृषि तथा साना घरेलु एवं सूचनामुलक परिसरका ७५, नाडा र अटोमोबाईल परिसरको २० वटा र खाद्य परिसरको १० वटा स्टलहरू रहने भएको छ ।

एक्स्पो अवधिभर माउन्टेन फ्लाइटको व्यवस्था पनि गरिएको छ । एक्स्पो अवधिभरी तीन वटा फ्लाइट गर्ने तयारी गरिएको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । ‘माउन्टेन फ्लाइटको बुकिङ्ग पनि भइसकेको छ,’ उनले भने, ‘विराटनगरबाट दिर्घकालिन रूपमा माउन्टेन फ्लाइटको व्यवस्था गर्नको लागि पनि हामीले एक्स्पोमा माउन्टेन फ्लाइट राखिएको हो ।’

एक्स्पोको मुख्य आकर्षक आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका बिषयगत मुद्दाहरुमा नीतिगत छलफल, अनुभव आदानप्रदान, नवीतम सोच भएका युवा उद्यमीको स्टार्टअप कर्नरका लागि छुट्टै पेभिलियन, प्रदेश आर्थिक वृद्धि तथा लगानी सवलीकरणका लागि एसियन फउण्डेसन र प्रदेश नागरिक विकास बोर्डसँग सहकार्यमा लगानी सम्मेलन, प्रदेश १ मा लगानीका सम्भावना भएका कुराको प्रदर्शनीको छुट्टै पेभिलियन रहने एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिए । त्यसैगरी, पहिलो पटक एक्स्पोमा रोबटसँग प्रत्यक्ष संवाद गर्ने मौका मिल्ने छ । थ्रीडी भर्चुयल टुरमार्फत प्रदेश १ को प्रख्यात पर्यटकीय क्षेत्र सगरमाथाको बेस क्याप, गुफा पोखरी, पाथीभरा मन्दिरलगायत हेर्न सकिन्छ ।

यस बाहेक पर्यटकीय गन्तब्यको जानकारी, स्थानीय खाना उत्सव, दैनिक साँगीतिक कार्यक्रम छ भने यस्ता कार्यक्रमहरुमा स्थानीय कला संस्कृति एवं कलाकारहरुलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै कला संस्कृतिको प्रस्तुति हुनेछ । साथै राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको समेत सहभागिता हुन्छ । एक्स्पोमा फेशन शो र विराट एक्स्पो सिंङ्गिङ आइडल प्रतियोगिता पनि हुने भएको छ । उक्त प्रतियोगिताको लागि मंसिर २२ गतेबाट आवेदन खुल्ला गरिएको छ । यो प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी रहने भएकी छिन् ।
एक्स्पोमा रोजगार दाता र रोजगारको खोजीमा रहेकाहरुबीच प्रत्यक्ष भेटघाटका लागि छुट्टै पेभिलियन रहेको छ । एक्स्पोमा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकतामा राख्दै भारत, बंगलादेश, पाकिस्तानलगायतका मुलुकको उत्पादनको प्रदर्शनी रहेको छ । एक्स्पोमा भारत बिहारको सीमावर्ती क्षेत्रबाट समेत गरी करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । एक्स्पोमा साढे ३ करोड रुपैयाँ खर्च हुने संयोजक दुलाले बताए । एक्स्पो सकिएको महिनादिन भित्रमा हिसाव सार्वजानिक गर्ने उनले बताए ।
आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यका साथ उद्योग संगठन मोरङले ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना गरेको हा । आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ एक्स्पो हुन लागेको हो ।
स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै उद्योग व्यवसाय क्षेत्रको व्यवसायीक विकासमा योगदान पु¥याउन संगठनले २०५३ सालमा कोशी महोत्सवबाट सुरु गरेको हो । २०५६ सालमा पूर्वाञ्चल व्यापार मेला, २०६२ सालमा कृषि यान्त्रिक तथा प्रविधि प्रदर्शनी भएको थियो । प्रदर्शनीको ऐतिहासिकताको निरन्तरता स्वरुप संगठनले समयानुकुल परिमार्जन तथा परिस्कृत गर्दै २०६६ सालदेखि २ वर्षको अन्तरालमा ‘विराट एक्स्पो’ गर्दै आएको छ ।

सम्बन्धित समाचार

भारतले सडक निर्माण गरेपछि कालापानी क्षेत्रमा बिओपी स्थापनाको तयारी

दार्चुला, २८ वैशाख-दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मंसिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो...

प्याब्सन प्रेसिडेन्ट कप : मोरङका ८ स्कुल क्वाटरफाइनलमा

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत भएको प्याब्सन प्रेसिडेन्ट कप यू– १५ फुटबल प्रतियोगितामा ८ वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगरको जुट मिल र डिग्री क्याम्पसको खेलमैदानमा बिहीबार भएको खेलमा विराटनगरको...

आरडीटीमा पोजेटिभ देखिएकी पोखराकी महिलामा देखिएन कोरोना संक्रमण

पोखरा, ४ वैशाख-आरडीटीमा शंकास्पद देखिएकी पोखराकी महिलाको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको छ । पोखरा महानगरपालिका–१२ ठिकालेथरकी ५५ वर्षीया महिलाको आरडीटी किटले परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । मंगलबार पोखरा महानगरपालिका–१० र १२...

थप ९ सय ८० जनामा कोरोना पुष्टि, नाै जनाकाे मृत्यु

काठमाडाैं, २१ भदौ-पछिल्लाे २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणअनुसार नेपालमा थप ९ सय ८० जनामा कोरोना भाइरस (काेभिड-१९) को संक्रमण पुष्टि भएकाे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घन्टामा थपिएका...

१ बालिकासहित थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं, २३ वैशाख-नेपालमा १ बालिकासहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३ पुरुष, ३ महिला र १ बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

स्थानीय चुनाव : ६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी

स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । ७ सय ५३ वटा स्थानीय...

कोरोनाभाइरसको मनोवैज्ञानिक असर समाधान गर्न परामर्श कार्यक्रम

पोखरा, जेठ २५-गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण सर्वसाधारणमा परेको मनोवैज्ञानिक असर समाधान गर्न मनोवैज्ञानिक परामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले कोरोना संक्रमणको रोकथाम र...

रोकीएको पिकअप पछाडी सर्दा किचेर एक जनाको मृत्यु

विराटनगर, ८ असोज । इलाम माइजोगमाइ गाऊपालिका ५ सोयाङ गणेश गोलाइ स्थितमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिर बहादुर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्