विराटनगरमा २१ वर्षपछि नेपथ्य, उत्रियो जनसागर (फोटो फिचर)
शनिबार, १७ मंसिर, २०७९,
न्यूज विराट
विराटनगर । नेपाली सांगीतिक क्षेत्रमा बेग्लै उचाई र विशिष्टता कायम गर्न सफल सांगीतिक समुह नेपथ्यले विराटनगरमा आयोजित कन्सर्टमा धमका मच्चियो । कार्यक्रममा यसपटक कीर्तिमानी दर्शकको उपस्थिति थियो । विराटनगरस्थित हाटखोला मैदानमा भएको कन्सर्टमा नेपथ्यको सांगीतिक प्रस्तुतीले भरपुर मनोरञ्जन लिए ।
मानवता प्रवद्र्धन जस्तो पवित्र उद्देश्य रहेकाले पनि विराटनगरमा भएको नेपथ्यको कार्यक्रम थप उत्साह देखिन्थ्यो ।
२१ वर्षपछि विराटनगर आएको नेपथ्यले शुक्रबार साँझ सङ्गीतमय बनायो । नेपथ्य व्याण्ड अनि त्यसका मुख्य गायक अमृत गुरुङले यसपाली विराटनगरबासीलाई मात्रै होइन सयौँ भारतीयहरुलाई समेत सङ्गीतमा झुमाउन सफल भए । उनको प्रस्तुति हेर्न भारतको सिक्किम, आसामबाट समेत सङ्गीत पारखीहरु ओइरिए ।
भरिभराउ भएको यहाँको हाटखोला मैदानमा उनले दुई दर्जन जति नयाँ, पुराना र चर्चित लोकपप गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिलाए । मंसिरको सुरूवातदेखि बढेको जाडोको कुनै प्रभाव नगरी तन्नेरी युवाहरुले धुलो उडाएरै नाचे । त्यसो त अमृत गुरुङको आफ्नो प्रस्तुति र हाउभाउ नै जुरुकजुरुक पार्ने खालको थियो । आफ्नै सङ्गीतमा गायक आफैँ चुर्लुम्म डुबेपछि दर्शकहरु हेरेर मात्रै बस्न सकेनन् ।
लगातार तीन घण्टा चर्चित गीत प्रस्तुत गरेका गायक गुरूङले अन्तिमसम्म उस्तै जोशिलो प्रस्तुति रहयो । त्यसैले संगीत पारखीहरुले अटुट रुपमा मनोरञ्जन लिएका थिए ।
शुरुमा उनले ‘भेडाको ऊनजस्तो…. गीतबाट आफ्नो प्रस्तुती आरम्भ गरे । त्यसपछि दर्शकको हुटिङले हाटखोला मैदान गुञ्जियो । वरपरका घरका छत बारहरु समेतमा भरिभराउ दर्शकले साथ दिएको हाटखोला मैदानमा उन दोस्रो गीत ‘छेक्यो छेक्यो…. , ‘उडायो रेलैले, जोमसोमे बजार, शिरफूल शिरैमा, यो जिन्दगी, गाउँगाउँबाट उठ…लगायतका गीत प्रस्तुत गर्दा स्वरमा स्वर मिलाउँदै सहभागिहरू छमछमी नाचे ।
गीतसङ्गीतको बीचबीचमा सन्देशमुलक शब्दहरु भनेर उनले सामाजिक सचेतना पनि जोगाए । ‘कसैले गर्न नसकेको काम मानवसेवा आश्रमले गरिरहेको छ, उहाँहरुलाई मुरिमुरी नमन छ,’ गायक गुरूङले भने, ‘यसमा दान गरेर पुण्य कमाउँनुहोस् ।’
उनले भर्खरै प्रतिनिधी र प्रदेशसभाको निर्वाचन सकिएकाले मानिसहरुको मन विभाजित भएको उल्लेख गर्दै त्यसमा भएको मनमुटाव त्याग्न आम नागरिकमा अपिल पनि गरे । त्यसपछि जब उनले स्टेजमा ‘जोगले हुन्छ भेट…. बोलको गीत प्रस्तुत गर्दा हाटखोला मैदान थप सङ्गीतमय बन्यो । दर्शकहरु वान्समोर, वान्समोर भन्दै झुम्मिए । ‘मैनाचे छमछमी… बोलको गीत प्रस्तुत युवाहरुको भिड बढेपछि सुरक्षाकर्मीलाई स्टेजको सुरक्षा दिनै हम्मे हम्मे भयो । त्यसपछि तालको पानी र रातो र चन्द्र सुर्य जस्ता कालजयी एबं राष्ट्रिय भावनाले ओतप्रोत गीत प्रस्तुत गर्दा दर्शकमा राष्ट्रप्रेम भाव झल्किएको थियो ।
विगत २१ वर्ष अघि विराटनगरमा शिक्षाका लागि कन्सर्ट गरेको स्मरण गर्दै गायक गुरुङले अहिले जो सडक आश्रित मानवहरु छन्, जसका कोही छैनन्, उनीहरुका लागि मानवसेवा आश्रमसँग सहकार्य गर्न पाएकोमा गर्व महसुस भएको बताए ।
उनले धन हुनेले नभइ मन हुनेले मात्रै सहयोग गर्न सक्ने भएकाले आश्रमको महान कामका जो सकिन्छ सहयोग गर्न मञ्चबाटै आव्हान गरे । अब मानवता प्रवद्र्धनका लागि यही १९ गते विरगञ्जको आदर्शनगर रङ्गशालामा नेपथ्य लाइभ कन्सर्ट हुँदैछ । यस्तै २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा सङ्गीतमार्फत मानवता प्रवद्र्धन कार्यक्रम हुने आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जनकारी दिए ।
यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र १६ गते काठमाडौँको भृकुटीमण्डपमा कार्यक्रम हुने पनि उनले बताए । कार्यक्रमले मानवसेवा आश्रममा आश्रितहरुका लागि सहयोग जुटाउनुका साथै आश्रमका देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा अक्षयकोष निर्माणका लागि सहयोग पुग्ने कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले बताए ।
उक्त आश्रममा हाल एक हजार ६०० सडकआश्रित मानवहरु संरक्षित छन् । देशका १९ जिल्लामा २३ शाखामार्फत सेवा गर्दै आएको आश्रमले आगामी २०८२ सालसम्ममा मुलुकका सडकपेटीमा बेवारिसे मानिसहरु नरहने अबस्था सिर्जना गर्ने योजना रहेको जनाएको छ ।
इलाम, २ असोज-इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । ५ जनाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ । कोरोनाका कारण बिरामीलाई औषधि...
काठमाडौं, ३ साउन-भारतको बनारसमा केही दिनअघि जबरजस्ती कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ । उनलाई स्थानीय हिन्दु सेनाका सदस्यले १ हजार भारतीय रुपैयाँ दिएर 'नेपाली' बनाएको रहस्य खुलेको हो । हाल प्रहरी अनुसन्धानमा...
जनकपुर, ३१ वैशाख-जनकपुरधाममा पनि १ पत्रकारसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा जनकपुरका १ पत्रकारसहित २ जनामा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले...
विराटनगर, असार १४–मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा कटहरी–५ स्थित भौँडाहामा पनि वृक्षारोपण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कटहरी गाउँ कमिटीको आयोजनामा वडा नं. ५ भौँडाहा स्थित दलित सामुदायीक भवन परिसरमा बृक्षारोपण गरिएको...
सुर्खेत, १९ वैशाख-१३१औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभकामना सन्देश दिँदै श्रमजीवि मजदुर वर्गका दैनिक जीविकोपार्जनसँग जोडिएका समस्या सामाधान गर्न आवश्यक कदम चाल्ने बताएका छन् । कोरोना भाइरसका कारणले लकडाउनमा परेका...
जनकपुरधाम, माघ २४-नेपाली कांग्रेसले प्रचण्ड–नेपाल समुहलाई अर्को झट्का दिएको छ । सयुक्त आन्दोलनका लागि पटक पटक कांग्रेसको दैलोमा पुगेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई कांग्रेसले अदालतको फैसला नआएसम्म केही हुन नसक्ने प्रतिक्रिया दिदै आएको...
विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...
विराटनगर, बैसाख ३–प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (¥यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण(पीसीआर) र किटबाट गरिने...