प्रदेश १ मा कसको सरकार ?

 न्यूज विराट
प्रदेश १ मा कसको सरकार ?

विराटनगर । निर्वाचन परिणाम आउने क्रम अन्तिम समयमा पुगेसँगै प्रदेश १ को सरकार कस्तो बन्ला भन्ने चर्चा सुरु भएको छ । कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा फेरि पनि मिलीजुली सरकार बन्ने अवस्था आएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरु मिलेर मात्रै पनि सरकार बन्न सक्ने संकेत देखिएको छैन ।
एमालेसहितको अर्को गठबन्धनको पनि यस्तै अवस्था छ । सरकार बनाउनका लागि दुबै पक्षलाई अरु दलको सहयोग आवश्यक पर्ने देखिएको छ ।

संघीय संसददेखि अन्य ६ वटै प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्ने अनुमानकाबीच प्रदेश १ मा भने अन्यौल कायमै छ । जसका कारण सत्ता गठबन्धन दलमा छटपटि सुरु भएको छ ।

५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएको ५५ वटा निर्वाचन क्षेत्रको परिणाममा सत्ता गठबन्धन केही सिटले अगाडि छ । तर, समानुपातिक मतमा एमाले र राप्रपाले लिएको अग्रताले सत्तापक्ष झस्किएको हो । सुनसरीको क्षेत्र नम्बर ३ (२) मा तगणना जारी छ । उक्त क्षेत्रमा एमालेले जितेको खण्डमा प्रत्यक्षमा एमाले–राप्रपा–जसपाको गठबन्धनको सिट संख्या २७ पुग्नेछ । यो समाचार तयार पार्दासम्म भने एमालेका उम्मेदवार रामदेव यादवले अग्रता लिएका छन् । काँग्रेसका उम्मेद्वार विन्देश्वर यादवलाई २१२ मतले पछि पार्दै एमाले उम्मेद्वार यादव अगाडी भएका हुन् । यादवले १० हजार ७५० मत ल्याएर अग्रता कायम राख्दा उनका प्रतिस्पर्धी विन्देश्वरले १० हजार ५३८ मत ल्याएर पछ्याउँदैछन् ।

काँग्रेसका उम्मेद्वार विजयी भए सत्ता गठबन्धनले प्रत्यक्षमा ३० सिट जित्ने देखिन्छ । यता सत्ता गठबन्धन दलहरु नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा २९ सिट जितिसकेका छन् ।
प्रदेशमा सरकार गठनका लागि आवश्यक संख्या ४७ चाहिन्छ । ९३ सदस्यीय प्रदेश १ प्रदेशसभामा ५६ प्रत्यक्ष र ३७ समानुपातिक प्रणालीमार्फत प्रदेश सांसद चुनिँदैछन् । प्रदेशसभामा प्रत्यक्षतर्फ २ सिटको अन्तर भएपनि समानुपातिक तर्फको मतमा देखिएको अग्रताले एमाले–राप्रपा–जसपाको गठबन्धनले बहुमत पाउने देखिन्छ ।

प्रदेश १ मा समानुपातिक मतमा एमाले पहिलो छ । कूल सदरमत १७ लाख १० हजार ९९७ मत गणना हुँदा सोमबार साझसम्म एमालेले ५ लाख ९८ हजार १८० मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ५ लाख १ हजार ७०३, राप्रपाले तेस्रो स्थानमा उक्लँदै १ लाख ८२ हजार ८९८मत पाएको छ । चौथो स्थानमा झरेको माओवादी केन्द्रले १ लाख ६७ हजार ६२६, जसपाले ५५ हजार २७६ मत पाएको छ । अन्य पार्टीहरुले थ्रेस होल्ड अर्थात् १ दशमलव ५ प्रतिशत मत कटाएका छैनन् ।

अहिलेको समानुपातिक मतप्रतिशतको आधारमा नेकपा एमालेले १४, नेपाली काँग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४–४ वटा, जसपाले २ र नेकपा एसले १ वटा सिट पाउने देखिन्छ । त्यही आधारमा अन्तिम परिणाम आए एमाले, राप्रपा र जसपाको गठबन्धनलाई समानुपातिक सिट २० वटा हुन्छ । प्रत्यक्षमा २६ सिट (सुनसरी ३ (२) काँग्रेसले जितेको खण्डमा) रहेको एमाले नेतृत्वको गठबन्धनले २० सांसद समानुपातिकबाट थप गरे उसको संख्या ४६ पुग्ने देखिन्छ ।

यता सत्ता गठबन्धनको भने सुनसरी ३ (२) काँग्रेसले जितेको खण्डमा प्रत्यक्षमा ३० भएसँगै समानुपातिक १७ सिट थप गर्दै ४७ सिट पुर्याउन सक्छ । सुनसरी ३ (२)को मतपरिणामले पनि सत्तापक्षको गठबन्धन या एमाले गठबन्धनमध्ये कसले सरकार कसले बनाउँछ भन्ने केहीहदसम्म निर्धारण हुने देखिन्छ ।

यसपटक बहालवाला मुख्यमन्त्री, प्रदेशका मन्त्रीहरु अनि पहिले संघीय संसदमा प्रतिनिधित्व गरिसकेका नेताहरु पनि मुख्यमन्त्री बन्ने योजनासाथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
कांग्रेसबाट मुख्यमन्त्रीका लागि केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर महानगरका पूर्वमेयर भीम पराजुली, प्रदेश १ समितिका सभापति उद्वव थापा, हालका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीलगायत चर्चामा छन् ।
प्रदेश सभापति थापाको नाम कांग्रेसको समानुपातिक सूचीको १ नम्बरमा छ ।

यसैगरी माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, मुख्यमन्त्रीका लागि चर्चामा छन् । हालका मुख्यमन्त्री एकीकृत समाजवादीबाट राजेन्द्र राई पनि दोहोरिन चाहन्छन् । एमालेबाट मुख्यमन्त्रीमा हिक्मत कार्कीको नाम चर्चामा रहेको छ ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनलाई विभिन्न २२ अवार्ड

विराटनगर, १२ आसार । विभिन्न सामाजिक कार्यहरु नियमित रुपमा गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन उत्कृष्ट बनेको छ । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणलगायत विभिन्न सामाजिक कार्यमा निरन्तर काम गर्दै आएको डाउनटाउन यस वर्ष उत्कृष्ट...

गणतन्त्र दिवसमा राष्ट्रपतिद्वारा २ सय ३३ कैदीको सजाय मिनाहा

काठमाडौं, १५ जेठ-गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २ सय ३३ जना कैदीको बाँकी कैद सजाय माफी मिनाहा दिएकी छन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर औसजाय निर्धारण तथा कार्यान्वयनओ ऐन २०७४...

कांग्रेसमा फेरि विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

काठमाडौं, फागुन २२–महाधिवेशन मिति सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिर २६ देखि पुस ११ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार र्गयो। सभापति शेरबहादुर देउवाले बहुमतबाट महाधिवेशन मितिलगायतका महत्त्वपूर्ण निर्णय गरे। पार्टी सभापति...

चालक संघको वार्षिक उत्सवमा विराटनगरमा रक्तदान

विराटनगर । हाम्रो संयुक्त निजि चालक संघ मोरङ्गको बार्षिक उत्सवको अवसर पारेर विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । चालक संघले विराटनगर महानगरपालिका अगाडि आज विहान खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघले...

वीरगञ्जका सरसफाइकर्मी हड्तालमा

जनकपुर, १८ जेठ-सरसफाइकर्मी हड्तालमा बसेपछि वीरगन्ज महानगरको फोहोर शनिबारदेखि उठ्न सकेको छैन । फोहोर उठाउन सडकमा निस्किँदा प्रहरीले कुटपिट गरेको भन्दै महानगरपालिकाका सरसफाइकर्मी हड्तालमा बसेका छन् । सरसफाइमा खटिने कर्मचारीलाई प्रहरीले अवरोध गर्दै हातपात गर्न...

विराटनगर बजार विहान ६ देखि १० बजे सम्म खोल्ने महानगरको निर्णय

विराटनगर, जेठ ८–विराटनगर बजार दैनिक ४ घण्टा खोल्ने माहानगरपालिकाले निर्णय गरेको छ । लामो समयदेखि जारी बन्दाबन्दीले जनजीवन अस्तव्यस्त भएपछि विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीका पसल खोल्न दिने तयारी गरेको हो।...

आर्या न्यूरोमा सात वर्षीय बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

विराटनगर । विराटनगर – ३ कंञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा सात वर्षीय बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । संखुवासभाको सावापोखरी गाउँपालिका १ लेबराङ घर भएकी सपना जोगीको ब्रेन ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया...

प्रदेश १ बाट मंगलबार ३८ जना डिस्चार्ज, ६ संक्रमित थपिए

विराटनगर, असार ३०–प्रदेश १ मा मंगलबार एकै दिन ३८ जना डिस्चार्ज भएका छन् । विराटनगर स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, उदयपुरको चौदण्डिगढी स्थित कोभिड–१९ आईसोलेसन केन्दबाट ६ महिला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्