रीता न्यौपानेलाई हराएर मोरङ ६(१) बाट जिवन आचार्य चुनिने सम्भावना प्रबल

 न्यूज विराट
रीता न्यौपानेलाई हराएर मोरङ ६(१) बाट जिवन आचार्य चुनिने सम्भावना प्रबल

विराटनगर । मंसिर ४ गते हुने निर्वाचनमा सबैले धेरै चासोका साथ हेरेको क्षेत्रमध्ये मोरङ क्षेत्र नं. ६(१) पनि हो । प्रदेश १ को चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक हो । जहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका युवा नेता जीवन आचार्य र एमालेबाट रीता न्यौपाने चुनावी मैदानमा छन् ।
मोरङ ६ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा उम्मेद्वार शेखर कोइराला सहज अवस्थामा हुँदा प्रदेशसभाको चुनावी प्रतिष्पर्धाको अवस्था के छ भन्ने बुझ्न न्यूज विराटले मोरङ ६ प्रदेशसभा क्षेत्र नम्बर १ का १०५ जना मतदातासँग प्रत्यक्ष भेटेर कुराकानी गरेका छौं । हामीले भेटेर कुराकानी गरेका मतदाताहरुको मन र मत अनुसार हामी गठबन्धनका उम्मेद्वार जीवन आचार्य सजिलै विजयी हुने ठहरमा पुगेका छौं ।
हामीले कुराकानी गरेका १०५ जना मतदातामध्ये आचार्यलाई भोट दिन्छु भन्नेहरू ४३ जना अर्थात् ४० दशमलव ९५ प्रतिशत छन् । जबकि एमाले उम्मेद्वार रिता न्यौपानेलाई मत दिन्छु भन्नेहरू २९ जना अर्थात २७ दशमलव ६१ प्रतिशत मात्रै छन् ।
यसबाहेक ८ जना अर्थात् ७ दशमलव ६१ प्रतिशतले स्वतन्त्र उम्मेद्वारहरुलाई मत दिने बताउँदा २० जना मतदाता अर्थात १९ प्रतिशत मतदाताले कसलाई मत दिने टुंगो गरिनसकेको बताए ।

माथिको यो आँकडाले देखाउँछ यो क्षेत्रमा माओवादी उम्मेद्वार आचार्यले यसपालि निर्वाचन जित्ने बलियो सम्भावना छ ।
खासगरी सत्ता गठबन्धनका दलहरुको मत, सांसद नहुँदै पनि स्थानीय क्षेत्रमा विभिन्न विकास आयोजनाहरु ल्याउन गरेको भूमिका तथा माओवादी केन्द्रमा बलियो पहुँचका कारण पनि आचार्यको प्रभाव बढेको देखिन्छ । उनको तुलनामा एमाले उम्मेद्वार न्यौपाने निजी स्कुल चलाएर व्यवसायमा व्यस्त रहेको र स्थानीय क्षेत्रमा राम्रोसँग घुलमिल नभएको मतदाताहरुको भनाइ छ । ‘आचार्यले अघिल्लोपटक चुनाव हार्दा पनि क्षेत्रको विकासका लागि निरन्तर सक्रियता देखाएको पाइएको छ’, सुन्दर हरैंचा ५ का वासुदेव शिवाकोटीले भने ‘यहाँको बाटोघाटो, ट्रान्सफर्मर, खेल मैदान लगायतका काममा उनले १६ करोड बजेट ल्याउन सके । हामीले यस्तै काम गर्न सक्ने, अग्रसरता देखाउन सक्ने जनप्रतिनिधि रोज्ने हो ।’

मतदाताहरुको मुड मात्रै होइन, राजनीतिक गणितले पनि आचार्यलाई यसपटक सेफ जोनमा पारेको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी , लोसपा लगायतका दलहरुको गठबन्धन यहाँ छ । यसबाहेक केही समयअघि मात्रै एमालेमा प्रभावशाली भूमिका राख्ने नेता बलभद्र सरदारसहितको टिम माओवादीमा प्रवेश गरेको छ । कुनैबेला एमालेमा राम्रो होल्ड भएका नेता कासिम मिया पनि अहिले एकीकृत समाजवादीमा क्रियाशील रहेर गठबन्धनका सक्रिय छन् ।
सत्ता गठबन्धनका उम्मेद्वार आचार्यलाई अनुकूलता थपिएका बेला एमाले उम्मेद्वार न्यौपानेलाई भने एमालेभित्रैको मत पनि पूरापूर आउने सम्भावना कम देखिएको छ । हामीले कुराकानी गरेका १०५ मध्ये २९ जनाले न्यौपानेलाई मत दिने बताउँदा पहिल्यैदेखि एमाले रोज्दै आएकाहरुले पनि यसपटक एमाले नरोज्ने बताएका थिए ।
‘हामी त जन्मै एमालेमा भएको हो’, सुन्दरहरैंचा ५ का लक्ष्मीप्रसाद अर्यालले भने ‘तर, यसपटकदेखि एमालेलाई मत नदिने निधोमा पुगेका छौं । यति ठूलो मत पाउँदा पनि उसले गएको पाँच वर्षमा काम गर्नुभन्दा देशमा भाँडभैलो सिर्जना गर्ने काम मात्रै गर्यो । यसकारण पनि अब एमालेलाई मत नदिने हो ।’

सम्बन्धित समाचार

बीपी प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी, माग पूरा गर्न सातदिने अल्टिमेटम

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आन्दोलनरत संयुक्त संघर्ष समितिले आफ्ना माग पूरा गर्न सातदिने अल्टिमेटम दिएको छ । संयुक्त संघर्ष समितिले २३ असारभित्र आफ्ना माग पूरा गर्न अल्टिमेटम दिएको हो । संघर्ष...

आज २ हजार २५३ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या ६४ हजार नाघ्यो

काठमाडौं, १८ असोज-पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि भएको...

एमसीसी मुख्यालयको बटमलाइन : सम्झौतामा संशोधन अस्वीकार्य, फागुन १६ भित्र अनुमोदन

काठमाडौं, माघ २६ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १६ गते (फेब्रुअरी २८) भित्र नै एमसीसी कम्प्याक्ट अनुमोदन हुनुपर्ने बटमलाइन दिएको छ । एमसीसीले संझौता संसोधन कुनै पनि हालतमा नहुने र सो...

आजको मौसम : केही स्थानमा वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) मुलुकका केही स्थानमा वर्षा हुनसक्ने जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ...

रंगेली अस्पताल बन्यो देशभरमै नमूनाः ८० अंक प्राप्त, मेयर बगडीयाले भने–सवैको प्रयासले सम्भव भयो

विराटनगर । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरु मध्ये नमूना अस्पताल बनेको हो । सुशासन...

दोस्रो खेलमा वाइआरसीसीसँग एलिट पराजित : तीन खेलमा लगातर दुई जित, एक हार

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा वाइआरसीसी विराट ब्लास्टर्सले तीन खेलमा लगातार २ जित हात पारेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा एलिट क्रिकेट...

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री

काठमाडौं, १७ भदौ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् ।  अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर...

क्वारेन्टाइन बसेर घर फर्किएका युवाको मृत्यु

सुर्खेत, ७ असार-सुर्खेतको भेरीगंगा नगरपालिका- ५ भर्रेनीका ३५ वर्षीय युवकको १४ दिन क्वारेन्टाइन बसेर घर फर्किएपछि मृत्यु भएको छ । भारतको सिम्लाबाट आएर क्वारेन्टाइनमा बसेर गत २९ जेठमा घर फर्किएका युवकको आइतबार बिहान मृत्यु भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्