देशकै नमुना क्षेत्र बनाउने जीवन आचार्यको प्रतिवद्धता
बिहिबार, ०१ मंसिर, २०७९,
न्यूज विराट
विराटनगर । मोरङ क्षेत्र नं. ६ (क) का गठबन्धन उम्मेद्वार जीवन आचार्यले आफ्नो निर्वाचन क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिवद्धता जनाएका छन् ।
माओवादी केन्द्रका तर्फबाट प्रदेश सभाका लागि उम्मेदवार बनेका आचार्यले क्षेत्रको समग्र विकासमा अकल्पनीय काम गर्ने प्रतिवद्धता गरेका हुन् ।
अघिल्ला नेतृत्वले सपना देखाएर काम गर्न नसकेको आरोप लगाउँदै आचार्यले भने, ‘प्रदेश १ मा थुप्रै काम गर्न बाँकी छन् । भौतिक विकाससँगै सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक विकासका कामहरुलाई समानान्तर लानु छ ।’ सुकुम्बासी, किसान, मजदुर लगायतका समस्याहरु राजनीतिक दलले उठाउनै नसकेको नेता आचार्यको आरोप छ । ‘सडक बन्नुलाई मात्र विकास भनियो । विकास त्योभन्दा बाहिर छ ।’ आचार्यले भने, ‘बिभिन्न क्षेत्रमा तटबन्धनको समस्या छ । किसानहरुलाई मल छैन । उत्कृष्ट परामर्शदाता (प्राविधिक)हरु छैनन् । शैक्षिक गुणस्तरमा समस्या छ । सामुदायिक विद्यालयहरु कमजोर हुँदैछन् । यी समग्र क्षेत्रमा देशकै नमुना काम गरेर देखाउँछु ।’ स्वास्थ्यमा गुणस्तर, शुरक्षाको ग्यारेन्टि, रोजगार र उद्यमशीलताको विकासमा पनि आफू केन्द्रित भएर काम गर्ने आचार्यले बताए । स्थानीय बासिन्दा भएका कारण क्षेत्रका सबै समस्या जानकारी भएको नेता आचार्यले बताए । उनले भने, ‘मैले हिजो नजित्दा पनि जनताको सेवा गरेको छु, जित्दा झनै धेरै गर्नेछु ।’
मोरङ क्षेत्र नं. ६ का संघीय सांसदका उम्मेद्वार शेखर कोइरालालाई लक्षित गर्दै आचार्यले भने, ‘देशको नेतृत्व गर्नसक्ने अग्रज व्यक्ति साथमा पाएको छु । हामी दुबैलाई जिताउनुस् । अग्रजको अनुभव र युवाको उर्जा मिलाएर हामी नमुना काम गर्नेछौं ।’ संविधान र लोकतन्त्रको रक्षाका लागि मात्र नभएर मुलुककै रक्षाका लागि गठबन्धन आवश्यक भएको जिकिर गर्दै नेता आचार्यले गठबन्धनलाई निर्धक्क भएर भोट हाल्न जनतासामु आग्रह गरे ।
‘यो देशको आवश्यकता हो । समयको माग हो ।’ उनले भने, ‘परिवर्तनलाई संस्थागत गर्न हामी एक ठाउँमा उभिएका छौं, यसलाई आम जनताले बुझिदिनुपर्छ ।’
विराटनगर । प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगितामा विराटनगरको रंगशाला भेट्रान्स फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । ग्रामथान गाउँपालिका ७ गणेश माविको खेल मैदानमा बुधबार भएको खेलमा जनता भेट्रान्स क्बललाई ४–२ गोलले टाइब्रेकरमा...
विराटनगर । इलका प्रहरी कार्याल रानी विराटनगरले भारतीय नम्बर प्लेटको कारबाट लागुऔषध गाँजा बरामद भएको छ । कारमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१८ बाट बिहान २ः३० बजेतिर ७२ किलोग्राम गाँजा आइतबार बिहानका राति...
काठमाडौं, २३ वैशाख-गृहमन्त्री रामबहादुर थापाले लकडाउन जारी रहे जनतामा तीब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका छन् । लकडाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लकडाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले...
विराटनगर । विवाहित महिलाहरूलाई लक्षित गरि आयोजना गरिएको चौंथो संस्करणको मिमेस कोशी प्रतियोगिताको पहिलो अडिसन विराटनगरमा भएको छ । शनिबार भएको पहिलो अडिसनमा १५ जना महिलाहरुको सहभागि भएको छ । पहिलो अडिसनको निर्णायकहरूमा जय मिडिया...
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा ५१ हजार १५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । स्थानीय ढाकाबहादुर पुरीले आफ्नो बुवा, आमा र छोरीको नाममा अक्षयकोष स्थापना गरिदिएका हुन् ।...
काठमाडौं, १८ माघ । निर्वाचन आयोग र सरकारबीच ४ जेठमा स्थानीय तहकाे निर्वाचन गर्ने समझदारी बनेको छ । बालुवाटारमा मंगलबार आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको छलफलमा यो समझादरी बनेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले...
रुपन्देही, २४ वैशाख-बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन तथा विश्व शान्ति प्रार्थना गरिएको छ । सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा आज बिहान विहारका भिक्षु र गुरुआमाले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको चिरशान्तिको...
विराटनगर, असार १०–मोरङ चेम्बर अफ कमर्सले उद्योग तथा ठूला व्यापारीहरुलाई लकडाउन अवधिभरको बैंक ब्याज र करमा छुट दिनुपर्ने माग गरेको छ । हालै जारी भएको संघ तथा प्रदेशको बजेटका विषयमा अवधारणा सार्वजनिक गर्ने कार्यक्रममाझ मोरङ...