विराटनगर । महिला र युवतीहरुलाई कपडाको प्याड बनाउने तालिम प्रदान गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित खर्जी गाउँमा प्याड बनाउने तालिम दिइएको हो ।
तालिममा ३५ जना महिला र युवतीहरुको सहभागीता रहेको थियो । सो अबसरमा उनीहरूलाई स्वास्थ्य र वातावरणमा यी बायोडिग्रेडेबल क्लथ प्याडका फाइदाहरूबारे पनि बताइएको थियो । तालिममा नान्जिन खातुन र मिस प्रकृति कोइरालाले प्रशिक्षण दिएका थिए ।
सो अबसरमा स्थानीय १०० महिलाहरुलाई प्याडसमेत वितरण गरिएको थियो । उक्त प्याडहरू एक वर्ष सम्म प्रयोग गर्न सकिने रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् । कार्यक्रमको संयोजन सन्तोष तोदीले गरेका थिए ।
विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको अडिसन विराटनगर, इटहरी धरानमा हुने भएको छ । विराटनगरमा...
विराटनगर । मोरङको सुनवर्षीमा–७ स्थित बरडंगामा लक्षित बर्गका लागि उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । वडा कार्यालय बरडंगाको सहयोगमा विराट टाईम्स मिडिया प्रा.लि. को आयोजनामा सञ्चालित ‘लक्षित बर्गका लागि’ तीन दिने...
विराटनगर । १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सवैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको छ । मोरङ स्टे«न्थलिपिटङले गोल्ड मेडल जित्ने...
विराटनगर । नेपाल घरेलु तथा साना उद्योग मोरङले उद्यमीहरुलाई एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कुमारी बैंकसँगको सहकार्यमा बिहीबार विराटनगरमा उक्त कार्यक्रम आयोजना गरेको हो । मोरङ जिल्लाभरीका लघु तथा घरेलु साना...
विराटनगर । फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा विराटनगर महानगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वडाध्यक्ष, कार्यपालिका...
काठमाडौं, २ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गरेको निर्णयप्रति लगानीकर्ता मात्र होइन नियामक निकाय पनि रुष्ट बनेका छन् । मंगलबार सेबोनले लगानीका लागि जोखिमयुक्त ५१ कम्पनीको नामावली सार्वजनिक गरेसँगै लगानीकर्ताका संगठन र नेप्सेले नै उक्त...
विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी र सुदुरपश्चिम प्रदेश विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गरेको हो ।टस जितेर पहिले...
काठमाडौं, ८ असार-गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । गएराति गरिएको परीक्षणमा गण्डकीका थप २० जनामा कोरोना पोजिटिभ देखिएको हो । नयाँ संक्रमितमा स्याङ्जाका १० र नवलपरासी (पूर्व) का ८...