मृगौला पीडितको याचना

 न्यूज विराट
मृगौला पीडितको याचना

विराटनगर । मोरङको एक जना मृगौला पीडित विरामीले सहयोगको याचना गरेका छन् । ३५ वर्षीय रमेशकुमार सुतिहाले मृगौला बिग्रिएपछि उपचारको लागि सहयोगको याचना गरेका हुन् ।

दुई वर्षअघि विदेशबाट फर्किएका रमेशकुमार सिकिस्त बिरामी छन् । घरको ऋण र अवस्थाले गर्दा तत्कालै फर्कनु नपरे हुन्थ्यो भन्ने अवस्था भए पनि उनलाई कम्पनीले घर फर्कने आदेश दिएको थियो । मृगौला बिग्रिएका कारण उनी बिरामी परेपछि स्वदेश फर्कनुपर्ने बाध्यता भएको हो । फर्किएपछि उनले आफ्नो उपचार गराउन सुरु गरेका थिए । उपचारका क्रममा एक कठ्ठा जग्गा राखेर ऋण लिएका छन् ।

विराटननगरस्थित नोबेल र गोल्डेन अस्पतालमा ६ महिना उपचारपछि पनि स्वास्थमा कुनै सुधार नभएपछि उनी भारतको एम्स अस्पतालसम्म पुगेका छन् ।
त्यहाँ उनको स्वास्थ अवस्था अझ गम्भीर भएर घर फर्किएका थिए । श्रीमती अनारवती चौधरीले श्रीमानको उपचारका लागि काठमाडौंको वीर अस्पतालमा भर्ना गराएको बताइन् ।
७ महिनाको डाइलासिसपछि डाक्टरले मृगौला प्रत्यारोपण नगरे राकेशलाई बचाउन नसकिने भनेका छन् । उपचार र प्रत्यारोपणका लागि परिवारसँग पैसा छैन । त्यसैले सहयोगीको खोजीमा लागेका छन् ।
रमेशलाई मृगौला प्रत्यारोपणका लागि सहयोगगर्न चाहनेले अनारवती कुमारी चौधरीको सनराइज बैंक लिमिटेडमा रहेको ०४०१०३२८२१८०११ नम्बरमा रकम जम्मा गरिदिन सकिने छ । सहयोग गर्न चाहनेले ९८२४३३६९६६ मा सम्पर्क गर्न सकिने चौधरीले अनुरोध गरेकी छन् ।

सम्बन्धित समाचार

प्रदेश १ बालविवाहमुक्त हुने

विराटनगर, २९ भदौ–प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने भएको छ । सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका हुन् ।...

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

विराटनगर, १६ कात्तिक-प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार भीम आचार्यले प्रदेश...

माईभ्याली फुटवल क्लब क्वाटर फाइनलमा प्रबेश

इलाम, फागुन १६–इलाममा जारी छैटौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा आयोजक माईभ्याली फुटवल क्लब क्वाटर फाइनलमा प्रबेश गरेको छ । आज भएको पहिलो चरणको खेलमा पाहुना टोली भारतको गान्टोक सिटी फूटवल क्लबलाई शुन्यका बिरुद्ध २...

महावीर पुनले आज एम्बुलेन्स चालकलाई निःशुल्क पीपीई बाँढ्ने

महावीर पुनले आज काठमाडौं उपत्यकाका एम्बुलेन्स ड्राइभरहरुलाई निशुल्क पीपीई बितरण गर्ने भएका छन् ।एम्बुलेन्स ड्राइभरहरुले पीपीइको अभावमा एम्बुलेन्स चलाउन नमानेका खवर सार्वजनिक भएलगत्तै पुनले आफ्नो आबिष्कार केन्द्रबाट पीपीइ बितरण गर्ने जानकारी दिएका छन् । उनले...

स्वास्थ्य कार्यालय मोरङका प्रमुृखमा कोरोना पुष्टि

विराटनगर, २ भदौ–जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका स्वास्थ्य कार्यालय प्रमुख बस्नेत होम आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बस्नेत प्रदेश १ को...

विराटनगर महानगरका मेयर कोइराला र विश्व बैंकको टोलीबीच भेट

विराटनगर । विश्व बैंकको टोलीले विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालासँग भेट गरेको छ । भेटका अवसरमा विराटनगरको विकास निर्माणको विषयमा विश्व बैंकको टोलीले चासो राखेको बताइएको छ । विश्वबैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स...

कोरोनाको आशंकामा एकै दिन ३ हजार ७ सय बढीको परीक्षण, थपिएनन् संक्रमित

सम्भावित कोरोना भाइरस संक्रमणको आशंकामा ४७ हजार बढीको परीक्षण गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले कोरोना भाइरस संक्रमणको आशंकामा आरडीटी र पीसीआर विधिबाट ४७ हजार बढीको परीक्षण गरिएको बताए...

अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लाग्यो कर नतिरेको आरोप

एजेन्सी, १२ असोज-अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ । अमेरिकाको द न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकरका रुपमा जम्मा ७ सय ५० डलर मात्रै तिरेको समाचार प्रकाशित गरेपछि ट्रम्पमाथि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्