मोरङ क्षेत्र नं. ६ मा गोपाल कटुवालको चुनावी अभियान आक्रामक बन्दै
आइतबार, २० कार्तिक, २०७९,
न्यूज विराट
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएको छ । मोरङको क्षेत्र नं. ६ बाट प्रतिनिधि सभा सदस्यमा ‘हलो’ चुनाव चिन्ह लिएर उम्मेदवार भएका गोपाल क्षेत्री (कटुवाल) यतिबेला आक्रमक रूपमा चुनावी मैदानमा जुटेकी छन् । उनी यति बेला क्षेत्र नं ६ मा जोडतोडले चुनावी अभियानमा होमिरहेका छन् ।
उनले यतिबेला आफूसँग चुनावमा प्रतिस्पर्धा गर्न लायक नेताहरु नभएको बताए । राप्रपाका नेता तथा कार्यकर्ताले यतिबेला सशक्तरुपमा जनताको घरदैलोमा पुुगेर आफ्नो चुनाव प्रचार प्रसारलाई सशक्त बनाइरहेका छन् । मतदाताहरुको स्वस्फूर्त उपस्थितिले योबेला राप्रपा नेता कार्यकर्ताहमा उत्साहपूर्ण वातावरणको माहोल बनिरहेको छ । मोरङको क्षेत्र नं. ६ सुुरु भएको घरदैलो कार्यक्रमलाई राप्रकाका उम्मेदवार कटुवालले आक्रमक रुपमा आफ्नो एजेन्डा सुनाउँदै मतदाताको घरमा पुग्ने गरेका छन् ।
यतिबेला मतदातामा को राम्रो, को सक्षम, कसले कति सामाजिक काम गरेको छ भनेर चर्चा परिचर्चा समेत हुने गरेको छ । उनले १३ बुद्धे चुनावी प्रतिवद्धता पत्र लिएर मतदाताको घरमा पुग्ने गरेका छन् । उनले कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सुकम्बासी समस्या र डुवान क्षेत्रको पहिचान गरी समस्या सावधान गर्ने, बुढी खोला, गछिया खोलाको तटबन्धन गरी यी क्षेत्रलाई सुरक्षीत गर्ने, कृषीलाई आधुनिकरण गरी कृषिमा बजारिकरण बिचौलियाबाट सुरक्षीत राख्नेलगायतको चुनावी प्रतिवद्धा राख्दै मतदाताको घरमा पुग्ने गरेका छन् । त्यसकारण यो पटक राप्रपाले मोरङ क्षेत्र नं. ६ मा चुनाव जितेर इतिहास रच्ने सम्भावना रहेको उनले बताए ।
मोरङ क्षेत्र नं. ६ (१) मा हिरा भट्टराई र ६ (२) मा राजेश कुमार मास्के उठेका छन् ।
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।...
विराटनगर । मोरङको हाटखोला– रंगेली हुलाकी सडक निमार्णको माग राख्दै कटहरीका स्थानीय आन्दोलनमा उत्रिएका छन् । चार वर्ष बितिसक्दा पनि हुलाकी सडक निमार्ण पुरा नभएपछि यहाँका स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।नागरिक संघर्ष समितिले आन्दोलनको नेतृत्व...
विराटनगर, फागुन ६–प्रसूति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि मोरङको रंगेली तनावग्रस्त बनेको छ । रंगेली अस्पतालमा प्रसूतिका क्रममा रंगेली ९ की २५ वर्षीया रविना सरदार र शिशुको मृत्यु भएपछि आफन्तले रंगेली बजारमा प्रदर्शन...
राैतहटको श्रीराम सुगर मिलले किसानको सम्पूर्ण वक्यौता तिर्ने बताएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले श्रीराम सुगर मिलका सञ्चालक सम्पर्कमा आएको जानकारी गराएका हुन् । गत वर्षदेखि बन्द रहेकाे यो उद्योगले किसानको ३५...
जनकपुरधाम,९ साउन-प्रदेश २ मा पछिल्लो २४ घण्टामा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धकसहित ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसअनुसार पर्सामा ३१ र बारामा १ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको...
काठमाडौं, १० साउन-कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ संक्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो । अहिले नयाँ संक्रमितमा लक्षण...
विराटनगर । जाउलाखेल ग्रुपले सन् १९७३ बाट उत्पादन गर्दै आएको रुस्लान भोड्काले ५० वर्षको यात्रा तय गरेको छ ।जाउलाखेल ग्रुपले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट र अत्याधुनिक स्वरुपमा परिवर्तन...
उर्लाबारी, कार्तिक २९ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मोरङको उर्लाबारी नगरपालिकाको मेयरका उम्मेदवार राजेन्द्र पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आइतबार एमाले जिल्ला पार्टी कार्यालय विराटनगरमा एमालेका प्रदेश कमिटी सचिव...